Tag Archives: Shramik Baral

गीति कविता : किन भयौ काली आज

~श्रमिक बराल~ थियो नाम सेती तिम्रो, किन भयौ काली आज थियौ सिधासाधा तिमी, किन भयौ जाली आज भित्र खबर अर्कै रै’छ निम्तो मेरै नाममा हुँदा धेरै पात हल्लिए छन् सानो बतासले छुँदा

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : त्याग्ने जति त्यागी सक्यौ

~श्रमिक बराल~ त्याग्ने जति त्यागी सक्यौ माया गर्ने हुन् कि होइनन् ? त्याग्दात्याग्दै एक्लो भयौ माया गर्ने छन् कि छैनन् ? त्यागी पनि तिमी भयौ, रोगी पनि तिमी भयौ हातले हाने पातले हाने, सहनुपर्ने सबै सह्यौ बोल्ने अब कोही छैनन् … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खुशी बाँडे खुशी बढ्छ

~श्रमिक बराल~ पिर साटे पिर घट्छ दुःख साटे दुःख अँध्यारोमा गुम्सिएर एक्लै बसी रोयौं भने दुःख अझै चुलिनेछ, पीडा झनै बल्झिनेछ चोट साटे चोट घट्छ दुःख साटे दुःख

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : डोरी देखी तर्सिएछु

~श्रमिक बराल~ सर्प ठानी अँध्यारोमा डोरी देखी तर्सिएछु कान छाम्न बिर्सिएर कागको पछि दौडिएछु तर्क गर्नु पर्ने रै’छ प्रमाण बुझ्नु पर्ने र’ैछ साँचो कुरा थाहा पाउन सोध्नु खोज्नु पर्ने रै’छ ताल ठानी पोखरीमा जीउ डुवाइ पौडिएछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पहिलो चोटले काट्यो मलाई

~श्रमिक बराल~ पहिलो चोटले काट्यो मलाई, दोस्रो चोटले पिट्यो मलाई थुप्रै चोटले पोल्यो मलाई, चोटैचोटले आफै जल्यो सलाई कस्ले तानिदिने रै’छ मन, गङ्गासित मनै बुड्यो कस्ले बाँधिदिने रै’छ मन, पवनसित मनै उड्यो चोट पर्दा हाँस्ने आफ्नै थिए दोष दिने कस्ले … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो होइन आँसु दिएँ

~श्रमिक बराल~ आगो माग्न आयौ तिमी मेरो अँगेनीमा आगो होइन आँसु दिएँ झार्दै परेलीमा आफै वाचा गरिकन कसम आफै खायौ आफ्नै कुरा गरिकन मेरो हात माग्यौ ओत माग्न आयौं तिमी मेरो बलेँसीमा

Posted in नेपाली गीत | Tagged | Leave a comment