Tag Archives: शून्य प्रकाश – Shoonya Prakash

गजल : कथा हुँ म

~शून्य प्रकाश~ जिन्दगीमा कही कतै नचुकेको कथा हुँ म । मर्न तयार हुन्छु तर नझुकेको कथा हुँ म । अरु जस्तै साउनमा भेल बन्न नसके नि खडेरीमा कैले पनि नसुकेको कथा हुँ म ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मनपरेन रे !

~शून्य प्रकाश~ दक्षप्रजापतिलाई कैलाश मनपरेन रे ! किन हो खै उसलाई चिसो बतास मनपरेन रे ! मसानमा बस्ने अनि धतुरो,विष,भांग खाने दिगम्बरको गाँस,बास,कपास मनपरेन रे !

Posted in गजल | Tagged | Leave a comment

गजल : मन पर्दैन र

~शून्य प्रकाश~ रुझ्न पाए बर्खेझरी कस्लाई मन पर्दैन र सुन्न पाए वनकी चरी कस्लाई मन पर्दैन र सल्लाका ती सुसेली र छहराका छङ्छङ्संगै छुनुमुनु नाच्ने परी कस्लाई मन पर्दैन र

Posted in गजल | Tagged | Leave a comment

गीत : बाँचेकै छ भन्देऊ

~शून्य प्रकाश~ निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई रुप अनि बैससङ्ग माया दाज्नेलाई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : एउटै जुनी दिए पुग्छ

~शून्य प्रकाश~ सयौं जुनी होईन एउटै जुनी दिए पुग्छ । वरदानमा ईश्वर मलाई उनी दिए पुग्छ ।। प्वाँख देउ पंक्षी जस्तै उड्न पाउँ भन्दिन म । पिँजडामा उनिसङ्गै थुनिदिए पुग्छ ।। 

Posted in नेपाली गीत | Tagged | Leave a comment