Tag Archives: Shanti Priyabandana

कविता : क्षितिज

~शान्ति प्रियवन्दना~ म कुनै अमूर्त कविता वा कलाको पारखी होइन मलाई त मन पर्छ जीवनदायी कविता जहाँ मनका भावनाहरू छताछुल्ल भेटिउन मलाई मन पर्ने गर्दछ मूर्तकला जहाँ रङ्गहरुका संमिश्रण भित्र जीवनको गोरेटो पहिल्याउन सकियोस् ।

Posted in कविता | Tagged | Leave a comment

कविता : बन्धन

~शान्ति प्रियवन्दना~ अगाडि बड्छन तर गन्तब्य नपुग्दै रोकिन्छन् मेरा कदमहरू जुट्दाजुट्दै तोडिन्छन् रङ्गीन बन्दाबन्दै हराउँछन् सधैजसो मेरा सपनाहरू अन्तरसंवादमै रूमलिन्छन् प्रत्येक पटक मेरा तन्द्राहरू ।

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम खोज

~शान्ति प्रियवन्दना~ मुटु जलाउने आगोको लप्कासँग खेल्दै, रूमल्लिँदै र भष्म हुँदै उसको शीतल स्पर्शको अभावमा आफैँलाई अनुवाद गरेँ र, स्वयम् ज्वाला बनेँ आगोको हराएँ आफैँभित्र आफैँ र, किनाराको खोजी गरेँ ती सब व्यर्थ र दिशाहीन थिए । यी घाउहरु निको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सलाम गोबिन्द

~शान्ति प्रियवन्दना~ सलाम गोबिन्द फेरी भिज्यो माटो होनहार सन्तानको रगतले पुछियो सिन्दुर नवयौवनाको हुर्किदै गरेका सन्तान टुहरा हुन पुगे छिनियो आमाको ममता

Posted in कविता | Tagged | Leave a comment

कविता : फलैंचामुनिको केतुकीको नाम्लो

~शान्ति प्रियवन्दना~ १. थन्कियो धेरै दिन नाम्लो फलैंचामुनि नाम्लो थन्किनु यसरी र बस्नु चुपचाप दबिएर तिम्रा अध्याँरा जीवनका पाटा र आर्तनादहरु हुन् हर्कबहादुर दाइ । २. कथन कागको नै जोर्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको एक कालो वकपत्र

~शान्ति प्रियवन्दना~ हामीलाई लडाएर एकआपसमा कुन युद्ध जित्ने ताकमा छौ तिमी ? हामी अलग होइनौ बास बसेर जहाँ भए पनि डुबेर स्मृतिको गहन गर्भमा हाम्रो आफ्नो रमणीय अतित्लाई खोज्नु पर्ने बेला आएको छ । मार्गदर्शक भइ दिएको भए गतिलो

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाहरू

~शान्ति प्रियवन्दना~ कहिलेकाहीँ सपनाहरू बिद्रुप बन्ने गर्छन् र पछ्याउने गर्छन् डोबहरू पहिल्याउँदै उज्याला अँध्यारा पाटाहरू जीवनका बौरिन्छन् रोदन गर्दै र अट्टहास गर्ने गर्छन् । सपना दोहोरिनु कुनै नियति होइन नियति आकस्मिकता पनि त मानिँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : राँको

~शान्ति प्रियवन्दना~ महाभारतको मध्यपर्वमा जब दुर्योधनले मेरा अंगवस्त्रहरू च्यातेर आफ्नो कामातुर जाँघमा बसाए त्यही बेला, बिर्सेकी थिएँ मैले मत्स्यगन्धा हुनुको पीडा आफैंलाई विश्वास लाग्दैन

Posted in कविता | Tagged | Leave a comment