Tag Archives: सकुन्तला जोशी – Shakuntala Joshi

कविता : हजुरबा

~सकुन्तला जोशी~ पहाडमा दुःखको खुब असिना छेल्दै फाटेको टोपीले पसिना पुछ्दै हिउँद लाग्यो, पल्लो बारीमा गोठ सारीरा’ होलान् हजुरबा हजुरबा सधैं

Posted in कविता | Tagged | Leave a comment

कविता : कमली दमिनी

~सकुन्तला जोशी~ ऊ बेला पहाडमा बाऊको पयरकलको मुनिबाट सुटुक्क चोरेर ल्याएकेा झिल्के कपडाका टालाटुलीमा खुब राम्रो बेहुली सिंगारेर ‘बेहुली’ खेल्थ्यौं कमली दमिनी र म कहिले बेहुली सानी भएकोमा रिसाउँथी ऊ

Posted in कविता | Tagged | Leave a comment

कविता : गुमनामहरुको गीत

~शकुन्तला जोशी~ उहिल्यै एकदिन तिमीले खनेको बेनाम गोरेटो पहिल्याउँदै पछ्याउँदै फिता चुँडिएको चप्पल र पाइतालाको डोब सुनेर छिनो, झम्पल र खञ्जरको अविराम संगीत तिम्रो हराएको कथा खोज्दै आइपुगेको हुँ म तिम्रो गाउँसम्म।

Posted in कविता | Tagged | Leave a comment

कथा : अलखोरको मिराज

~शकुन्तला जोशी~ “हामी जस्ता गरीबको जिन्दगी भन्नु त्यो अक्करे भीर जस्तै त हो नि ! सधैं अप्ठ्यारो, जहिल्यै दुःख । तर, तिनै भीरमा हाम्रो पूर्खाको नाभी गाडिएको छ । त्यही भीरका गुराँसमा उनीहरूको रगत फुलिरहेको छ । दुःख भयो भन्दैमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : पर्खाल

~शकुन्तला जोशी~ त्यो तीखा आँखा भएको बाज जसरी माथिमाथि उडेर दुनियाँ हेर्न पाए मलाई छेकी उभिएको पर्खालभित्र के के होलान् ? कस्तो होला हावा जसरी हुरुरु कुद्दै तिम्रो बगैंचामा पसेर रूखरूखमा हाँगाहाँगामा पिङ खेल्न पाए ?

Posted in कविता | Tagged | Leave a comment

कथा : भित्ता

~शकुन्तला जोशी~ ‘भित्ता पनि बोल्छ र ?’ ‘किन नबोल्नु, बोल्छ । बोल्ने भएरै त म प्राय: गफ गरिरहछु नि यिनै भित्तासँग । जे छन्, यही भित्ताहरूमै छन् मेरो भन्नु ।’ त्यति भनिसक्दा उनको अनुहार अलिकति उज्यालियो । मलाई बस्न आग्रह … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : मौलोको बलि

~शकुन्तला जोशी~ भुवा सिमल हुँ म बिस्तारै छोऊ थिचिएर तिम्रा औंलाको दबाबले नखजमजिऊन् मेरा रेशाहरू बिग्रिए भने यी रेशा केको बनाउनु नरम तकिया र आरामले निदाउनु रातभरको निद्रा? बिस्तारै छोऊ म भर्खर पलाएको पालुवा हुँ नलुछ अहिल्यै मसिना हाँगाहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : अभियुक्त समय र सपनाको तलतल

~शकुन्तला जोशी~ झरी थामिएपछिको झिसमिसे पीडाको धराप साँघु बिछ्याएर छातीमा निर्निमेष हेरिरहेछ ऊ-जूनको दोछाँयामा कोही फर्केर आउने आशाको साँघुरो गल्छेडीतिर उन्मत्त वैंश उम्लिएको घोडा युगलाई कोर्रा मार्दै आगोका झरिला कोइला चबाउने तरुनी अनुहारहरूले

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्ता

~शकुन्तला जोशी~ तिनीहरूले भनेपछि ‘गीतावचन’ ठानेर हामी लुरुलुरु पछि लाग्यौँ दायाँ घुम भने- घुम्यौँ बायाँ फर्की भने- फर्क्यौँ अघि बढ् भने- बढ्यौँ पछि हट् भने- हट्यौँ घोप्टो पर् भने- घुँडा टेक्यौँ टाउको थाप् भने- निहुरिदियौँ

Posted in कविता | Tagged | Leave a comment

कविता : लक्षुमनीया !

~शकुन्तला जोशी~ साझको जून टिपेर आखामा अभावको घोप्टेभिर नाघ्दै तिमी फूल्ने फाटतिर म झरेको रात चमेलीका फूल सिउरेर टाउकाभरि कस्तरी फक्रिएकी थियौ तिमी जूनेली भएर सेताम्य फाटभरि लक्षुमनीया ! म सम्झिरहेछु । साहूको भारी बोकेर किचिएका मेरो थाप्लोमा गिरत्को खलिहानका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : विचारको ढाड

~शकुन्तला जोशी~ त्यसपछि मलाई कहिल्यै मन परेनन् विचारलाई नुहाएर सुलिसजस्तो दोब्रिने मान्छेहरू ती जो छन् आफैंलाई मिसाएर पानीमा नदीजस्तै बगिरहेका मान्छेहरू ती जो छन् आफैंलाई मुछेर पसिनामा माटोजस्तै बाँचिरहेका मान्छेहरू जब हाँस्छन् निष्पि्कक्री उज्यालो छरेर अनुहारभरी

Posted in कविता | Tagged | Leave a comment