Tag Archives: सरिता तिवारी – Sarita Tiwari

कविता : प्रश्न

~सरिता तिवारी~ बा ! तपार्इंको काँधमा चढेर मलाई हेर्नु थियो संसार तपाईंका पाखुरीहरूलाई सिरानी बनाएर सुन्नु थियो जादूको कुनै बाकस खुलेजस्ता कथा र तपार्इंकै छातीमा ढुक्कले निदाएर देख्नु थियो इन्द्रेणीजस्ता सपना

Posted in कविता | Tagged | Leave a comment

कविता : घुर

~सरिता तिवारी~ अब घुर बालेर बस्छ अकलुवा घुर ! र, घुरको आगोमा मिसाउाछ सम्झादा सम्झादै भाउन्न छुट्ने केही झुर स्मृति त्यसैमा झोस्छ सिद्धान्तले लपेटिएका फर्जी शब्द थप्छ त्यहीं दूरन्त क्रान्तिका खलनायकहरुको कुटिल तस्बिर !

Posted in कविता | Tagged | Leave a comment

कविता : भाषा

~सरिता तिवारी~ हावासँग पनि छ भाषा कुनै अल्लारे प्रेमीझै पातका कान फुस्फुसाउँदै गाउँछ प्रीतिको गीत र काउकुती लगाएर भाग्छ! रुखका हाँगाहरू मच्चाउँदै गर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : हे देवी

~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरुको साम्राज्यमा तिम्रो बिराट काली रुप दुई हातमा चम्चमाइरहेको त्रिशुल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घँुडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जिउ !

Posted in कविता | Tagged | Leave a comment

कविता : बजारविरुद्ध

~सरिता तिवारी~ उसित हिँड्नलाई छैनन् गोडा बलजफ्ती खोसेर लगेको छ उसले मेरा गोडाहरु र तिनैले टेकेर उक्लिरहेको छ सुपरमार्केटको सिँढी चढिरहेको छ मल्टिनेशनल कम्पनीको लिफ्ट र मानिसका आङ्आङ्मा फड्किँदै मरिरहेको छ सभ्यताको चेतनामा बुर्कुसी

Posted in कविता | Tagged | Leave a comment

कविता : पिकदान या पाइखाना

~सरिता तिवारी~ सुकिलो छ तपाइँको दौरा बेदाग छ सुरुवाल ठूलै छ शान र शौकत तपाइँको तर सारै नराम्रो छ आदत नबिर्सिकन प्रत्येक दिन थुक्नुहुन्छ खकार भरिएको थुक मेरो दैलै अगाडि र बनाइदिनुभएको छ मेरो प्रवेशद्वारलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : दैनिकी

~सरिता तिवारी~ सबेरै उठेर उघार्नु छ घरका ढोका बढार्नु छ कसिंगर र धुलो पुछ्नु छ भुईं चमक्क चम्किएको भुईं हेर्दै मुस्कुराउनु छ गृहिणी मुस्कान सजाउनु छ बैठक मिलाउनु छ शयनकक्ष र ओलम्पिकको स्वर्णपदक जित्ने दौडजस्तो दौडनु छ भान्साको अविदित भूगोलमाथि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जिब्रो

~सरिता तिवारी~ उहिले थिएन यति लामो जिब्रो कसरी भयो यो यति लामो पातलो र तिखो ? छुराजस्तो ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अन्तिम लडाइँ

~सरिता तिवारी~ हे देवी ! देखाइदेऊ यो दैत्यहरूको साम्राज्यमा तिम्रो बिराट कालीरुप दुई हातमा चम्चमाइरहेको त्रिशूल क्रोधले धप्धपाइरेका आँखा रगत लप्लपाइरहेको जिब्रो घाँडा घुँडा छुने खप्परको माला भष्मले पोतिएको अर्धनग्न जीउ ! बालखैदेखि देखेकी हुँ दसैाघरहरुमा राखिएका तिम्रा मूर्ति

Posted in कविता | Tagged | Leave a comment

कविता : दुख्वा ‘तोर नाउँ कथि हलही ?’

~सरिता तिवारी~ चुरमुनिया मोहना शोभना कलधरा या अरु केही जे पनि हुन सक्थ्यो तर लेखिएको छ नागरिकतामा मेरो नाम– दुखा महतो म जन्मिएपछि लगत्तै माइले खाएको हो मेरी आमालाई र छोडेको हो मेरा गालामा अवशेष

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : पुरानो सन्दुक

~सरिता तिवारी~ अचानक एक दिन जुर्‍यो संजोग, पुरानो सन्दुक छोई हेर्ने । निकैबेर त्यसलाई हेरेँ, सुम्सुम्याएँ । एकैछिनमा खै कसरी दुवै आँखाबाट नुनिला नदी बगिरहेका रहेछन् । मन अलि दह्रो बनाएपछि नदी आफैं बाँधियो बाँधले । यो सन्दुक मेरो स्मृतिको … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : असार स्मृति

~सरिता तिवारी~ त्यो बेला असार सबैभन्दा दुख्याहा महिना लाग्थ्यो मलाई । मकै भाँच्ने र थन्क्याउने माचो यही बेला, भल छोपेर आफ्ना-आफ्ना खेत रोप्न तारिख मिलाउनुपर्ने यही बेला, दिनदिनै खोलाले बाँध बगाइदिएपछि कुरियापिच्छे बाँध लाउन जानुपर्ने बाध्यता पनि यही बेला । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : हरियो जामा

~सरिता तिवारी~ बाटोको किनारमा लहरै थिए बकाइनाका रूखहरू । र तिनका छेउछेउमा दबदबे र इपिलइपिलका स–साना बोटहरू पनि थिए । ती बोटभन्दा पल्तिर टौवा थियो । टौवा पल्तिर लामो गोठ । गोठपल्तिर अलिकती बारि । बारिको पल्लोछेउमा पानीको कल । … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : आदिवासी

~सरिता तिवारी~ यो माटोमा खसेको आदिम बीउ हुँ म यसैमा बनेको हुँ बिरुवा यहींको हावामा सास फेरेर हुर्किएको हुँ यहींको पानीले तृप्त भएर अघाएको हुँ यहीं गडेका छन् मेरा जरा यसैमाथि फैलिएका छन् मेरा हाँगा यही माटोले बनेको हुँ म … Continue reading

Posted in कविता | Tagged | Leave a comment