Tag Archives: सरस्वती प्रतीक्षा – Saraswati ‘Pratikshya’

कविता : सुन्तलाको रस

~सरस्वती प्रतीक्षा~ जति निचोरे पनि मेरा कविताहरुलाई एक थोपा पनि झर्दैन सुन्तलाको रस ! के कविता हसुली वा कल्ली हो ? वा कुनै झुमरा नाच हो कविता ?

Posted in कविता | Tagged | Leave a comment

कविता : अपराधी

~सरस्वती प्रतीक्षा~ निरपराधी हुन केही गर्नै पर्दैन यहाा बााच्नुको नाममा केवल सास मात्रै फेरिदिए पुग्छ ! हावा उल्टो बगोस् वा सुल्टो बस् हावाको दिशासागै बगिदिए भइन्छ निरपराधी ख्वामित् ख्वामित् भन्दै मुर्कट्टाहरूलाई आफ्नो मस्तिष्क बुझाएमा भइन्छ निरपराधी

Posted in कविता | Tagged | Leave a comment

कविता : खारापानी र सजायहरूको चेकबुक

~सरस्वती प्रतीक्षा~ स्मृतिहरुको एल्बममा उफ्रीउफ्री नाचिरहेछ–दुःस्वप्न समवेदनाहरुको लस्करमा लुखुरलुखुर हिँडिरहेछ– यहाँको किशोरी घाम हो, यो त्यही उजाड बस्ती हो जहाँ बबण्डरमय बाढीले एकदमै भद्दा चित्र कोरेर गएको थियो कैयन्का ओजस्वी सपनाहरुलाई अजिङ्गरले निलेझैं निलेको थियो प्रकृतिको रौद्ररुपले यहाँको हावामा

Posted in कविता | Tagged | Leave a comment

कविता : किरिया बसेकी स्वास्नीमान्छे

~सरस्वती प्रतीक्षा~ लोग्नेको मृत्युमा किरिया बसेकी स्वास्नीमान्छेलाई भेट्न जाँदा तपाईँका पूर्व निर्धारित सम्पूर्ण अनुमानहरु गलत सावित हुन सक्छन् ! तपाईँ पत्याउनुस्, नपत्याउनुस् ! भर्खरै भेटेर आएकी हुँ मैले उनलाई उनको नयाँ अवतारसँग ठोक्किनु संसारको आठौ आश्चर्यसँग ठोक्किनु जस्तै भो मेरा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहेँलो रंग

~सरस्वती प्रतीक्षा~ ओ, सुलतान हसनल ! हामी दुवै एउटै रंगको सपना देख्दा रहेछौँ पहेँलो रंगको । तिम्रो ग्यारेजमा राखिएका सात हजार कारहरुमध्ये कतिवटा कारहरु सुनले बनेका छन् ?

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हुनुको अर्थमा

~सरस्वती ‘प्रतीक्षा’~ एउटै ढुंगामा जीवनभर कुँजिएर देवता भएर बाँच्नु पनि के बाँच्नु ? मलाई मान्छे हुनुको अन्तिम सत्यसँगै ज्युनु छ , पुरापुर ज्युनु छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा श्यामश्वेत सपना

~सरस्वती ‘प्रतीक्षा’~ एउटा श्यामश्वेत सपना जहा ऊ थिई अनि उसका उडानहरू थिए !… के हो बरै क,ख,ग,घ के हो बरै ए,बि,सि,डि निरक्षरताको सुदूर चौतारीमा पनि गुञ्जिरहेकै हुन्थे प्रबल ब्युझाइका केही इच्छागत सन्दर्भहरू निस्प्रभ सम्भावनाका देउरालीहरूमा पनि हरपल भर्भराइरहेकै हुन्थे केही … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चिहानमा फूल

~सरस्वती ‘प्रतीक्षा’~ जति रोपे पनि फुलेन, फुल्दै फुलेन– चिहानमा फूल! गाउँदा गाउँदै गीतको अन्तरा आफैं रुन थाल्यो हाँस्दा हाँस्दै ओठको छेउकुना आफैं रुन थाल्यो

Posted in कविता | Tagged | Leave a comment

छोक : उल्टो बग्छन्

~सरस्वती ‘प्रतीक्षा’~ नदीहरू उल्टो बगेको देखेर छोराले सोध्यो- ‘आमा, आजकल किन नदीहरू उल्टो- उल्टो बग्छन् -’ राष्ट्रिय पीडाले आक्रान्त बूढी आमाले खोक्दै भनिन्-

Posted in कविता | Tagged | Leave a comment