Tag Archives: Sandeep Badal

कथा : विजय, समय, काफ्का र कमिला

~सन्दिप बडाल~ साम्साले दूध छाडेर कुहिएका खाना खाइरहेकै बेला अचानकै अक्षरहरूका छेऊबाट एउटा कमिलो हिँड्यो ।काफ्काका शब्दसँगै काफ्काकै संसारमा पुगेको विजयलाई त्यो कमिला देख्न धेरै बेर लाग्दैन । उसले कमिलालाई एकछिन घुरेर हेर्छ।सानामा गुच्चालाई टुच्ची मारे जस्तरी कमिलालाई पर हुत्याइदिन्छ। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : एउटा मध्यरातको कथा

~सन्दिप बडाल~ एउटा मध्यरातको कथा कसलाई सुनाउँ थाहा छैन एउटा आर्तनादको कथा दबेकाछन् मनभित्र पिडा अनि चोटहरू घाउमाथि काटेको छ, आला भा’छन् खोटहरू

Posted in कविता | Tagged | Leave a comment

कविता : म तिमीलाई कत्ती चाहन्न अब!!

~सन्दिप बडाल~ म तिमीलाई कत्ती चाहन्न अब तिम्रो नाम लेख्न आफ्नो रगत पनि सुकाउँदिन न त तिम्रो नाममा आँशु नै बगाउँछु म तिमीबिना नै जिउने छु तिमीबिना नै आफ्नो संसारको निर्माण गर्नेछु तिमीले दिएको धोकाको बदला लिनेछु चोटको बदला चोटनै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हे प्रचण्ड!!

~सन्दिप बडाल~ हे प्रचण्ड, सुन्यौ तिम्रा भाषणहरू अनी बुझ्यौँ तिमीले सुनाएका महत्वाकांक्षा तर शब्दका भारले मात्रै पूरा हुन सक्दैनन हाम्रा आकांक्षा आकांक्षा पूर हुन त मन चाहिन्छ अनी मन रहन दह्रो मुटु पनि तर तिम्रा बमबारूदका थर्काइले कमजोर बनिसके यी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : माया त रहिरहनेछ

~सन्दिप बडाल~ मैले प्रशंसा नगरुँला, तिम्रो कोमल तनको मैले वास्ता नराखुँला, तिम्रो भरिलो जोवनको तिमीले त्यसमा पीर नमान्नु, ती जालान् एकदिन क्षीण भएर माया त रहिरहनेछ सधैँ, तिम्रो मेरो मनको म तिम्रै हाँसोसँग मात्र रमाइरहुँला म तिम्रो शरीरसँग मात्र रत्तिरहुँला

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरो साथ छिन मेरी आफ्नै आभा

~सन्दिप बडाल~ मेरो साथ छिन मेरी आफ्नै आभा त्यो सुर्य निदाए मलाई के भो र? शितल शान्त शशी मेरै हृदय नभमा घटीबढि उदाए त्यो चन्द्रमा के भो र? चमचम मेरी रत्न मेरै आँखा-नानी भित्र टिमटिम तारा गगनमा जगमगाए के भो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घरमा एउटी परी आएकी छ

~सन्दिप बडाल~ सजिएको मुलढोका नाघी, ऊ भित्र आउँदा सजाएर राखेको कोक्रोमा सुस्तरी सुस्ताउँदा बिस्तारै आँखा खोली, मलाई हेर्दै मुस्काउँदा, मैले थाहा पाएँ, घरमा एउटी परी आएकी छ उसले आफुसँगै मेरा, खुशी बोकी ल्याएकी छ ऊसँगै हर समय बिताउन पाउँदा उसका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अचानक उर्लेका हृदयका भावना..

~सन्दिप बडाल~ अचानक उर्लेका हृदयका भावनालाई, रोक्न असक्षम भएझैं लाग्छ अनायासै बढेको मनको उष्णतामा, विस्तारै पग्लिंदै गएझैं लाग्छ खै कहाँ हरायो मेरो अटलता, मेरो अडिगता? हृदयको अस्तित्व बदलिँदै गएझैं लाग्छ विस्तारै पग्लिंदै गएझैँ लाग्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : तिमी गलत छौ

~सन्दिप बडाल~ तिमीले सोच्यौ होला, तिम्रो प्रेममा म बिक्षिप्त भएको छु तिमीले दिएको धोकाले मुर्छित भएको छु र ढलिरहेको छु ओछ्यानमा एउटा जिउँदो लाश बनेर पौडिन नसकी डुबिरहेछु आफ्नै आँशुको बिशाल सागरमा तर तिमी गलत छौ,

Posted in कविता | Tagged | Leave a comment