Tag Archives: सदानन्द अभागी – Sadananda Abhagi

आधुनिक कथा : जुरेलो बेपत्ता

~सदानन्द अभागी~ कता गयौ जुरेली चरी तिम्लाई सम्झी बचरा रुदैछन् ऊ जुनीको त्यो कर्म भोगी सारा जीवन आँसुले धुँदैछन् काठमाडौको व्यस्त सहरले मानव जीवनमा ल्याएको विविधता, साथै प्रदुषणयुक्त वातारणले निम्त्याएको गन्दगी, रोग–व्याधीले सताइएका जीवजन्तु, एक घुड्की पिउनको लागि शुद्धजलको अभावले … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : सत्य तथ्य भागे हेर

~सदानन्द अभागी~ आज भोलि संसारमा सत्य तथ्य भागे हेर अमूल्य त्यो यौवन नै बिक्री हुन लागे हेर सत्यताको मार्गमा संसार यो चल्नु पर्छ सत्य मार्ग रुक्न गयो धर्मलाई दागे हेर

Posted in गजल | Tagged | Leave a comment

गजल : पवित्रमूल जान हजुर

~सदानन्द अभागी~ प्रेमसिन्धु केन्द्रविन्दु पवित्रमूल जान हजुर अन्तर आत्मा मिलनमा महान्ता ठान हजुर चोरी चोरी हेर्दा मिल्छ मादकस्वाद मीठै मीठो मादकतामा पूर्ण हुन्छ रम्य संसार मान हजुर

Posted in गजल | Tagged | Leave a comment

गजल : आपसमा लड्छन्

~सदानन्द अभागी~ सुकर्मी र कुकर्मी त आपसमा लड्छन् सुकर्मीमा अग्नि हुन्छ कुकर्मी त डट्छन् सुकर्म ज्योति हो त्यसमा हुन्छ प्रकाश विद्वान्ले कर्मथलो बाटो लिई बढ्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो निन्द्रा खुल्यो सानु

~सदानन्द अभागी~ तिम्रो चुरा बजे पछि मेरो निन्द्रा खुल्यो सानु आकर्षक शरीरले मेरो मन डुल्यो सानु मान्छे हेर कति छुचो आँखा तानी तानी हेर्छ दर्शनमा विह्वल भै यो मन मेरो झुल्यो सानु

Posted in गजल | Tagged | Leave a comment

गजल : कुर्सी अघि पर्छौ नेता

~सदानन्द अभागी~ विकासको भाषण गर्न कुर्सी अघि पर्छौ नेता आठ दल मात्रै सर्बेसर्बा बन्दै अहङ्कार भर्छौ नेता शान्तिज्योति निभाउँदा अशान्तिले छो यो आकाश समाधान गर्नु कतै छैन भाषण मात्रै गर्छौ नेता

Posted in गजल | Tagged | Leave a comment

गजल : पढ्न पाइएन

~सदानन्द अभागी~ मन भित्रको वेदनालाई पढ्न पाइएन जवानीको सुन्दर डाली चढ्न पाइएन सफल तिम्रो हितको लागि दिलभयो खाली प्रेमी दिलको मधु–गंगामा गढ्न पाइएन

Posted in गजल | Tagged | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरु

~सदानन्द अभागी~ तिमी आफ्नै बाटो हिँड तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन देशमा बेरोजगार छ देशमा बेरोजगार … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग दुई नियाल्दा

~सदानन्द अभागी~ रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएकोमा भाग एकको बारेमा मैले केही धारणाहरू राखिसकेको हुनाले यस लेखमा (भाग दुईमा) विश्वेश्वर प्रसादको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

समीक्षा : विश्वेश्वरप्रसाद कोइराला विशेषाङ्क भाग एक नियाल्दा

~सदानन्द अभागी~ परिचय रजस्थल पत्रिकाको वर्ष सत्र पूर्णङ्क ५९, २०७१ साल श्रावण – आश्विन अङ्क विश्वेश्वरप्रसाद कोइराला विशेषाङ भाग एक दुई विश्वेश्वरप्रसाद कोइरालाको शतबार्षिकी अवसरमा प्रकाशनमा आएको छ । भाग एकमा विभिन्न क्षेत्रका विद्वानहरूबाट साहित्य र राजनीतिक क्षेत्रमा वी.पी.ले पुर्याएको … Continue reading →

Posted in समीक्षा | Tagged | Leave a comment

महाकाव्य : सिंहवाहिनी

समीक्षात्मक पौराणिक महाकाव्य | सिंहवाहिनी | सदानन्द “अभागी” सिंहवाहिनी (समीक्षात्मक पौराणिक महाकाव्य) सदानन्द “अभागी” कावासोती ७ शान्तिचोक नवलपरासी लुम्वनी अञ्चल, नेपाल २०७३ (२०१६) कृति : सिंहवाहिनी (समीक्षात्म पौराणिक महाकाव्य) कृतिकार : सदानन्द “अभागी” प्रकाशक : दाउने सप्ताहिक प्रथम संस्करण : … Continue reading →

Posted in महाकाव्य | Tagged , | Leave a comment

गजल : रहर भयो मेरो

~सदानन्द अभागी~ जिन्दगी छोटो ठाने जिउने रहर भयो मेरो घटना जति घटे घटुन् बाँच्ने ठहर भयो मेरो खडेरीले जति चुसेचुसोस् ओइल्याउने भा’छु आखिर पर्दा खडेरी नै सिञ्चित नहर भयो मेरो

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : गंगाका गजलमा भावस्नान

~सदानन्द अभागी~ ‘गजलमा अत्यावश्यक पर्ने शिष्ट कोटिको तीक्ष्ण शृङ्गार र तिरोहित व्यङ्ग्य मन मोहक छ’ –शिवप्रसाद सत्याल ‘पीठ’ ‘गंगाका गजलमा घरदेशको पीडा र प्रदेशको हाँसोसम्म जन्मभूमिको आह्वान र कर्मभूमिको कर्तव्य जोडिन पुगेको छ । यसैले सगरमाथाको हिउँखोली बगेर समुद्रतलमा पुगेको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

समीक्षा : गंगाको यात्रामा एक लहड

~सदानन्द अभागी~ आमुख – ‘‘सम्भवतःअमेरिका यात्रालाई केन्द्रीय विषय बनाएर यात्रा साहित्य लेख्ने नारीमा गंगा ‘कपुरी क’ नै हो कि अहिले मलाई अरु नामको संझना आएन ।’ – यी शब्द शिवप्रसाद सत्याल ‘पीठ’ले भूमिका लेखनमा प्रस्तुत गरेका धारणा हुन् । यसको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शब्दयात्रीलाई अवलोकन गर्दा

~सदानन्द अभागी~ परिचय कवि लोकनाथ खरेल २०२० साल मुगसिर तेह्र गते गुल्मी अर्लाङ्कोटमा जन्मनु भएको थियो हाल भने कावासोती नगरपालिका वडा नं २ मा बसोबास गर्दै आउनु भएको छ । छन्दोबद्ध कवितामा आफूलाई परिचित गराउने खरेलका हालसम्म अक्षरयात्री कवितासङ्ग्रह, २०६५ … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : सृजनाभित्र भावस्नान

~सदानन्द अभागी~ “उनको प्रस्तुत समीक्षा कृति मदनपुरस्कार प्राप्त र अन्य विविध कृति एवम कृतित्व माथिको समीक्षकीय प्रभावहरूको समष्टि प्रतिकृया हो ।” यी प्रतिक्रिया हुन् डा. लक्ष्मणप्रसाद गौतमका । यसरी नै डा. नेत्रप्रसाद न्यौपानेले भन्नु हुन्छ –‘‘लुम्बिनी क्षेत्रबाट नेपाली भाषा वाङ्मयको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : भेषमा केशमा

~सदानन्द अभागी~ देशमा भेषमा केशमा पुष्प कमल झैं भेषमा सुन्दर तिम्रो मुहारमा आत्मा लुटिन्छ निमेषमा

Posted in गजल | Tagged | Leave a comment

नियात्रा : अनुपम पर्यटकीय क्षेत्र हरिनाश र बृहत् साहित्य सम्मेलन

~सदानन्द अभागी~ आमुख– ज्याग्दीखोला साहित्य प्रतिष्ठान स्याङ्जाले ‘‘ज्याग्दी खोलाको तरङ्ग’’ नामक एउटा स्तरीय पत्रिकाको प्रकाशन गर्दै आएको छ । यसको १२औं पूर्णङ्कको लोकार्पण, ज्याग्दीखोला साहित्य प्रतिष्ठानको पहिलो अधिवेशनको साथै बृहत् हरिनाश साहित्य सम्मेलनमा भागलिन आउने निमन्त्रणा प्रधान सम्पादक देवेन्द्र लम्सालजीबाट … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

पुस्तक समीक्षा : माधवआनी खण्डकाव्यकाव्यमा बहकिदा

~सदानन्द अभागी~ परिचय– हरि कट्टेल (२०२५)का, बिलौ नै बिलौना (छन्दोबद्ध लघुकाव्य, २०४५),अनावृत आकृति (छन्दोबद्ध कवितासङ्ग्रह, २०६१), मुटु टुक्रिएपछि (मुक्तकसङ्ग्रह, २०६९),काँडा टेकेर फूलका कुरा (गजलसङ्ग्रह, २०७२) र माधवआनी (खण्डकाव्य, २०७३) कृतिहरूमा आँखामा अल्झिएका आँखा (गजलसङ्ग्रह, २०६४) र काँडा टेकेर फूलका कुरा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

गजल : गुलाफ फूल फुलेको छ

~सदानन्द अभागी~ तिम्रो सुन्दर बगैंचामा गुलाफ फूल फुलेको छ मकरन्द पान गर्न भमरा त्यहाँ झुलेको छ धन्य रहिछ्यौ देवी तिमी रसातलमा पौडिएकी रसातलको पौडाइ हेर्दा विश्व मेरो भुलेको छ

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरी प्रिया

~सदानन्द अभागी~ मेरी प्रिया रिसाउँछिन् आँखा नानी तरीतरी आँसु तिनले वगाउँछिन् म त हाँस्छु मरीमरी हाँसो रोदन संसारमा प्रकृतिको नियम हो दार्शनिकले अध्ययन गरेका छन् थरीथरी

Posted in गजल | Tagged | Leave a comment

समीक्षा : कावासोती न.पा.का केही समालोचकहरूमा डा. धनपति कोइराला

~सदानन्द अभागी~ कावासोती नगरपालिका वडा नं ३ मा कार्यक्षेत्र बनाएर डा.धनपति कोइराला(२०२७) ले नवलपरासी जिल्लाका साहित्यकारहरूका केही कृतिहरूमा आकार दिने प्रयास गर्नु भएको छ । यो काम निश्चय नै एउटा गहन काम हो । नवलपरासीका साहित्यकारलाईमात्र समेटेर समालोचनाका कृति प्रकाशनको … Continue reading →

Posted in समीक्षा | Tagged , | Leave a comment

सदानन्द अभागीका पाँच मुक्तकहरु

~सदानन्द अभागी~ निसाना गलत भयो निसाना गलत भयो भागी ऊ त गयो खोज्दाखोज्दै समयको बर्वादी नै भयो लेखाजोखा नगर्दा त यस्तै हुन जान्छ भोग गर्ने तीब्र इच्छा त्यो त वाँकी रह्यो भन्थे सुन्दर प्याला

Posted in मुक्तक | Tagged | Leave a comment

समालोचना : समयका धब्बाहरूलाई धोइपखाली गर्दा

~सदानन्द अभागी~ ‘समयका धबबाहरू’मुक्तकका कृतिकार हुन नारायण मरासिनी । २०२९ साल पुस २७ गते चिन्नेबास–१ ज्याग्दिखोला , स्याङ्जामा जन्मेका ,माता कुन्तीमाया र पिता गणेशप्रसाद उपाध्यायका पुत्ररत्नसँग २०७५ साल कार्तिक ६ गते ज्यााग्दीखोला साहित्य प्रतिष्ठानले आयोजना गरेको बृहत् हरिनाश साहित्य सम्मेलनमा … Continue reading →

Posted in समालोचना | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~ हेर यो देशको माटो कति सुन्दर लाग्दछ ! रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ ! के छैन यस माटोमा सजीवताको आलोक छ आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान त्यसैले त जननी जन्मभूमिश्च स्वर्गादपिगरीयसी । (आमा कवितासङ्ग्रह, जननी … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सदानन्द अभागीका सात मुक्तकहरू

~सदानन्द अभागी~ तिमी आफ्नै बाटो हिँड तिमी आफ्नै बाटो हिँड तिमीले मलाई मोल्नु छैन खडेरीले खाए खाओस् सिँचाइ कुलो खोल्नु छैन जाऊ जाऊ जति सक्छौ सफल बाटो खन्दै जाऊ सत्कर्मको बाटो हिँड्ने कसैलाई बिथोल्नु छैन देशमा बेरोजगार छ देशमा बेरोजगार … Continue reading →

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : लुकेर रहेका छन्देली कविको प्रत्यक्षीकरण

~सदानन्द अभागी~ परिचय– लुकेर रहेको शब्द मलाई लेख्न किन मन लाग्यो भने लुकेर बसेका होनहार प्रतिभा कमल आचार्यजी (वि.सं.२०००)को ७५औं जन्म दिनको अवसरमा उहाँका दुईओटा किर्तिहरू ‘‘कोसेली’’ र ‘‘व्यवहारिक दर्पण’’ (२०७५) विमोचनमा आए । दुवै किर्तिहरू छन्दमा लेखिएका अति सार … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : भीम धमलाको ‘बिटुलो रगत’ कथासङ्ग्रहको अध्ययन

~सदानन्द अभागी~ परिचय : दुलियाजान कला–साहित्य मञ्च, असम, भारतद्वारा ३१ मार्च र १ अप्रेल २०१८मा आयोजित अन्तराष्ट्रिय नेपाली साहित्य समारोहमा भीम धमलासँग साक्षात्कार हुने सौभाग्य मिल्यो । यसै अवसरमा भीम धमलाबाट यो कृति उपहार स्वरूप हात लाग्यो । भीम धमलाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : शूर्पणखा खण्डकाव्य र कैकेयी महाकाव्यका गोविन्दराज विनोदी

~सदानन्द अभागी~ परिचय– गोविन्दराज विनोदी एउटा उच्च व्यक्तित्वको साथै विचार र भावनामा एउटा सिन्धु एवम् नेपाली साहित्याकाशका धु्रवतारा नै हुन् । नेपाली साहित्यमा उन्ले पु¥याएको योगदानको जति प्रशंसा गरे पनि पुग्दैन । यस्ता बहुआयामी साधक एवम् छन्दोवादी काव्यधाराका मानक स्रष्टाको … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

सदानन्द अभागीका छ मुक्तकहरु

~सदानन्द अभागी~ नभिम्काऊ परेली नभिम्काऊ परेली प्रिया मनमा अग्नि जल्न थाल्छ खहरेमा पानी छैन ह्वार ह्वार आगो बल्न थाल्छ हेर प्रेमी दिल साट्दा खेरी पूर्णचन्द्र दिल बन्छ् सुधारस बग्न थाल्छ सौलो यो दिल चल्न थाल्छ

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक समीक्षा : गंगा लिगलका गोधूलिभित्रका रश्मीहरू

~सदानन्द अभागी~ ‘संसारमा सबै मान्छेसँग कथा अवश्य हुन्छ । कथा जीवनको एक प्रतीक हो । कथा मान्छेको इतिहास हो । मानव जातिका उत्थान पतनको कलेवरहरू कथाको बिम्बबाट अभिव्यक्त हुन्छन् ।’ यी धारणाहरू साहित्यलार्ई आफ्नो प्राण र हृदयको स्पन्दन मान्ने गंगा … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment

पुस्तक समीक्षा : जीवनवादी दृष्टिकोणको धरातलमा ‘जीवन लीला खण्डकाव्य’

~भेषराज रिजाल~ वरिष्ठकवि सदानन्द अभागीद्वारा लिखित ‘जीवन लीला खण्डकाव्य’ तेह्रपादमा संरचित सानो तर गहन खण्डकाव्य हो । राधा तिवारी, यशोदा अधिकारी, उमाकुमारी रिजाल र इन्दिराकुमारी रिजालले प्रकाशन गर्नुभएको यो कृति वि.सं. २०५९ साल मङ्सिरमा प्रकाशित भएको हो । आफ्नो परिवारदेखि समाजका … Continue reading →

Posted in पुस्तक समीक्षा | Tagged , | Leave a comment