Tag Archives: Rupesh Shrestha

कविता : आकंक्षाहरु

~रुपेश श्रेष्ठ~ छितिज बादलका छिर्काहरु सपना र शाहसहरु। अनाकार आकाशको मुन्तिर वादलुको फेदसम्म उक्ली उक्ली चुलिएर अनाकार अदम्य शाहसले अनाकार सपनाका

Posted in कविता | Tagged | Leave a comment

कविता : फेरी घाम उदायो

~रुपेश श्रेष्ठ~ फेरी घाम उदायो अनाहकमा मेरो वस्तीको नग्नता उदाङो हुने भो । रात ओढेर बल्ल बल्ल निदाएको वस्ती जाग्ने भो फेरी अब कता लुक्ला यो ? अब के मात्र छोप्ला यो ?

Posted in कविता | Tagged | Leave a comment

कथा : हिंड्दै गर्दा…

~रूपेश श्रेष्ठ~ र आखिरमा भारी सुटकेश घिसार्दै म रेल चढें। सुटकेश भन्दा पनि भारी यो मनलाई रेलमा चढाउन सकस भयो। जसोतसो रेल चढें। **** “जुनीऽऽऽ” केहिदिन अघि घर जाँदै गर्दा हामी चुपचाप हिंडिरहेका थियौं। उसले सानो स्वरमा बोलायो। “हजुर” उसले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : दर्शकजस्तै भएर

~रूपेश श्रेष्ठ~ आकांक्षाको झिसमिसे क्षितिजको पृष्ठभूमि, क्षितिजको केन्द्रमा प्रसँगको केन्द्रीय पात्र, सजीव पात्र, आशाको दिप्तीले प्रफुल्ल ज्योति, इन्द्रेणी-वादल-सूर्य-चन्द्र-ताराहरु-खोला-नदि नाला-बोटबुट्यानजस्ता प्रकृतिका सुन्दर अवयवहरुको चित्ताकर्षक अनि उत्कृष्ट समायोजन। शेक्सपीयरियन परिभाषाको साँचोमा ढालिएको जीवनको अजीव तर यथार्थ चित्रण, मेरो कथामा आधारित नाटकको यो … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : शहर – एक पत्र

~रूपेश श्रेष्ठ~ प्रीय, शहरमा बसिनसक्नुको जाडो छ, खपिनसक्नुको मौसम । शहर यसै पनि चिसो हुन्छ, मौसमको कुरा मात्र होइन, यहाँ यस्तै हुन्छ, सबथोक चिसो । बस्ने घरहरु चिसा हुन्छन्, हिंड्ने बाटा र गल्ली चिसा हुन्छन्, यहाँका चोकहरु चिसा हुन्छन्, चोकमा … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment

कविता : छोरा, घर त गयो

~रूपेश श्रेष्ठ~ एउटा सनकी भुईंचालोले बेस्मारी हल्लाएपछि बल्ल आँगनमा झर्नु भो बा । आँगनमा झरिसक्दा बा’को सातो पनि झर्यो झाँको पनि झर्यो अनि झरे घरका भित्ताहरु, झ्याल ढोकाका खापा-चौकोसहरु खाँबा र दलिनहरु झिंगटीको छानो र टुँडालहरु !

Posted in कविता | Tagged | Leave a comment

कविता : त्यो समाचार लेख्ने मान्छे

~रुपेश श्रेष्ठ~ लमक लमक अंध्यारोतिर बढ्दैछ यो युगको त्यो चमकदार मान्छे पत्रिकामा त्यो समाचार लेख्ने मान्छे। पटक पटक मोबाईलको घन्टी बज्दैछ न उठाउने फुर्सद छ न बात मार्ने आंट छ चिट चिट

Posted in कविता | Tagged | Leave a comment