Tag Archives: रमेश पौडेल – Ramesh Poudel

गीत : के बर मागी फर्क्यौ

~रमेश पौडेल~ के बर मागी फर्क्यौ भन तिम्ले पुज्ने देउतासित दुनियालाई नभने नि भन्न हुन्छ एउटासित मन्दिरबाट फर्किएकी हातमा फूलको थाली रै’छ निधारको टीकामाथि सिउदो त्यसै खालि रै’ छ

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : संविधान खोई ?

~रमेश पौडेल~ तीज आयो वर्ष दिनैमा चार वर्षमा संविधान खोई ? संविधान सभा हाम्रो किन भंग ग¥यौ जवाफ खोई ? तीज आयो……………………….

Posted in कविता | Tagged | Leave a comment

कथा : भुन्टेको नियति

~रमेश पौडेल~ माघ मासको जाडो , अझ त्यसमा पनि अस्तिमात्रै पानी पर्दा देशका उच्च पहाडी तथा हिमाली भेगमा परेको हिउँको खार बोकेको चिसो सिरेटो मुटुनै छिचोल्ने गरी चलिरहेको छ । न त उसलाई त्यो सिरेटोसँग मतलव छ, नत त्यो साँझमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जीवन कला

~रमेश पौडेल~ एकसरो जिन्दगी बाँचेर बन्धकी खुशी हाँसेर किस्ताबन्दीमा तिर्दैछु मोनालिसा मुस्कानहरू बाँच्नु यौटा जिजीबिषा हाँस्नु अर्को अभिष्ट उभिएर यसैको दोसाँधमा फुकिरहेछु ट्राफिक सिट्टी अलकत्रले छोडेको सडकजस्तै

Posted in कविता | Tagged | Leave a comment

पुस्तक अंश : उपन्यासकै लागि परिवारको हत्या

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दैै सोध्छु । ‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ— ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’ ‘जागिर खाँदै लेख्न सकि“दैन र ?’ अचम्म मान्दै सोध्छु म । ‘अरूले सक्छन् होला … Continue reading

Posted in पुस्तक अंश | Tagged , | Leave a comment

कविता : पीपलबोटे पण्डित

~रमेश पौडेल~ गन्हाएको मोजामा अत्तर छर्केर जुत्ता खोले- टिलिक्क टल्किनुपर्छ अनुहार ! धर्मयुग पल्टाउँदै गैँडा मार्का सल्काए लामो सर्को ताने, फुके- घुमिरह्यो चुरोटको धूवाँ पीपलबोट वरिपरि ! खुट्टा छिराए र, निहुरिएर हेरे आफ्नै अनुहार !

Posted in कविता | Tagged | Leave a comment

गीत : तिम्लाई केही हुनै हुन्न

~रमेश पौडेल~ तिम्लाई केही हुनै हुन्न, मलाई हुन्छ के के आफ्नो पीडा लुकाएर, मलाई टाढा देखे तिम्लाई उता दुख्दा खेरी, मुच्र्छा पर्छु यता

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : पैयुँ फुल्ने गाउँ

~रमेश पौडेल~ लाली गुराँस फुल्यो ओइलियो झर्यो पैयुँ फुल्यो ओइलियो झर्यो सयपत्री, मखमली फुले ओइलिए झरे, फुल्नु प्रकृति ओइलिनु, झर्नु नियति !

Posted in कविता | Tagged | Leave a comment

मुक्तक : अनाम युद्ध

~रमेश पौडेल~ कोमल भावनाको सुललित अभिव्यक्ति एउटा सुन्दर गीत हुन्छ लतिका हो गीत संगीतको लहरामा लहरिदैं जाँदा उससँग प्रीत हुन्छ प्राय: अघोषित अनाम युद्ध चलिरहने यो धराधाममा-

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : अर्थात ऊ

~रमेश पौडेल~ हिउँ झैं सेताम्यै फूलेको छ टाकुराभिर चुम्न खोज्छन आरोहीहरु त्यो हिमाल शब्द शिविर बाट चढ्न खोज्छन कविहरु स्वर शिविर बाट चढ्न खाज्छन् गायक गायीकाहरु

Posted in कविता | Tagged | Leave a comment

रमेश पौडेलका मुक्तकहरु

~रमेश पौडेल~ (१) सपना मात्र सपना हो, सधैं अधुरै रहन्छ त्यो अनुवाद गर्न सकिदैन सधैं अपुरै रहन्छ त्यो हजार सपना देख्नेहरु पनि सबै यसै भन्छन् जगाउ सपनाको दियो सधैं मधुरै रहन्छ त्यो

Posted in मुक्तक | Tagged | Leave a comment

पुस्तक अंश : लेख्नकै लागि परिवारको हत्या गरेँ…

~रमेश पौडेल~ ‘जागिर छाड्नुको कारण ?’ म फिलोससको मुखमा हेर्दै सोध्छु । ‘जागिर खाँदै लेख्न सकिँदैन र ?’ अचम्म मान्दै सोध्छु म ।‘लेखन,’ ऊ नजिकै रहेको डायरीतिर हेर्दै भन्छ- ‘लेख्नकै लागि मैले जागिर छाडेको हुँ ।’

Posted in पुस्तक अंश | Tagged , | Leave a comment