Tag Archives: Ram Kumar Pariyar

कविता : मेरो खुसी तिम्रै

~रामकुमार परियार~ तिम्रो खुसी , मेरो खुसी , मेरो खुसी तिम्रै निश्चल,अमर,अजर प्रिती,चोखो-चोखो हाम्रै दिल भित्र तिमी छ्यौ , मुटु पनि तिम्रै डाह गर्छन दुनियाँ ले ,देखि प्रिती हाम्रै

Posted in कविता | Tagged | Leave a comment

गजल : त्यो मन ढुंगा भएछ

~रामकुमार परियार~ बुझ्नै नसक्ने चरित्र श्रष्टिको विचित्र रहेछ आज अनायसै तिम्रो त्यो मन ढुंगा भएछ तिम्रो हात आजन्म थाम्छु भन्ने मान्छे पत्तै नदिई खै कुन्नी कता सुटुक्कै गएछ

Posted in गजल | Tagged | Leave a comment

गीत : मुटु भरी माया

~रामकुमार परियार~ आँखा मै छ तिम्रो रुप,मुटु भरी माया । बसिदेउ न प्रिये सधैं,बनी मेरो छाँया ।। हर रात सपनिमा,तिमी मात्रै आउँछ्यौ । सताएर किन माया ,लुकि-लुकी लाउँछ्यौ ।।

Posted in नेपाली गीत | Tagged | Leave a comment

गजल : आज एउटा गजल लेखेँ

~रामकुमार परियार~ गुम्सिएका मनका कुरा,खोल्न बल्ल बाटो भेटेँ। पिडाहरु फुकाएर , आज एउटा गजल लेखेँ। हराएको मान्छे म त , भिडमा एक्लिएर, टोलाएर जुन हेरेँ , जुन भित्र तिमी देखेँ।

Posted in गजल | Tagged | Leave a comment

कविता : म

~रामकुमार परियार~ गन्तव्यहिन जिन्दगीको गोरेटोमा लरखराउँदै हिँड्ने यात्री हुँ म । तीन पाङ्ग्रे जीवन रथको वाहक उहीँ दुखी सारथि हुँ म ।

Posted in कविता | Tagged | Leave a comment