Tag Archives: राजेन्द्र खरेल – Rajendra Kharel

गजल : बाँच्ने पल हामी खोज्छौँ

~राजेन्द्र खरेल~ चट्याङभित्र जीवन बाँच्ने पल हामी खोज्छौँ बारुदको घेरा तोड्ने बल हामी खोज्छौँ सुख सबै अँगाले दुःखको अस्तित्व के मरुभूमिमा खनेर जल हामी खोज्छौँ

Posted in गजल | Tagged | Leave a comment

कविता : हुरी चल्दैछ

~राजेन्द्र खरेल~ हिउँदमा पश्चिमबाट हुरी चल्ने वर्षामा पूर्वबाट मनसुन बहने प्राकृतिक नियम आफै तोडिंदै छ केही समयको स्थिरतासँगै हिउँद र वर्षाको समायोजन हुने गरी ब्वाँसाहरूको “सेतो महल” लाई निसाना ताकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : भूत बस्ने दरबार

~राजेन्द्र खरेल~ लोकसेवा आयोगको परीक्षा पास गरी खरिदार पदमा नाम निकालेपछि गाविस सचिवका रूपमा मेरा दाजुको कार्यक्षेत्र दाङ, प्युठान र रोल्पाको सीमाना रहेको त्रिवेणी गाउँमा प¥यो । दाङ र रोल्पाको सीमानाबाट बगेको अरङखोला, प्यूठान र रोल्पाको सीमाबाट बगेको लाँकुरी खोला … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : डायरी

~राजेन्द्र खरेल~ मन्त्रीजीको छोराको अपहरण केस अनुसन्धान गर्न मलाई दश दिनको म्याद दिएर मन्त्रीजीको गृहजिल्ला पठाइएको छ । ६ दिनभित्रै म केसको जरासम्म पुगेको छु तर केसको जरा यसरी बाङ्गिएको होला भनेर मैले कल्पना गरेको थिइनँ । अपहरणकाण्डको प्रकृति र जटिलताले मलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : सारंगी

~राजेन्द्र खरेल~ माघ महिना, रातिदेखि हावाहुरीसहित परेको पानी मध्यान्नपछि रोकिएको थियो । लामीडाँडाको सिरानतिर एकैछिन घाम झुल्केर बिस्तारै अस्ताउँदो थियो । साहु रामप्रसाद दलिनमा रहेको कुर्सीमा बसेर नजिकै देखिने (दूरीमा भने टाढा !) स्वर्गद्वारी र होलेरी लेकमा हिउँले ढाकिएर सेताम्य … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment