Tag Archives: राबत – Rabat

कविता : गाउँ र सहर

~राबत~ गाउँमा घाम करेसाबारीको शिरबाट उदाउँछ सहरमा घाम पक्की भवनको शिरमा टाँगिएको पेटिकोट वा कछाड मुनिबाट उदाउँछ यत्ति फरक छ! गाउँ र सहरको बिहानीमा । गाउँ दिनभरि- मुटुजस्ता पातहरूको हरियो झण्डा फर्फराउँदै दायाँबायाँ निर्बाध हिँड्छ/दौडन्छ पाखा-पर्वतको कानकानमा सुसुल्दै प्रीतको गीत, … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : उस्तै उस्तै लाग्छ

~राबत~ दुईटा कुरा बारम्बार उस्तै उस्तै लाग्छ जिन्दगी र कारागार उस्तै उस्तै लाग्छ । सधैं चर्किनै खोज्ने, सधैं फुट्नै खोज्ने शिशा र मेरो निधार उस्तै उस्तै लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : सम्बोधन

~राबत~ जसरी छोडेर गएका थियौ खाँदाखाँदैको आधा गाँस गोड्दागोड्दैको आधा पाखो रुँदारुँदैको आधा आँसु हो त्यहीँबाट सम्बोधन गरिरहेछु तिमीलाई । सायद मेरो पत्र बोकी जाने विमान हराई जाला धमिलो आकाशमा मलाई छोएर जाने हावाहरु थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा

Posted in कविता | Tagged | Leave a comment

गजल : जीउभरि नीलडाम छ

~राबत~ यी मान्छेहरूको जीउभरि नीलडाम छ पक्कै केही हुन्छ यहाँ बडो धुमधाम छ । त्यसै चिच्याएको हैन, त्यो बेसुरले उसको आङमा न लुगा छ, न घाम छ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : बजार जस्तो !

~राबत~ आहा यार, तिम्रो त घर पनि बजार जस्तो ! कोही किनिन, कोही बेचिन तैयार जस्तो । यो बाटोमा जस्ले मुट्ठी उठाएर हिँड्न सक्छ एक्लै पर्ला उ, तर देखिन्छ हजार जस्तो ।

Posted in गजल | Tagged | Leave a comment

गजल : चकित छु अहिले

~राबत~ यो जमघट देखेर चकित छु अहिले आफ्नै दुश्मनहरूको मीत छु अहिले । जब ढोका हालेँ, घरमै त्रसित थिएँ ढोका फालेदेखि सुरक्षित छु अहिले ।

Posted in गजल | Tagged | Leave a comment