Tag Archives: प्रवीण राई जुमेली- Pravin Rai Jumeli

कविता सङ्ग्रह : घाउका आवर्त्तहरु

~प्रवीण राई जुमेली~ घाउका आवर्त्तहरु प्रवीण राई जुमेली प्रकाशक: निर्माण प्रकाशन, गुम्बा घुर्बिसे, नाम्ची, दक्षिण सिक्किम आवरण तथा रेखाङ्कन: प्रवीण राई जुमेली

Posted in कविता सङ्ग्रह | Tagged , | Leave a comment

कविता : युद्धरत

~प्रवीण राई जुमेली~ उद्घोषित हुन्छ अचानक नै एउटा पीडापूर्ण कारावासको समाप्ति दुर्बल हात-खुट्टाहरु बेडीमुक्त हुन्छ अचानक नै अचानक नै उघारिएको पनि हुन्छ फलामे ढोका जहाँबाट देख्छु क्षितिजले छेकिएको सानो टुक्रा आकाशलाई देख्छु निर्धक्क जब कारागारको संघार बाहिर राख्छु पयरहरु अनि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गाउँले गजनी

~प्रवीण राई जुमेली~ जुन दिन त्यसले मेरो टाउकोमा १७७९ अगिको फ्रान्स बजारेर गयो त्यस दिनदेखि यता म एन्टेरोग्रेड अम्नेजियाले ग्रस्त छु म भन्न सक्तिनँ कतिबेला मेरो स्मृति जान्छ र कतिबेला त्यो फर्किन्छ भुलेकाहरुलाई सम्झिनैलाई जिउभरि झरी र बादलहरुको टाटू खोपिराखेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : कथाका गाउँहरु

~प्रवीण राई जुमेली~ नेपथ्य खण्ड नेपथ्य “हन यो कस्तो पर्दा लाग्यो हाम्रो सामुन्ने?” बुडोले अचम्भ मान्दै सोध्यो। “अब बिस्तारै हामी नेपथ्यका पात्रहरुमा परिणत हुँदै जाँदैछौं बुडा!” अर्कोले भन्यो र फेरि थप्यो, “मञ्चमा हाम्रो खेलको समय सकियो। अब यहाँ खेल्नेहरु नयाँ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जुग यसरी बदलिरहेछ

~प्रवीण राई जुमेली~ खरले छाएको झोपडी थियो भोटेबार थियो छेकनी लहरै भुईंमा सुतिन्थ्यो कालान्तरमा त्यो झोपडी भत्काइयो कोठै-कोठा भएको घर बनियो झोपडीमा सुत्दा बाँटिने गफहरु नयाँ कोठाहरुमा थुनिए

Posted in कविता | Tagged | Leave a comment

कविता : देश अनप्लग्ड

~प्रवीण राई जुमेली~ देश कति पछौटे छ हाम्रो भन्दै र देश भनेको समाज हो थप्दै अहा सुधारको शोध गर्ने एक दस्ता जुर्मराइउठ्यो युवाहरुको एक संस्था

Posted in कविता | Tagged | Leave a comment

Poem : Some snapshots of poor

~Pravin Rai Jumeli~ Many people marked that destiny has written the poor Other many used to state that God created that creature By seeing and reading this word it seems simple and as this is made of four letters only

Posted in Poem | Tagged | Leave a comment

Poem : Miss Word Contest

~Pravin Rai Jumeli~ Sprinkling the intoxication of elegance the obstinate hips and breasts of words C~A~T~W~A~L~K on the ramp of poetry

Posted in Poem | Tagged | Leave a comment

कविता : एउटी आमाको स्मृति

~प्रवीण राई जुमेली~ जीवन र जगतमा विमर्श गरिने सफलता र सभ्यताका हजार थोकहरु छन् आफ्नै सन्तानका कुकृत्यहरुको लेखाजोखा गर्दै हिंड्ने अनेकौं मुखहरु पनि छन् हतार पैसा अहँकार र आत्मालापहरुले थाकेको संसारसित के माग्नु थियो र तिमीले माया र मोहको त्यान्द्रोमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

Poem : The Tale of a Town and Many Villages

~Pravin Rai Jumeli~ The painted winds of east gushed, told a tale and vanished Possessing the blanket knitted by cold and dust the new flowers hided that tale

Posted in Poem | Tagged | Leave a comment

Poem : While depicting the ‘Life’

~Pravin Rai Jumeli~ A brush dipped in yellow am walking over the lonesome backdrop of ‘Wheatfield with crows’ are not shivering the Vangogh hands of painter Words are aching

Posted in Poem | Tagged | Leave a comment

कविता : गरीबको केही स्न्यापसट

~प्रवीण राई जुमेली~ कतिले भन्छन् नीयतीले ळेख्यो गरीबलाई कतिले भन्छन् ईश्वरले रच्यो त्यो जीवलाई देख्दा र पड्दा यो शब्द नि तीनै शब्दले निर्मित भए तापनि यसभित्र समाहित अर्थ अनेकौं निहित व्याख्या सयौं

Posted in कविता | Tagged | Leave a comment

Poem : God, this is an elegy for you

~Pravin Rai Jumeli~ God himself was in wonder in the uncovered tale of his forms that from the ages hearing the moans of unlimited prayers

Posted in Poem | Tagged | Leave a comment

कविता : दार्जीलिङ अनप्लग्ड

~प्रवीण राई जुमेली~ राजनीति र कलाहरुबाट तिम्रो जीवनलाई खासै काम लाग्ने केही जीस्ट झिक्न नसकेको मैले समयदेखि समयसम्मै रबिन्सन क्रुसोको डायस्पोरिक दुख देखिरहेछु इतिहासको बर्बरता भिरेर सम्विधानको टापुमा माटो सोधिँदाको बेइज्जतहरु बोकी एउटा रातो बिगुलको स्वर उपहार दिन चाहन्छौ तिमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जब पाठक जागिउठ्छ

~प्रवीण राई जुमेली~ पाठक लेखकको हितैषी थियो लेखनको मेलोबाट जब थाकेर घर पुग्थ्थ्यो लेखक शब्दकै उपहार लगिदिन्थ्यो उसले पाठकलाई उ रमाइउठ्थ्यो शब्द समाएर

Posted in कविता | Tagged | Leave a comment

कविता : बुढ्याँइहरु

~प्रवीण राई जुमेली~ दिनहरु व्यर्थै बितिसकेपछि यता हिंड्नलागेको छु साँझहरु। अवकाशको एउटा यात्रा केही साथीहरु भेट्छु टेकेर उभेका गोंधुलीपखहरु रिट्रिटका धूनहरु सिह्रानी हुन्छ विश्रान्तिलाई अब केहीक्षण अनुहार नभएर कल्पनाहरु मेरा मखुन्डाहरु फ्याँकेर सम्झनाहरु मेरा मन सबै पुरिदिन केही भावुकता रक्सीका … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतीक्षारत

~प्रवीण राई जुमेली~ सहरले केही दिन पाहुना डाक्यो। सायद त्यसैले हलोजुवा थन्काएर एकातिर सबै समाजिक अवमूल्यनहरु पनि पलायन भए सहरतिरै समृद्धि कमाउन बुढी गाउँ मात्र हर्दम एकली सधैं हरेक प्रहर सहर खोज्न हिंडेका छोरो धनसिङहरु र

Posted in कविता | Tagged | Leave a comment

कविता : व्यतिक्रम

~प्रवीण राई जुमेली~ १ ऋतुहरुको बाइपासबाट घुमेर सधैं वसन्त आइदिँदा यौवनको तेज हावासितै एकक्षण बहकिदिने गौंथली आकांक्षाहरु पानी हालिदिने स्नेही हातहरु बिमारी भएपछि यता मुर्झाउन लागेका छन् बगैंचाभरि/गमलाभरि तलतिर रुखो र अनकण्टार देखिने मान्छेको बस्तीतिर बर्षाका केही थोपा बनी पोखिदिने … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा मेरो वेबसाइटको होमपेज

~प्रवीण राई जुमेली~ मेरो र म जस्तैहरुको यो डायास्पोरामा भिज्नअघि कुनै एल्डोराडोको सपना बोकिएको थिएन आँखामा साँपले काँचुली छाडे जस्तै पास हुनेहरुले स्कुल छाडे जस्तै त्यस्सै छाडियो गाँउ त्यस्सै छाडियो गाँउ गाँउसित ‘गाँउ’ शब्दको टियारा मात्र थिएन एकान्त र अभावको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हराएको अनुहार

~प्रवीण राई जुमेली~ सुनसान कोठाको चिसो भुईंमा एउटा मान्छे बसेको छ बसेको छ एउटा मान्छे अनुहारविहीन र आवाजविहीन जबरजस्ती ठेल्दै लगेपछि म-ले बेस्वादसित हार्दै जान्छ नचिन्नुको सुख त्यहाँ तर चिमोट्दा उसलाई दुःख्नु आफैसित छ यहाँ उदासीनताको प्याला उठाएर गटागट पारिदिन्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : पर्चाको जन्म

~प्रवीण राई जुमेली~ अनेकौं अप्रिय सत्यहरु बोकेर हिंडिरहन्छ मान्छे मृत्युसम्मलाई उसको सरीर उसकै इच्छाहरुको भारी थेग्न नसकेर लडेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : मन मरेको दुर्घटनाबारे एउटा रिपोर्ट

~प्रवीण राई जुमेली~ सधैं त सरीर मर्थ्यो मन बाँच्थ्यो यसपाली त मन चाहिँ मरेछ सरीर बाँच्यो नैराश्यको गाडीमा चडेथ्यो ‘रे त्यो विडम्बनाको भीरमा वैरिएछ ‘ए झरी’ भन्थ्यो ‘रे मर्नअघि अलिकति घामको किरण पनि माग्थ्यो ‘रे

Posted in कविता | Tagged | Leave a comment

Poem : Pleading for the LOVE

~Pravin Rai Jumeli~ Do not arrest me within your forearms Do not play me with your kisses Do not draw the boundary of love by the love letters Your unrestrained youth does not flavors the love

Posted in Poem | Tagged | Leave a comment

कविता : झरीको स्मृति

~प्रवीण राई जुमेली~ आमाका दुइवटा फरियाहरु थिए नयाँ उनी बजार जाँदा लाउँथिन् र पुरानो चाहिँ घरधन्दा गर्दा हिउँदको धुलोले ती फरियाहरुलाई च्याङ्लिनमा उति सहयोग गर्न नसके पनि बर्खाको झरीले दिन्हौं त्यसलाई रुझाइरहन्थ्यो

Posted in कविता | Tagged | Leave a comment

कविता : टाशीलिङ

~प्रवीण राई जुमेली~ कुनै एक अकिन्चन आकाशमुनि एक रुमानी बस्ती छ फाइलहरुको. बस्ती- जहाँ बीरे, धने, मनमाया र टाशीहरु कुनै अधिसूचना, स्मारक-पत्र वा प्रस्तावित कानुनहरुमा अनुवाद भएका छन.

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउनोमिक्स

~प्रवीण राई जुमेली~ अभाव आँशु र परिश्रमहरु गाँउमा फुल्छन् यसैले हाम्रा आमा-बाबुहरु पनि गाँउमै बस्छन् सुख त शहरको फँडानीभित्र पर्छ ‘रे गाँउमा उनीहरु यसैले त भुक्तभोगी छन् जुन हिँउदमा महकिन्छ फलेदोको फूल

Posted in कविता | Tagged | Leave a comment

कविता : विसंगति

~प्रवीण राई जुमेली~ पालुवाहरु भएर उम्रिऊँ म उसको वसंतभरि त्यसरी उसले उच्चाएको हुनसक्छ इच्छाका हिमालहरुलाई कुक्कुका रागहरुमा अलापिऊँ म उसको पखेराभरि त्यसरी उसले रोपेकी हुनसक्छ रहरका बिरुवाहरुलाई तर जीवनको कालाहांडीमा नूनको डल्ला बोकेर

Posted in कविता | Tagged | Leave a comment

छोक : बालकपन

~प्रवीण राई जुमेली~ पहिला जस्तै रहेछ त्यो चोरबाटो अचेल पनि बनमाराहरु त्यस्तै पलाउँदा रहेछन् बाटो छेउछाउ केही बुढो भएछ त्यो बोट अम्बकको फल्दो रहेछ पहिला जस्तै अचेल पनि त्यसले

Posted in कविता | Tagged | Leave a comment

Poem : An Apology for the Mistake of Speaking Truth

~Pravin Rai Jumeli~ I said, the fox of time is much shrewd he explained that all these infant-enterprises are only plays further I add, the tall sky is also an illusion

Posted in Poem | Tagged | Leave a comment

कथा : बिन्दुको गाइनोएक्जाइल

~प्रवीण राई जुमेली~ त्यस दिन बिन्दु सुटुक्कै नै ड-सित पसेकी थिई – फुड-कोर्टमा । ढ भने कता छाडियो, त्यो अहिलेको उसको चासो भएन। भनूँ अहिलेको यो क्षण उसले ड-लाई नै समर्पित गरिदिई। तापनि उसको आइफोनमा ढ-को कल घरि-घरि आइरहेथ्यो जसलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : दिनचर्या आफ्नै स्मृतिकथाको

~प्रवीण राई जुमेली~ केही दिन झर्दिनँ उँधोतिर पनि पैयुँका फूलहरु टेक्दै धुम्तिको चप्लेटी ढुँगासम्म टेकाएर बीजगणितका केही प्रस्न घिच्रोमाथि हिंड्दछु मनले पछिल्तिरहरु गफका केही झिटीझाम्टी लिएर सिमलको बोट र त्यसको सियाँल ताप्न जाँदिनँ बितेका केही उत्सव भएर चुहिन जाँदिनँ समृतिहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : घुम्तीमा छेलिँदै जाने दृश्यहरू

~प्रवीण राई जुमेली~ पढिने ऋचाहरू आफ्नै थिए कञ्चनजङ्घाका त्यसको छहारीमा बित्ने समयभरि इतिहासका बग्रेल्ती अलिखित घुम्तीहरूमा दृश्यहरू छेलिँदै जान्थे छेलिँदै जान्छन् दृश्यहरू अझै पनि । किन होला, कञ्चनजङ्घाका ऋचाहरू अब त परिणत भए शोकगीतहरूमा

Posted in कविता | Tagged | Leave a comment