Tag Archives: Pranika Koyu

कविता : छोरा हो!

~प्रणिका कोयु~ स्पर्श, “छेमा तिमीले किन भेष्ट लगाएको?”सोध्ने तिमी मेरो त्यत्तिकै मायालु छोरा हौ जत्ति तिम्रो मामा र ड्याडीकोहौ निषाद, म गएको दिनौं पछि ब्युँझिएको रातमा “खोइ छेमा” भनेर सोध्ने तिमी निषाद, तिमी मेरो प्यारो छोरा हौ

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी प्यारीहरूका लागि हनुमानको खोजी

~प्रणिका कोयु~ योशा, श्रृंखु, मेधु तिमीहरूका फेसबुक बन्द गर कसले-कसले रेखी गर्दैछ तिमीहरूलाई म कस-कसलाई बुझ्न जाअौं? अँ हो म भन्दैछु यो कुरा तिमीहरूकी आमाले जस्तै तिम्री नाना, तिम्रा छेमाले भन्दैछु यी सब

Posted in कविता | Tagged | Leave a comment

कविता : जलाएकै हौ त मेरा सपना?

~प्रणिका कोयु~ मेरा चिम्सा आँखा थेप्चो नाक होचो शरिर के मनपर्यो तिमीलाई मेरो कि बौलायौ तिमी त्यसरी? मेरो हाँसो मेरो बोली मेरो नाईं के बिझायो हँ तिमीलाई

Posted in कविता | Tagged | Leave a comment

कविता : तुहाउ त्यो गर्भ

~प्रणिका कोयु~ “आमा भएर हेर् अनि कुरा गर्” कति सुनें मैले यस्ता कुरा ए घरिघरि त तह लगाउन तिम्रा नानी भन्दा ए त्यसो नभन न, बुझ्छन् त तिनले पछि भन्दा प्रतिउत्तरमा मैले कहिले आमा त कहिले नानीलाई तह लगाएँ हिजोआज … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सिता वाणी

~प्रणिका कोयु~ सिता वाणी सदियौंसम्मको मौनता तोडेकी छु मेरो जिवनगाथा तपाईको जानकारी जाँच्दैछु शिवधनु? राम बलशाली थिए, वा हतियारले लडाकु चिन्यो? कि मैले खुसुक्क थाहा दिए आखिर पूजा त म गर्थें नि दिनानुदिन वनवास? कहाँ दरबारिया किचलोभित्रको बुहार्तन

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रिय धून

~प्रणिका कोयु~ चटकेको चटक कत्ति मनपर्दैन मदारीको बाँदर हैन म मेरो सोचमा दासता छैन मेरो आकाश निर्भिक छ प्रत्येक धडकनमा प्रत्येक नशामा देश, देश, देश गुञ्जिरहन्छ, र त म उज्यालोको चमकमा सपना बाँच्ने मृगतृष्णामा

Posted in कविता | Tagged | Leave a comment

कविता : सोचको भूकम्प र परकम्पन

~प्रणिका कोयु~ कोही घर र पहराहरुसँगै ढले कोही सडक र गराहरुजस्तै चिरिए कोही डरसँग साहस साटी उत्रे सुस्केरालाई सुसेलीमा बदल्न तिमीले चाही के गर्यौ? ए छाँया भन त तिमीले के गर्यौ? ए छाँया तिमीले सोच्यौ आँशु बगाइदिने हो अझै झुत्रे … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : झिल्को

~प्रणिका कोयु~ यो सडकको यो झिल्को आगोको बन्ला के ज्वाला राँकोको? सडकदेखी बस्ती-बस्तीमा सर्वत्र फैलिन्छ के यो बनेर लप्का आगोको? या कतै मोहिनी मन्त्र छम्काउँदा ति हातले निभेर खरानी बन्ने हुन् – विभुत हुन निधारको?

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्द् बन्न नसक्ने सिद्दार्थ गौतम

~प्रणिका कोयु~ विरक्तिएर घर छोडेको सिद्दार्थ गौतम वर्षौंपछि बुद्द बने र एकदिन आफ्नै आँगन आए यशोधराले भिक्षा दिइन् क्षमा दिइनन् बुद्दत्वको उत्तर दिने बुद्द निरूत्तर फर्के विरक्तिएर नै मैले नि देश छोडें वैरागिएको मन नौलो ठाउँमा फकिन्छ कि भनेर नयाँ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हो, म त्यही हुँ

~प्रणिका कोयु~ हो म त्यही हुँ कहाँ-कहाँबाट कसरी-कसरी कुन पला बत्तिएर आउने हावा-हुण्डरीले उडाउने हो म त्यही हुँ असिना नचाहिने चुरचुर भएर चुटिनको निम्ति हो म त्यही हुँ सबैले देख्ने काँच

Posted in कविता | Tagged | Leave a comment

कविता : चियांगमाईमा श्रोंगकानको वर्षा

~प्रणिका कोयु~ आजको यो वर्षामा पानी वर्षेन थोपा-थोपामा न त बन्यो भेल बिजुली चम्के जस्तो आकाश गर्जे जस्तो अनि यस्तोमा, सडकमा म उभिएर ठिङग रमिता बनें

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाको खोजी गर्नेको गुनासो

~प्रणिका कोयु~ “सपना देख्दिन म” भन्छन् अनि सोच्छु “के देख्छौ त?” “निष्पट्ट अन्धकार” एकले भन्यो अन्धकारको रंग हुन्छ त! मैले भनें “कालो त हो नि!” जवाफ आयो अनि कालो रंग हुन्छ त त्यसै? बन्न रंग कालो के के हुनुपर्छ? थाहा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जान देउ नानीलाई शान्तिसँग

~प्रणिका कोयु~ कोही मरे वास्ता हुन्न कोही मरे वास्तैवास्ता आँशु सबैको, सबै किसिमको बग्छ आँशु पिडाको आँशु मायाको आँशु रिसको आँशु डर र लाजको तिम्रो लागि कसले-कसरी-कहाँ-किन बगे तिमीले थाहा पाउन्नौ – आहा कति राम्रो!

Posted in कविता | Tagged | Leave a comment

कविता : एक्लिएर अल्मलिंदै म मरें त्यो दिन

~प्रणिका कोयु~ गते, बार, बजे याद छैन याद छ त यही कि त्यो दिन मेरो सास अड्किएको थियो अविश्वासमा कि घमाइलो बिहानी अँधेरो बन्यो एक्कासी त्यो विरानो देशमा अनि मेरो आतंक सर्यो पिलिक पिलिक मेरा दुइ साथीको इनबक्समा चाल मार्न … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हुन नसक्ने कुरा

~प्रणिका कोयु~ सादा कागजमा तिम्रो नाम लेखें धेरै चोटी मायाले लेखें रीसमा लेखें खुशि-दु:खमा लेखें आशा-निराशा दुवैमा लेखें लेखिरहें यसरी मैले धेरैचोटी सादा कागजमा तिम्रो नाम! आकाशका सबै रंग घामका सबै ताप

Posted in कविता | Tagged | Leave a comment

कविता : धोखा आफ्नैबाट

~प्रणिका कोयु~ “सुन बरी लै सुन बरी लै” काम चोरियो मेरो कस्तो कस्तो तरिकाले श्रमिक मलाई बनाएर अर्कैको नाम राखेर आज के के गरियो मेरो श्रमको उपहास गरियो

Posted in कविता | Tagged | Leave a comment

Poem : Yet Again, I Ask!

~Pranika Koyu~ A muse love wrath what am I? Where should i stand? on the crossroads by the side next to you behind you

Posted in Poem | Tagged | Leave a comment

कविता : रक्सीको मात

~प्रणिका कोयु~ रक्सीको मात? मिठो हुन्छ तिम्रो माया जस्तै आफ्नोपनमा रत्ताउने रक्सीको मात? तितो हुन्छ तिम्रो तिरस्कार जस्तै चुपचाप निल्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : बेनाम तिमीलाई

~प्रणिका कोयु~ म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा जब सम्म सिधै भनिन्दैन्नन ती जब सम्म स्पष्ट सुनिन्दैनन ती म जान्दिन कति कुरा म बुझ्दिन कति कुरा

Posted in कविता | Tagged | Leave a comment

कविता : होइन म आमा कसैकी!

~प्रणिका कोयु~ कसले भन्यो म मान्छे हुँ ? तिमीले भन्यौ म छोरी हुँ – अर्काको घर जाने हुन्छ भनें घरधन्दा सिकें गाईवस्तुलाई झैं गोठ सारिदियौ म गएँ लुरूक्क तिलहरीको पासोमा बाँधिएर उसले भन्यो तँ स्वास्नी होस् – मैले तेरो जिम्मा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पहिले/अहिले

~प्रणिका कोयु~ हाँसो उठ्दैछ सरकार म हाँसौ है हजूर? सानो स्वरमा? हुन्छ हजूर, म खुसुक्क ङि्च्च हाँस्नेछु प्रभू, आँखा पिरो भयो मन गाँठो पर्यो हजूर रूने आज्ञा पाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : शुक्रकिटको “प्रेम”

~प्रणिका कोयु~ सबैले सोध्दैछन् आखिर को परेछ त्यो शक्ति जसले आफ्नो मनको जलन देखेछ एसिडमा र सारेछ आफ्नो जलन उनको अनुहारमा सबैले सोध्दैछन् आखिर को रहेछ त्यो लाखे जसले कौशल देखाउँछ जात्रामा तर किन हो यो जात्रा “जात्रा” बनेछ – … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नाईं गर्दिन के!

~प्रणिका कोयु~ “प्रणिका, उमेर भयो त! डाँडा काट्दैछ है वैंशले लौ तिमी पनि” यही भन्थे, भन्छन् उनीहरू र म सुनिदिन्छु हाँसो, उदेक, वेवास्ता र झर्काईकासाथ भनिदिन्छु पनि छैन हो बिहे गर्ने रहर मलाई, अँ सोच्दैछु, गरौंला नि, के छ र … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : के दिवस रे?

~प्रणिका कोयु~ हरेएएएएएएएएए शिव! तिम्रो भागमा नि रहेछ एक दिन! थाहा थिएन हर्ष न विस्मात है मलाई त किनकि म कहाँ तिमी आउने पल बेटुंगो कहिले गुडिरहेको गाडीमा कहिले खाइरहँदा मेरो थकानमा

Posted in कविता | Tagged | Leave a comment

कविता : चटके र हाम्रो नाच

~प्रणिका कोयु~ चटके रूख, घाम, तारामा छ हलो, गाई, हँसियामा छ सबै रंग त्यसका सबैमा छ सबभन्दा बढी त्यसको निख्खर कालो अनुहारमा छ चटके मिठो बोल्छ नमस्ते गर्छ खान्छ, नाच्छ, हिंड्छ सुत्छ र सुताउँछ पनि

Posted in कविता | Tagged | Leave a comment

Poem : rhyme a rule

~Pranika Koyu~ s for shadow(s) s for silence g for grief d for defeaning my own alphabet rhymes rules I loathed

Posted in Poem | Tagged | Leave a comment

Poem : The little girl

~Pranika Koyu~ Mama in the labyrinths of your heart a little girl softly treads mama in the labyrinths of your heart solace she seeks to lull into sleep

Posted in Poem | Tagged | Leave a comment

कविता : गतिछाडा आइमाई

~प्रणिका कोयु~ “तँलाई,यसरी नै पुगोस् यही हेर्न पाउँ” यो आशिर्वाद होइन आक्रोश हुन् मेरा जानीफकारका म झर्कन्छु, रिसाउँछु, कराउँछु खाना खाँदा मुन्टो निहुराउँदिन (उनिहरूले जस्तो) ठाडो शिर पारेर हातलाई नै तन्काएर मुख भित्र गाँस लाउँछु

Posted in कविता | Tagged | Leave a comment