Tag Archives: प्रवीण खालिङ – Prabin Khaling

Translated Poem : Third Village

~Prabin Khaling~ Translation : Dweep Mustang Still have to wait for Relief determined destiny drenched by politics in poverty ridden Somalia echoing the refrain of insufficiency. Rather, earthquake should occur? Relief would have been chock-a-block, securing a one-time meal for … Continue reading

Posted in Translated Poem | Tagged , | Leave a comment

कविता : झरी

~प्रवीण खालिङ~ छाता भुलेछु तिमीसितै ओतिन्छु तिमी आधा भिज म आधा नभिजेको आधा आधा एक हुन्छ यो झरीले कति मन छुन्छ। बाँच्नलाई निहुँ चाहिन्छ त्यसैले झरीमा छाता भुल्छु

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउको अन्तरा

~प्रवीण खालिङ~ गाँउको धारामा संगीत बज्छ पँधेराबाट दिन उँदाउछ घरको घुरीले बादल जन्माएपछि गाँउमा बिहान हुन्छ अनि नागबेली गोरेटाहरू भएर गाँउ शहर पस्छ दुधको साइत बोकेर महलहरूमा पस्छ गाँउले हरेक बिहान शहरलाई बिउँझाउछ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नार्कोटिक्स गाउँ

~प्रवीण खालिङ~ यो बर्खादेखि धाराको पानी सुक्यो खोल्सामा मूल फुटेन धनमानले पनि खेत जोतेन। अनौ समात्ने हातले झण्डा समातेपछि गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर। माटोको गन्धले मस्त हुने गाउँ

Posted in कविता | Tagged | Leave a comment

कविता : गाँउको कुरा

~प्रवीण खालिङ~ अचेल गाँउ भुसुक्कै निदाइ पठाउँछ झिसमिसेमा उठ्ने बानी हरायो गाँउमा भालेको डाकमा उठ्ने क्रम टुट्दैछ अचेल गाँउ नारा र झण्डा बोकेर शहरतिर कुद्दै छ। *** अबेरसम्म सुत्छ गाँउ शीताम्मे गोरेटो भएर एका बिहानै शहर पस्छ गाँउ

Posted in कविता | Tagged | Leave a comment

कविता : माटोको गन्ध

~प्रवीण खालिङ~ मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि उनको हजुरबाको विर्ता मौलिएको हो उसरी नै मेरो बाले यही माटोमा जीवनको पानी नउम्रने बाँझोमा अरूले शीत ठान्ने पसिना भए अरूले रीत ठान्न असिना सहे। बाकै पौरखले देश हिँड्ने भयो बाकै पसिनाले देश धान … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो याद आइरह्यो

~प्रवीण खालिङ~ तिमी घुम्तिदेखि उता गएपछि सम्झना मात्रै राख्न सकें बाटो भरि पैयुँको फुलहरूमा माया हाँसिरह्यो सारंगीले मुटु रेटेको धुन गाइरह्यो साँच्चै तिम्रो याद आइरह्यो। हिमालको मुन्तिर उभिएर खाएको कसम

Posted in कविता | Tagged | Leave a comment

कविता : रूम्तेककी सोनाम

~प्रवीण खालिङ~ सोनाम हिमालकी छोरी तिम्रो आँगनमा न्यानो घाम छामेर उभिएको छु, धान फलेको तरेली-तरेली गह्राहरू सुनको सपना लागेका छन्। 0 0 0 0 हो सोनाम तिमी एका बिहानै उठेर विश्व शान्तिको प्रे ह्वील घुमाउछ्यौं

Posted in कविता | Tagged | Leave a comment

कविता : तेस्रो गाउँ

~प्रवीण खालिङ~ अझै पनि साहुलियत पर्खिबस्नुपर्छ भिजेल पोल्टिक्सले निर्धारित भाग्य अभावको सोमालियामा अपुगको टुमटुम बाँच्छ। बरू भुँइचालो जानुनी राहत ओखाइ पोखाइ हुन्थो, एक पेट भरिन्थ्यो वीरमानको दिवास्वप्न बोल्छ। फायलमा बनिएको सटक भएर कलेज सकेकी छोरी आइपुग्छे ब्युटीपार्लर चलाउने योजना लिएर।

Posted in कविता | Tagged | Leave a comment

कविता : चुपचाप

~प्रवीण खालिङ~ स्सस्स्स्स्स…… हल्ला नगर अहिले सबैको मन सुतेको छ तिम्रो सानो हल्लाले बिउँझन सक्छ, उसको चेतना चेतना ब्युँझियो भने यसले के के विगार्छ थाहा हुँदैन के के ढाल्नसक्छ पैह्रो जान सक्छ, आसन जानसक्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : माचिस र छेपारो

~प्रवीण खालिङ~ ऐना फुटे जस्तो चर्को जिन्दावादले बस्तीको निन्द्रा डिस्टर्ब भएपछि गॉंउले सिरानीमा राखेको माचिस छाम्छ। थाहा छ, आगोको बिउ जोगाउन कति साह्रो छ ? उ सतर्क छ विजय जुलुसको झरीमा

Posted in कविता | Tagged | 1 Comment

कविता : अचेल साइरन बजेको छैन

~प्रवीण खालिङ~ आजभोलि आमाहरू वोतलमा फिक्का चिया भर्दैनन् मुखको गाँस घाँटीमै राखेर संघर्षको तयारीमा लागेका छैनन् अचेल साइरन बजेको छैन। कुनै हप्ता नागा हुने त्रास छैन हक छुट्टीको लोभ पनि छैन मुनाहरू त्यस्सै हुर्किन्दैछ सुस्ताएरै विहान बित्छ, टोलाएरै दिन

Posted in कविता | Tagged | Leave a comment

Poem : Story of a Village

~Prabin Khaling~ Now a Day, villages somber in deep sleep Habit of waking in the dawn has been forgotten Walking with the rosters call has been interrupted Now a day, villages run to the cities with flags and slogans.

Posted in Poem | Tagged | Leave a comment