Tag Archives: Nischal Kaucha

कविता : बुख्याचा देश

~निश्चल काउचा~ तन्त्र फेरियो श्रीपेच फालियो ढाका टोपी ढल्काउने थुप्रै राजा जन्मिए सुनौलो बिहानीको आगमन भएन कन्दरा र पखेरीहरुमा ओलाङ्चुङ गोलाको लुङ्गालाई आफू नेपाली भएको प्रमाणित गर्न आउन हप्ता दिन लाग्छ

Posted in कविता | Tagged | Leave a comment

गीत : मेरो पछयौरी!

~निश्चल काउचा~ साउने सिमसिम झरीले कान्छा भिज्यो मेरो पछयौरी! आजभोली लाग्दैन बाडुल्की कतै मलाई भूलीसक्यौकी !! नलाउनु रैछ टाढाको माया भेटघाट हुन गाह्रो भो ! पल पल याद आईरहने मन बुझाउन साह्रो भो !!

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : बेबारिसे ढलेका स्तम्भहरु

~निश्चल काउचा~ बर्सौ देखी बेबारिसे ढलेका सिमा स्तम्भहरु फेरी उठाउने कर्तब्य कस्को? दायित्व कस्को? जिम्मेवारी कस्को? ढलेका स्तम्भहरु भन्छन् हामी आफै ढलेका होईनौ

Posted in कविता | Tagged | Leave a comment

कविता : हरिया झिंगाहरु

~निश्चल काउचा~ सुन्दर शान्त नेपाल कुनै दिन थियो होला आजकल सधैंको कचिंगल हरिया झिंगाहरुको बेमौसमी समागम छुट्टाउन गार्हो भो ईस्त्रिलिंग की पुलिंग

Posted in कविता | Tagged | Leave a comment

गीत : बिचैमा हरायो जीवन

~निश्चल काउचा~ उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन ! बेदनाको रापमा जल्दा जल्दै खरानी भो मन!! पर्खाईको चुलेसीमा रेटी रहे तिमी आईनौ ! आधी चल्छ हुरी चल्छ यो मन्मा तिमी कहाँ गयौ!! उल्कासरी खस्दा खस्दै बिचैमा हरायो जीवन !

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : सारी दिउकी!

~निश्चल काउचा~ तिम्रो दिलमा पनि पिरतीको बोट सारी दिउकी! मलाई जस्तै भोक निन्द्रा नलाग्ने रोग सारी दिउकी!! दोबटोमा भेट हुँदा नबोलेनी परेलीले बोलायो ! पधेरीमा हाम्रै चर्चा चल्यो लौन कस्ले हल्ला चलायो!! तिम्रो दिलमा पनि पिरतीको बोट सारी दिउकी !

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : बन्द

~निश्चल काउचा~ रात भरि भारी बर्षा भए पनि बिहान आकाश खुलेको छैन फेरी पानी पर्ला जस्तो छ ! आज त नेपाल बन्द रे सुन्तली बिहानै गनगनाइ आज के खाने होला केही छैन ! साईलाले गोजीबाट २० रुपया झिकेर दियो ! … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : तटस्थ

~निश्चल काउचा~ विवाह भएको बर्सौ सम्म पनि सन्तान नभए पछि दुबै जनाले सल्लाह गरेर एकदिन डक्टरलाई देखाउन गएछन ! डक्टरले सबै कुरा सोधे पछि अन्तिममा श्रीमतीलाई सोधेछ :- हजुरको श्रीमानले समयमा काम गर्नु हुन्न कि क्या हो? श्रीमतीले भनिन : … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

गीत : आफैलाई खोजीरहेछु

~निश्चल काउचा~ मनको कुना काप्चा आफैलाई खोजीरहेछु ! भेटिन कतै आफ्नै आँखाबाट झरीरहेछु !! जति झरे पनि साथ दिने एउतै आँशु भो! खुशी सबै बसाई सरे उदासी नै साथी भो !! मनको कुना काप्चा आफैलाई खोजीरहेछु !

Posted in कविता | Tagged | Leave a comment

गजल : तिम्रो लागि जहर भयो !

~निश्चल काउचा~ अमृत जस्तो मेरो माया ,तिम्रो लागि जहर भयो ! बाँचा थियो सागर पुग्ने, छुट्टीएर नहर भयो !! पँक्षी सरी गगनमा उर्डै, मायाको बस्ती बसायौ ! त्यहि बस्ती आज, तिम्रो लागि बिरानो शहर भयो !!

Posted in गजल | Tagged | Leave a comment

कविता : लाहुरे

~निश्चल काउचा~ हिमालको काखमा ! सानो झुपडी छ । त्यहि छ , मेरो , सानो संसार ! म सानो छदा ! बाजेले भन्नु हुन्थ्यो ! धेरै पदनु पर्छ । हामीले नपदेर धेरै दु:ख पायौ ।

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : बोक्सी

~निश्चल काउचा~ ७० दशक पार गरेकी मसिनीदेवीको पाटी र खरीले बारेको झिगटीले छाएको सानो झुप्रो छ । उनको सम्पत्तिको नाममा त्यहि एउटा झुप्रो हो । १४ बर्ष मै उनको बिहे भएको थियो । बिहे पछि उनको २ वटा लालाबाला पनि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : युग बोल्छ

~निश्चल काउचा~ मस्तिष्क भरि योनीको स्केच कोरेर सुकोमल स्तन सुमसुमाएको सपना देख्दै स्खलित हुनेहरू बेमौसमी रासलिला मच्चाउदै ट्वार ट्वार गर्दैमा ए भ्यागुताहरू हो अब , यहाँ बर्षा हुदैन । तिमीहरूको खबरदारीले

Posted in कविता | Tagged | Leave a comment

लघुकथा : श्रीपेच र ढाका टोपी

~निश्चल काउचा~ म एक हप्ता अघि भृकुटीमण्डपको पुस्तक प्रदशनी मेलामा पुस्तक अबलोकन गर्दै थिए । केही मन परेका पुस्तकहरु किन्ने सोचाईमा थिए । प्रदशनी हल भित्र छिरेको बिस मिनेट पनि भएको थिएन । बन्दुक भिरेका बर्दिदारीहरु आएर हलबाट निस्कने उर्दी … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : देश बोक्ने काधहरु

~निश्चल काउचा~ देश बोक्ने काधहरु देखिन मैले यहा कतै धुवै धुवा देखे मैले जव म उठे सवेरै राज चलाउने सबै रैछन लुच्चा र लम्पट देशलाई बनाएछन भालुको कम्पट

Posted in कविता | Tagged | Leave a comment

कविता : सालिक र देश

~निश्चल काउचा~ चकमन्न अध्याँरोमा चित्-चित् एकोहोरो छेपारोको कराई हाम्रो बज्यै भन्नु हुन्थ्यो जव रातमा छेपारोलाई जाडो हुन्छ बिहान भयो भने म घर बनाउछु भन्दै कराउछ रे जव बिहान हुन्छ न्यानो घाम लाग्छ चेपारो पारिलो घाममा भुसुक्क निदाउछ फेरी उही कथा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मुर्खहरुको देश

~निश्चल काउचा~ चरम बलत्कारको शिकार भई अर्धचेतन अवस्था लडिरहेको सडक टायरको कालो मुस्लो धुँवातिर हेर्दै बर्बराएको सुनिन्छ । ए मुर्खहरू ! आफ्नै सन्ततीको भबिष्य किन अन्धाकार बनाउदैछौ ? बलत्कारीहरू सगरमाथा शिर चुमे सरि अट्टाहास हाँसो हाँस्दैछन ।

Posted in कविता | Tagged | Leave a comment

कथा : मिस एलिजा

~निश्चल काउचा~ ‘नेपाल’,नाम सुन्न बित्तिकै । उनले भनिन । ‘ए नेपाल हिमालय, सगरमाथाको देश’ मैले गर्वले छाती फुलाउदै ‘हो’भने उनी अर्थात मिस एलिजा स्विजरल्याण्डबाट पदन कोरिया आएकी । ‘तिमी पनि पदन आएका हौ’? उनको प्रश्न तेर्सियो मतिर । ‘होईन’ म … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : चोमोलुङ्गमाको छाती

~निश्चल काउचा~ बुद्ध हराएको मुलुकमा सित युद्ध चलिरहदा प्रोथाहरुमा तुषारापात भैरहनेछ देवढुङ्गा / चोमोलुङ्गमाको छातीमा फक्रेको हिउ फुल ओईलिरहनेछन यो कस्तो चक्रब्युह हो स्वाभिमान तिलाञ्जली दिएर दक्षिणी हावासँग परेड खेल्दै

Posted in कविता | Tagged | Leave a comment

गजल : बाँकी रहेछ

~निश्चल काउचा~ जिन्दगीमा अझ धेरै जँघार तर्न बाँकी रहेछ त्यो भन्दा पनि ठुलो कुरा अझै मर्न बाँकी रहेछ निरन्तर हिडिरहेछु जिन्दगीका उकालीहरू अझ धेरै जिन्दगीका ओराली झर्न बाँकी रहेछ

Posted in गजल | Tagged | Leave a comment

गजल : नाम सर्वहारा

~निश्चल काउचा~ वास सयल महलको , सयर पजेरोको ,नाम सर्वहारा जुन जोगी आएनी कानै चिरेका , सबै दल हुन जन्ता मारा निर्वाचन सकियो ,लाग्नु पर्ने संबिधान लेख्न , फेरी पुरानै सत्ता लिप्साको नौटङकी रच्दै छौ रे, के हो नेता ज्यु … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : उ उर्फ ………

~निश्चल काउचा~ खोल्सीहरू रसाउन छोडे पछि अभावमा पुर्णेको उज्यालोले गाऊ पोत्न नसके पछि आफ्नै माटोको स्‍मृति पेरुङ्गे मनमा सम्हाल्दै पिरहरूको पहाड उक्लिदै शहर पस्यो उ

Posted in कविता | Tagged | Leave a comment

कविता : जुनकिरी

~निश्चल काउचा~ जुनकिरी हुँ म मलाई चन्द्रमा मन पर्दैन जुन अर्काको उज्याँलोमा चम्किन्छ जुनको प्रकाश बादलले छेक्न सक्छ औशीले लुकाउन सक्छ म स्वतन्त्र छु जता पनि उडन सक्छु मेरो उज्याँलोले भ्यागुताहरु तर्सन्छन्

Posted in कविता | Tagged | Leave a comment

कविता : बेबारिसे देशको किर्ते मनुवा म

~निश्चल काउचा~ सिमा स्तम्भहरु मेरै छात्तीमा ढाल्दा जुगौ देखी पुर्खाको रगत ,पसिनाले सिञ्चेको लाजपुर्जा बिहान उठदा किर्ते हुँदै सप्तकोशीमा बग्छ आफ्नै आखाबाट बगेको सप्तकोशीको पानी म अञ्जुलीले उघाउन सक्तिन बेबारिसे देशको किर्ते मनुवा म अस्रुधारा आशु बगाउदै

Posted in कविता | Tagged | Leave a comment

कविता : आयातित र प्रायोजित सपनाहरु

~निश्चल काउचा~ अचेल मान्छेहरू भन्छन मान्छेका सपनाहरू पुरापुर आयातित र प्रायोजित छन् कसैले भन्छन दक्षिणी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् उत्तरी बायुबाट आयातित र प्रायोजित छ कसैले भन्छन् पश्चिमी बायुबाट आयातित र प्रायोजित छ मान्छेहरू सपनाका पहाड उक्लिदा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समय

~निश्चल काउचा~ समय आफ्नै गतिमा दौडिरहेछ सेकेण्ड, मिनेट , घण्टा गर्दै पात्रोका पानाहरु पल्टाउदै दिन , महिना , वर्ष बितेको गनिरहेछु म भ्रममा बाचिरहेछु आफ्नै आयु घर्कीरहेको हिसाब गर्न भुलिरहेछु समय परिबर्तनशिल छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार मलाई नुन दिनुस्

~निश्चल काउचा~ सरकारको महल पनि मुगुतिरै हुदो हो त नुनै घुस खान्थे होला छोरीको बिहेमा नुनै दाईजो दिन्थे होला छोराको बिहेमा नुनै दाईजो माग्थे होला सरकारको महलतिर तीस रुपैयामा एक किलो नुन पाईन्छ रे सरकारलाई मुगुमा एक किलो नुनको भाउ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : गर्वेको आमा

~निश्चल काउचा~ हलिया नारायण रेगिस्तान भासियो जमिनदारको घरमा २० बर्ष हलिया बसेर उही साहुसँग सय कडा पाँचमा ब्याज लिएर गर्थ्यो काम शेखको पचास तले भवन बनाउने निष्ठुरी दैव एक साझ निदाएको उ कहिल्यै नब्युझने गरि निदायो

Posted in कविता | Tagged | Leave a comment

कविता : मबाट कविता लेखिदैन

~निश्चल काउचा~ मबाट कविता लेखिदैन देश दुखे पछि कविताबाट म लेखिदो रहेछु गणतन्त्रको कलिलो आगनमा उभिएर हेरिरहेछु मेरो देश बुद्धका आँखामा श्यामश्वेत धरहराको टुप्पोमा कठै सगरमाथाको हिउ फुल झरिसकेछ देखेथे लार्भाबाट रंगिन पुतली बनेको

Posted in कविता | Tagged | Leave a comment

कविता : सपनाका रंगहरु

~निश्चल काउचा~ चपस्टिकले दुई गास भात निल्दै एक मुठी सास झुण्डयाउदै सुनौलो भविष्यको सपना खिपिरहेको हुन्छु म यतै -कतै गाई गोठहरुमा बंगुर खोरहरुमा टनेल हाउसहरुमा मन्द बिष युक्त कारखानाहरुमा घाम निदाए पछि संबेदनाहिन निष्पट अँध्यारो रातमा

Posted in कविता | Tagged | Leave a comment

कथा : बदलिएको आकृति

~निश्चल काउचा~ मलाई चुरोटको धूँवा भनेपछि पटक्कै मन नपर्ने । सूर्य चुरोटको धूँवा उडाउँदै मेरो कुईनामा आफ्नो छाती ठोस्दै सिक्नेचरले भरिएको गिलास उचाल्दै आकृतिले भनिन् । ‘चियर्स’ मैले मन नलागी नलागी भरि गिलास उठाए र ‘चियर्स’ भनेँ । उतापट्टि जगल्टेले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment