Tag Archives: नीर शाह – Nir Shah

युगल गीत : आँखैमा कसैको तस्बिर बसेछ

~नीर शाह~ केटी : आँखैमा कसैको तस्बिर बसेछ x2 केटा तस्बिर बनेकोछ मायाको नमेटिने रङ्गले केटी यो मन त कसैको रूपमा फसेछ केटा यो मन त कसैको रूपमा फसेछ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पर्खिबसें आउला भनी

~नीर शाह~ पर्खिबसें आउला भनी मेरो उठ्ने पालो कुर्दा कुर्दा जिन्दगी नै भइगएछ कालो वारीपारी अँध्यारो छ आँखा खोली हेर्दा अँध्यारो नै देखिन्छ नि आँखा चिम्ली हेर्दा आफ्नै छायाँ आफैंसँग भागी हिंड्न थाल्यो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : प्रेमको माला

~नीर शाह~ प्रेमको माला पहिराइदिएँ सम्हाली राख यसलाई नओइलिने फूलको माला हो यो संगाली राख यसलाई तिमी मेरो जीवनको उज्यालो हौ म सधैं तिम्रो साथ रहन्छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : हिउँभन्दा चिसो आगोभन्दा तातो

~नीर शाह~ हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो माया रैछ रगतभन्दा रातो यो साइनोले मुटुमा लै लै गाडिसक्यो जरो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहाँ छ तिम्रो र मेरो

~नीर शाह~ कहाँ छ तिम्रो र मेरो मिलनको बिन्दु जब कि तिमीलाई टेक्न सुनको भूईं छ मलाई ओत लाग्ने ठाउँसम्म छैन बिचका यी पर्दा र पर्खालहरू च्यातिनु पर्छ भत्किनु पर्छ तर यी सब यो जुनीमा सम्भव नै छैन

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : कहिलेकाहीं म हाँस्छु

~नीर शाह~ कहिलेकाहीं म हाँस्छु धेरै बेर हाँस्छु जो हाँसिरहेछन् केवल उनीहरु माझ हाँस्छु न त कहिले कसैले सोधे न त मैले कसैलाई सुनाएँ आफ्नो जीवनका पीडाहरुलाई कहिलेकाहीं रिसाउँछु आगो भई रिसाउँछु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल

~नीर शाह~ प्रकृतिको खानी दाजै सधैं हराभरा हिमालको काखमा छ हाम्रो पोखरा तिमीसँग डुङ्गामा घुम्दाघुम्दै फेवाताल नसोध कस्तो भयो होला मेरो दिलको हाल

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : यो साँझ यो सुवास

~नीर शाह~ यो साँझ यो सुवास यो खुसीले रमाएको मन यो गीत यो संगीत दिलभित्र उठेको उमंग म भन्छु मायालु यो पिरतीको खेल हो कल्पनाको रहर चल्छ मनै मनमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गहिराइमा डुब्दै नडुब

~नीर शाह~ गहिराइमा डुब्दै नडुब डुबिसकेको छौ भने मोती नटिपी नफर्क पन्छिएर हैन गहिरिएर जाऊ जीवनलाई बुझ्ने रहर छ भने कि त लुकेर बस मृत्यु कुरेर

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : बादल बनाइदेऊ

~नीर शाह~ बादल बनाइदेऊ आकार बदल्न सकुँ क्षमता दिलाइदेऊ जिउँदै म जल्न सकुँ जाऊँ कसरी जाऊँ आफ्नै लाशको मलामी चूपचाप सहूँ कसरी आफ्नै बदनामी सस्तो बनाइदेऊ बजारमा चल्न सकुँ

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : पसिनाको जलैले

~नीर शाह~ पसिनाको जलैले, मेहनतको मलैले हामी आफ्नो भाग्य लेख्छौं, आफ्नो पाखुराको बलैले हिमाली रगत नेपाली मुटु बाँच्नु पर्दैन कहिले जालै र छलैले

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आगो देखे आगो बन्ने

~नीर शाह~ आगो देखे आगो बन्ने पानी देखे पानी बन्ने मलाई यस्तो अस्थीर मन नदेऊ धेरै धेरै चोट लाग्ने तिमीले कोमल भनिरहेका मलाई यस्तो स्पन्दन नदेऊ भावनालाई दुर्भावको तुँवालोले ढाक्छ भन्छन् मनको बह मनमै रहे नराम्ररी पाच्छ भन्छन् मिरमिरेको तिम्रो … Continue reading

Posted in नेपाली गीत | Tagged | Leave a comment