Tag Archives: Nabin Acharya ‘Letange’

गजल : नओडनु है काली

~नविन आचार्य ‘लेटांगे’~ पराइको घुम्टो तिमी, नओडनु है काली भुलेरनी अन्तै नाता, नजोडनु है काली उतार चडाब जिन्दगीको, रित नै हो बुझ दुख पर्दा मेरो साथ, नछोडनु है काली

Posted in गजल | Tagged | Leave a comment

गजल : बाटै भरि फूल छर्छन्

~नविन आचार्य ‘लेटांगे’~ पै’ले आफ्नो बनाउन , बाटै भरि फूल छर्छन् तृप्ति मनको मेटिएसी , भमरा झैँ बसाँई सर्छन् जब जब निस्ठुरीलाई,भुल्न भनि ‘गजल’ लेख्छु थाहै नपाई पाना भरि , सम्झनाका मोती झर्छन्

Posted in गजल | Tagged | Leave a comment

नविन आचार्य ‘लेटांगे’का छ मुक्तकहरु

~नविन आचार्य ‘लेटांगे’~ सानु सङ्ग कुरा गर्दै , बिताएका केहि पल मायाका ति सौगातहरु, पठाएका केहि पल सम्झनामा अझै पनि, ताजा बनि बसेको छ प्रेमिल कुरा गरी गरी, मुस्काएका केहि पल पागल सरि भा’छु अचेल,एक्लै जिउन नसकेर पीडा बढ्दै गा’छ … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

गजल : साथ नमाग न

~नविन आचार्य ‘लेटांगे’~ म आफु नै अपांग छु , साथ नमाग न यो बदनामै भै सकेको , जात नमाग न अँध्यारोमै बित्ने गर्छन्,मेरा सबै पल् खुशी भर्ने जिन्दगीका , रात नमाग न

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी मेरी भएको रात

~नविन आचार्य ‘लेटांगे’~ धेरै सवाल हुन्छ होला , तिमी मेरी भएको रात साँच्चै बबाल हुन्छ होला,तिमी मेरी भएको रात कहाँ राख्छु तिम्रो माया , कहाँ कहाँ सजाउँछु कस्तो पो हाल हुन्छ होला,तिमी मेरी भएको रात

Posted in गजल | Tagged | Leave a comment

गजल : कहाँ सके मैले

~नविन आचार्य ‘लेटांगे’~ विष छरेर गयौ तिमी , फुल्न कहाँ सके मैले अन्धकारमा डुब्यो जीवन,खुल्न कहाँ सके मैले बिर्सन्छुकी भनी तिम्लाई,गजल लेख्न सुरु गरे बहर भरी छा’यौ तिमी , भुल्न कहाँ सके मैले

Posted in गजल | Tagged | Leave a comment

गजल : धोकेर बस्या छु

~नविन आचार्य ‘लेटांगे’~ प्रियाको यादमा सराबी बोतल,धोकेर बस्या छु मर्दैछु चाँडै रगत को छिल्का, खोकेर बस्या छु सुन्दैछु उनी म सङ्ग कुरा , गर्दिन भन्छिन रे म भने उनी भेट्नलाई सास , रोकेर बस्या छु

Posted in गजल | Tagged | Leave a comment

रुबाई : मागेर रुवाई दियौ

~नविन आचार्य ‘लेटांगे’~ तार चुडेसी सारङ्गीको, धुन मागेर रुवाई दियौ कोरा भित्र बस्या बेला , नुन मागेर रुवाई दियौ सताउनुको पनि एउटा , सिमा हुन्छ मेरी सानु

Posted in रुबाई | Tagged | Leave a comment

गजल : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है ति नयनमा अश्रुधारा , छुटाएँ भने माफ गर है कै’ले काँही आँफैलाईनी, छल्नु पर्दो रै’छ सानु बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है

Posted in गजल | Tagged | Leave a comment

रुबाई : बाध्यता छ जिन्दगीमा

~नविन आचार्य ‘लेटांगे’~ तिम्लाई भुली जिउनु पर्ने,बाध्यता छ जिन्दगीमा पिडा बिचमा खिउनु पर्ने, बाध्यता छ जिन्दगीमा प्यार अनि परिवारको , दोसाँधै मा फस्दाँ आज

Posted in रुबाई | Tagged | Leave a comment

रुबाई : बन्न सक्दिन म

~नविन आचार्य ‘लेटांगे’~ भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?

Posted in रुबाई | Tagged | Leave a comment

गजल : बित्छ मेरो दशैँ तिहार

~नविन आचार्य ‘लेटांगे’~ टेलीफोनमै टिका थापी,बित्छ मेरो दशैँ तिहार सम्झना ले मुटु चापी , बित्छ मेरो दशैँ तिहार उनको यादले हृदयमा,सुनामी छाल चलाउँदा सिरानी मा व्यथा खापी,बित्छ मेरो दशैँ तिहार

Posted in गजल | Tagged | Leave a comment

गजल : आओस दशैँ

~नविन आचार्य ‘लेटांगे’~ बाटो झोढेर , आओस दशैँ माटो गोडेर , आओस दशैँ सबैको घरमा,समान रुपले आटो जोडेर , आओस दशैँ

Posted in गजल | Tagged | Leave a comment

गजल : चोट दिएर रमाउने

~नविन आचार्य ‘लेटांगे’~ धेरै भेटे , निर्दइ हरु , चोट दिएर , रमाउने हातमा गुलाव , थमाएर , पिठमा छुरी , धसाउने आशाको दिप,हातमा बाली,जस्लाई कुरी,जीन्दगी भर उसैको खत , आयो आज , अन्तै घरबार , सजाउने

Posted in गजल | Tagged | Leave a comment

रुबाई : माफ गर है

~नविन आचार्य ‘लेटांगे’~ अन्जानैमा तिम्रो चित्त, दुखाएँ भने माफ गर है बाध्यतामा केहि कुरा, लुकाएँ भने माफ गर है वाचा भयो तिमीलाई, साथ छोड्दीन कहिलेनी

Posted in रुबाई | Tagged | Leave a comment

गजल : ढालिदिए आज मैले

~नविन आचार्य ‘लेटांगे’~ देउता बस्ने मठ मन्दिरै, ढालिदिए आज मैले तिमि बस्ने मुटु झिकी , फालिदिए आज मैले एउटा मात्र हातले ताली , नबज्ने नै भए पछि चोखो माया भङ्गालोमा, हालिदिए आज मैले

Posted in गजल | Tagged | Leave a comment