Tag Archives: Muktan Theba

कविता : सभ्यताको बाह्रखरी

~मुक्तान थेबा~ तिमीले मेटाउन नसकेको बाँकी केही त अवश्य छुटेकै छ मित्र !खोरको माउ तान्न आउने बाघको गर्दन छप्काउने बाघसिङ आँखेको– खुकुरी छ मसँग । खुसुखुसु करेसाको पिँडालु चोर्न आउने वनसुँगुरको भाले ढाल्न आप्पाले दर्जन थाप्ने गरेको– जोरनाले छ मसँग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : म्हाबरको कार्साङले धोका खाँदैन

~मुक्तान थेबा~ तिमी लक्ष्मी मानेर दौलतको भिख माग या माता मानेर ढोग त्यो तिम्रो मनुले अह्राएको गरे हुन्छ म मेरो आख्खेले सुम्पेको रिति समात्छु आख्खेले त लुकिलुकि ढाल्नु भो म ढाल्छु- खुल्ला चौरिमा तिमी मलाई पापी भन्छौ होला भन राक्षस … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : अनागरिक

~मुक्तान थेबा~ यो सिङ्गै आकाश ओढ्छु धर्ती ओछ्याउँछु र, एक ढोक्रो सपनाको शिरानी लाएर निस्फिक्री निदाउँछु- एउटा अनागरिक निन्द्रा ! हो, म अनागरिक हुँ यो राज्यको अबैध गर्भबाट जन्मिएको न्वारनबिनाको एउटा अनाम मान्छे हुँ

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा फरक यात्रा

~मुक्तान थेबा~ लु हो……..च्याङ्बा ! यो त हुँदै भएन……….. किन बोकिरहन्छौ च्याङ्बा तिम्रै आयु मागिरहेको पुरातन झोला र, बनिरहेछौ झोले ? त्यही झोलाले किच्चिँदा तिम्रो कति म्हेमेहरुले आधाबाटोमा आफ्नै सपनाहरुको मलामी बन्नुपर्‍यो हिसाब छ च्याङ्ब तिमीसित? त्यही हत्यारा झोलाको सामु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : हेरुँला, कसले कसलाई लुट्दो रहेछ

~मुक्तान थेबा~ हिलो लत्पत्तिएको यो जिन्दगी हिले पछारे झैँ पाखामा पछारेर आएकी हुँ के लाग्छ तिम्लाई? के म यत्तिकैमा सिद्धिन्छु ? सम्भव छैन त्यसो हुन कसौँडी तोडेर उछिट्टिएको वागी दाना हुँ- म तिम्ले थापेको ढडिया प्वाल पारेर उम्किन जनेकी छु … Continue reading

Posted in कविता | Tagged | Leave a comment