Tag Archives: Mira Prasai Sharma

कविता : मेरो बा

~मीरा प्रसाईं~ ‘बा !’ आमाले जस्तो गर्भमा बोकेनौ तिमीले आमाले जस्तो प्रसव पीडा सहेनौ तिमिले म दुख्दा, आमाले जस्तो बर्बरी आँसु झारेनौ तिमीले मेरो अघि पछि लागेर `मेरि प्यारी गुडिया´ भन्दै छातीमा टासेनौ तिमीले, `बा´ तिमीले गर्भाशयको गर्भमा बोक्न सकेनौ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : भ्रमको बाटो

~मीरा प्रसाईं~ एकदिन फेसबुक चलाइरहेका बेला एउटा फ्रेन्ड रिक्वेस्ट आयो । प्रोफाइल नहेरी हतपत अक्सेप्ट गर्ने बानी थिएन मेरो । तर त्यो बेला खै किन हो ? उक्त रिक्वेस्टलाई अक्सेप्ट गरिदिएँ । केही क्षण नै उताबाट स्माएलको इमोटिकेसन आयो अनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कलर सेन्सेसन

~मिरा प्रसाई~ स्वार्थको मलखाडी भित्र सम्वेदना कुहाएर कम्पोस्ट मल बनाएकै हौ भने, तिम्रा लागि बेअर्थी भएको माया कर्तव्यबोध पैतालाले धुलोपिठो बनाए पछि फेरिएको तिम्रो कायाले तिमीलाई दम्भ र अहङ्कारी बनाए पछि सद्दे तिम्रा आँखाला२ जानीजानी तिमीले

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेम ब्रान्डेड स्याम्पियन

~मिरा प्रसाई~ प्रीय ! तिम्रो सम्झनाको नशाले मत्याउदा अझै बढी मात्न `रेड वाइन´ पिउने गर्थे म तर आज भने `प्रेम दिवस ´मनाउन `प्रेम ब्रान्डेड स्याम्पियन´ पिउदै छु ! हुन त तिमीसङग बिताउने प्रत्येक दिन “भ्यालेन्टाइन डे ” हुन मेरा लागि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कथा : बोल्ड नारी

~मीरा प्रसाईं~ म, दिदी भिनाजुकोमा बसेर पढ्थे । भिनाजु जाती थिए बाहिरी दुनियासङग, सबैले वाहाको गुणगान गाउथे । आमाबा र बहिनिलाइ औधि माया गर्ने भिनाजुले मेरि दिदिलाइ खासै माया गरेको देखिन मैले । दिदिको शान्त अनुहारमा कहिँ न कहिँ गम्भीरताको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : कथित समाजसेवी

~मीरा प्रसाईं~ ‘बहिनी ! मैले धेरै दिनदेखि यहाँ देखेको छु तिमीलाई । कहाँ हो घर ? यस्तो चिसो ठाउँमा यति बिहानै किन बसेकी ?  धेरै बेरसम्म जवाफ केही नआएपछि रमिलाले भनिन्, ‘हेर, नारी शरीरका भोकाहरू जताततै छन् । तिमी कुनै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : लज्जा

~मीरा प्रसाईं~ अनुज शैलीका धुन रच्न अनि गीतमा संगीत भर्न हप्ताको सातै दिन जसो ब्यस्त हुन्छु । आजको शनिबार भने शारीरिक र मानसिक थकानलाई तङ्ग्र्याउने उदेश्यका साथ बडो मुस्किलले समय मिलाएको थिए । ब्यस्तताको बाबजुद थकित र गलित भए पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : माटोको चित्कार

~मिरा प्रसाई शर्मा~ रोईरहेको सहिदको आँशुले पोल्नु पोल्यो लोकतन्त्रका लागि निमोठिएका चित्कारहरुले मात्रीवात्सल्य च्वास्स च्वास्स घोच्यो । विश्वाश दुर्घटित भएर मेरो देशको माटो आशुमा लपेटिएकोछ । शान्तिको सागरमा रगताम्मय सुनामी उर्लिएर बगाई रहेकोछ मेरो देश् निरन्तर् म भित्रको मात्रीत्वको निर्मम … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : आमाको याद

~मिरा प्रसाई शर्मा~ यो साल गयो अर्को साल म त आउछु आमा तिम्रो च्यादर चोली टाल्न चाडै आउछु आमा | दोकाने बज्यै नयाँ साल फरिया चोली फेर्दिहुन तिमीलाई नि त्यसै गर्न लाग्ला नि रहर आमा

Posted in गजल | Tagged | Leave a comment

कविता : देश

~मिरा प्रसाई शर्मा~ जहाँ मेरो प्रण प्यारो नेपालको गोर्खाली स्वाभीमान खोसिएको छ त्यहा मेरो देशको अस्मिता पतन हुँदै छ देशको नाउमा निर्दोस धर्ती माताको जलन हुँदै छ | जहाँ मेरो देस खोक्रो बनायिदै छ त्यहा देशको सभ्यताको कुठाराघात हुँदै छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : लाज लाग्छ मलाई

~मिरा प्रसाई शर्मा~ घुम्टो मेरो नउघार उत्सब लाज लाग्छ मलाई नछोउ सुस्तरी खै के के हुन्छ मलाई | प्रेममये चन्चलतमा मुटु सुस्तरी चल्दा नजुधाउ भो आँखा सरम लाग्छ मलाई |

Posted in गजल | Tagged | Leave a comment

गजल : यथार्थ

~मिरा प्रसाई शर्मा~ कस्ले देखछ सडक छापको भोको पेटलाई अबेर भयो लुकाउन धन सम्पत्तिलाई | बलिया र धन वालाको राजायी अन्त्य भई चईन मिल्ने कहिले दरिद्र र निमुखलाई |

Posted in गजल | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ बुद्धको हाम्रो देसमा युद्ध चर्कदै६ आमा भाला रोपी मार्दै ६न हाम्रो शान्ति दुत आमा | बग्लान कती अश्रु धारा अनाहक्मा तिम्रा रगतको खोलले धर्ती नै डुबाउने भो आमा |

Posted in गजल | Tagged | Leave a comment

गजल : आमा

~मिरा प्रसाई शर्मा~ स्रिस्टी बिज हुरकाउने सम्रक्षयक मेरी आमा प्रसब पछीको पिडाले अजाख पल्तिएकी मेरी आमा | राम कृष्ण जन्म दिने यिनै मेरी आमा पासँग र पारीजात लाई विश्वमा चाइनाउने मेरी आमा |

Posted in गजल | Tagged | Leave a comment

कविता : प्रेमको अनुरोध

~मिरा प्रसाई शर्मा~ मलाई मन छ म मरेको थाहा नहोस् मेरो पतिलाई म जलेको पनि थाहै नहोस् मेरो उनीलाई औधी माया गर्छन् उनी मलाई | मलाई थाहा छ भक्कानिने छन मेरो बिछोडमा उनी पिताम्बर बिच मेरो चिता जल्दा सँग सगै … Continue reading

Posted in कविता | Tagged | Leave a comment