Tag Archives: माधव घिमिरे – Madhab Ghimire

हार्दिक श्रद्धाञ्जली राष्ट्रकविप्रति

राष्ट्रकविप्रति साहित्य सङ्ग्रहालय हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ तथा शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ !!! आदरणिय प्रिय राष्ट्रकवि माधवप्रसाद घिमिरेले १०१ वर्षका उमेरमा आज मंगलबार, भदौ २, २०७७ साँझ साढे ५ बजे ब्रम्हमलीन हुनुभएको छ । विसं १९७६ असोज ७ … Continue reading

Posted in Misc | Tagged | Leave a comment

गीत : त्यसरी होओस् मरण

~माधवप्रसाद घिमिरे~ त्यसरी होओस् मरण जसरी सुत्छन् तारमा गीतका चारु चरण हिमालचुली देशमा, दिनको शान्त भेषमा जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण त्यसरी होओस् मरण ।। सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन

Posted in नेपाली गीत | Tagged | Leave a comment

स्रष्टा परिचय : माधव घिमिरे : उन्नत सिर्जनकलाका धनी

~डा. ईश्वरीप्रसाद गैरे~ नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् … Continue reading

Posted in स्रष्टा परिचय | Tagged , | 1 Comment

कविता : विश्वबन्धु

~माधवप्रसाद घिमिरे~ चहल पहल ठूलो, आज नौलो जमाना जल गल नभ जेल्छन् रेल जाहाज नाना मनुज मनुजलाई खाली छल्ने लखेट्ने अझ पनि अखडा क्यै ? विश्वका बन्धु भेट्ने बन शहरहरुका वास बस्ती हजार नरम गरम नाना भावनाका प्रचार सफल रंग … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सान्ध्य गीत

~माधवप्रसाद घिमिरे~ झुक हे सन्ध्या ! अलसी काला परेला ढालेर उज्ज्वल शुक्र ताराको फूल केशमा हालेर रङ्ग र रुप मेटिद्यौ सारा वन र पाखामा दौड र धूप रोकिद्यौ सारा भोलिको भाकामा दुःखको भारी विसाइ देऊ सुस्केरा हालेर झुक हे सन्ध्या … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सगरमाथा महान हेर

~माधब घिमिरे~ सगरमाथा महान हेर त्यहाँ नौलो बिहान हेर सधैँ सधैँ स्वाधीन बन्ने नेपालीको अडान हेर धर्ती जहाँ मुस्कुराउँछिन् उघारेर अधर जहाँ खुल्छ उत्तरमा हिउँचुलीको लहर

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

~माधबप्रसाद घिमिरे~ लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो हिमालचुली मन्तिर पानी भर्ने पँधेरो लेकै हेर्यौ लाली गुराँस बेंसी हेर्यो प्याउली पिरती बास्ने परेवा बिरह बोल्ने न्याउली

Posted in नेपाली गीत | Tagged , | Leave a comment

कविता : आमी भालोवासीः म माया गर्छु

~माधव घिमिरे~ हृदयमा मधु हजुर, अधरमा हाँसी विश्वकवि ! बोलिरै’छौ –आमी भालोवासी आमी भालोवासी आज स्वर्णप्रभातमा रविलाई देखेँ रविबिम्बभित्र त्यही छविलाई देखेँ तिमी आफ्ना सिर्जनामा सधैँ अविनाशी

Posted in कविता | Tagged | Leave a comment

गीति कविता : यति धोको

~माधव घिमिरे~ कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो भाइको भने घरै छैन कहाँ खेलूँ भैलो कस्तो हुन्थ्यो- एक घर सबैलाई पुगे मेरो दिल दुख्छ हजुर, भाइको दिल … Continue reading

Posted in गीति कविता | Tagged | Leave a comment

गीत : फूलको थुङ्गा

~माधव घिमिरे~ फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा कहिले भेट होला है राजै यो जिन्दगानीमा (झरीको पछि झुल्केको घाममा नीर सर्‍यो पहाडको) २ भर्खरै प्रीति बसेको बेला पीर पर्‍यो बिछोडको ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

युगल गीत : हे कुन्जमा गुञ्जियो

~माधव घिमिरे~ केटा – हे कुन्जमा गुञ्जियो केटि – स्वर कोइलीको केटा – हे बासना छरियो केटि – बेली चमेलीको केटा – हराभरा यो बाटिकामा हो, तार मन बिनाको आफै लौ झंकियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आजै र राती

~माधव घिमिरे~ आजै र राती के देखें सपना, मै मरी गएको २ बतास बिना हाँगाको फूल, झैँ झरी गएको २ मर्स्यांग्दी नदि नरमाइलो सुसाइरहेको २ कहाँ हो कहाँ बादल भित्र, म रोइरहेको

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो

~माधव घिमिरे~ भुइँचालो, भुइँचालो ! देशै काम्न थाल्यो अनायासै देशै थाम्न– जुट्यो हातेमालो कराउँदै रूखदेखि सारा पन्छी उडे उडूँ भने, पंख छैन भुइँमा मान्छे लडे घर ढले, मन्दिर ढले, धूलो उड्न थाल्यो खोज गर्न, खबर गर्न– जुट्यो हातेमालो

Posted in कविता | Tagged | Leave a comment

खण्ड-काव्य : गौरी

~माधवप्रसाद घिमिरे~ केलेख्नुमैलेपर्‍यो धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिए छाया आज पर्‍यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पर्‍यो आँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पर्‍यो !

Posted in शोक-काव्य | Tagged | Leave a comment

कविता : के लेख्नु मैले पर्यो

~माधव घिमिरे~ धर्ती यो हरियो थियो सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्भुयाल अग्ला थिए छाया आज पर् यो छिप्यो छवि कहाँ के देख्नु मैले पर् यो आँसूमा अब चिप्लियो कलम यो के लेख्नु मैले पर् यो !

Posted in कविता | Tagged | Leave a comment

कविता : हे नारायण के भयो !

~माधव घिमिरे~ पानी सिमसिम बर्सिएर सकियो आषाढको रातमा निस्के झिम्झिम ज्योतिमा जुनकिरी ओस्याइला फाँटमा फारी बादल शैलको शिखरमा तारा उदाइन् अब आई विष्णुमती-पवित्र तटमा मेरी निदाइन् अब

Posted in कविता | Tagged | Leave a comment

कविता : बिर्सी बिर्सिसकिन्न

~माधव घिमिरे~ लीला माइतका भुलेर घरका धन्दा तिमीले गर्यौ आमाको ममता भुलेर कसरी माया मलाई गर्यौ छातीबाट झिकेर प्राणसरिका छोरी मलाई दियौ हेरी आखिर घाटबाट रसिला आँखा ममा चिम्लियौ

Posted in कविता | Tagged | Leave a comment

कविता : लाऊ अन्जुलि तीन बार जलको

~माधव घिमिरे~ सेलायो उनको चिता र दिनको ज्वाला निभ्यो पश्चिम यो छाया-छविको डुब्यो दिन डुब्यो रङ्गीन त्यो जीवन थोत्रो देवल शून्यसान दुनियाँ सारा अँध्यारोतिर जाऊ हे सखि ! साँझको शिखरको पारी उज्यालोतिर

Posted in कविता | Tagged | Leave a comment

कविता : मेरी लच्छिनकी जहान

~माधव घिमिरे~ कोठामा कसरी पसूँ नजरकी श्रृङ्गार छैनौ तिमी यत्रो शोक कहूँ कहाँ हृदयकी आधार छैनौ तिमी कोठामा अघि भर्खरैतक थियौ बोलीरहेकी तिमी ए छैनौ कसरी भनूँ ! हृदयमा खेलीरहेकी तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : यौटा सत्य कथा म भन्छु

~ माधव घिमिरे~ यौटा सत्य कथा म भन्छु- दुइटा प्रेमी थिए सुन्दर मिल्दो दौंँतर त्यो उमेर पनि ता पाँचै थियो अन्तर छायाक्षेत्र हिमालको बगलमा बस्ने सुखी किन्नर मायाप्रीति कपोतको सरि थियो प्रारम्भ भै भर्खर

Posted in कविता | Tagged | Leave a comment

कविता : मान्छे हो! यिनलाई प्यार गर है

~माधव प्रसाद घिमिरे~ खेल्दै शान्ति र कान्ति खाटनजिकै आई बसेका थिए हेरी यी अनजानलाइ उनका आँसू खसेका थिए बिस्तारै शिरमा मुसारि यिनको, केही नबोली गइन् हाली आशिक बिन्दु बिन्दु गहको आँसू खसाली गइन्

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : कमिलाको ताँती

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर

Posted in बाल कविता | Tagged | Leave a comment

बाल कविता : टालाटुली बटुली

~राष्ट्रकवी माधवप्रसाद घिमिरे~ टालाटुली बटुली – टालाटुली बटुली कति राम्री पुतली

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : मेरी माया ठूली

~माधव घिमिरे~ यसै राम्रो हिमचुली-सुनपानीमा चोपली बिहानीमा उचाली त्यसैमाथि झन् राम्रो-कसैमाथि माया बसाली । कति राम्रो हिमचुली घामको रेखी हाली

Posted in कविता | Tagged | Leave a comment

स्वदेश गान : गाउँछ गीत नेपाली

~माधव प्रसाद घिमिरे ~ गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली जय जय जय नेपाल सुन्दर शान्त नेपाल गण्डकी कोशी कर्णाली मेची र महाकाली लेक र बेंसी ब्युँझाउँछन् लहर लाख उचाली

Posted in स्वदेश गान | Tagged , | Leave a comment

कविता : बैशाख

~माधव प्रसाद घिमिरे ~ डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले बोकी ल्यायो बकुल वनको वास मीठो हावाले । डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।

Posted in कविता | Tagged | Leave a comment