Tag Archives: M. L. Oli

कविता : बधाइ

~एम.एल. ओली~ आमाको आँशु झरेको थियो छातीमा टेकेर पहिलो बेत गर्भको शिशु तुहेको देखेर मिलेन सल्लाह बल्झियो काल समय घर्कियो छिनेको मेरो कम्मरदेखि जगत थर्कियो । पहिलो शिशु जन्मेको थियो साहसी वीरको बुझेन कुरो कलिलो थियो नेपाली शिरको

Posted in कविता | Tagged | Leave a comment

कविता : श्रद्धाञ्जली

~एम.एल. ओली~ हल्लाई धर्ती भत्कायो घर मानिस मार्दियो देशको शान धरहरा मेरो ठहरै पार्दियो शहर मात्र घाइते छैन गाउँको त्यै हाल सम्पदा मेरो बनायो नष्ट आमाको बेहाल । देवता बस्ने मन्दिर पनि छोडेन साथीले चौपाय थिए निर्दोषी जन्तु देखेन भावीले

Posted in कविता | Tagged | Leave a comment

कविता : राष्ट्रियता खोई ?

~एम.एल.ओली~ ओक्काउनेको प्रकोप यता राहतको पोको उता दियो बल्ने झुप्रा यता टोपी ढल्ने महल त्यता जङ्गी शासन चले यता राष्ट्रियता खोई कता ? भाइ फटाउने झोँक त्यता

Posted in कविता | Tagged | Leave a comment

कविता : भाले बासेन

~एम.एल. ओली~ डालीमा बसी न्याउली रूँदा प्याउली टुसायो भैंसीले दूध लुकायो आज पारोले चुसायो कुरेर बस्दा आएको पालो सुनायो फैसला कुर्लेर आयो झक्कली भाले काटेर कसला । खोरको धन्दा गरेर बस्दा पुगेन चारोले फुत्फुती खेल्ने करेसा बारी उडायो छारोले

Posted in कविता | Tagged | Leave a comment

कविता : दिक्क बनायो

~एम.एल. ओली~ भोको डकार झाङ्गिएर तन पलायो बाउको धन भाँगिएर मन गलायो साझा पाहुनो नाता जोडी ठिक्क बनायो भुँडीभित्र खहरे उर्ली दिक्क बनायो । मन्दिरभित्र सन्यासीले धुप जलायो पूजारीले धोती जलाई रूप पलायो

Posted in कविता | Tagged | Leave a comment

कविता : धान फलेन

~एम.एल. ओली~ धानको बालो झुलेन खेत पपट्टो रिसियो पेटारीभित्र मुसाको साथ बाँदर मिसियो झाङ्गियो बोट फलेन नोट ढल्कियो आलीमा कसौडी घोप्टो परेर रोयो भातको थालीमा । नगोडी बोट चलायो ओठ जिब्रोले चुसेन निस्केर जरा बाहिर आयो माटोमा घुसेन

Posted in कविता | Tagged | Leave a comment