Tag Archives: लेखनाथ पौड्याल – Lekhnath Paudyal

कविता : कुज्जवर्तिनी विप्रलव्धा

~लेखनाथ पौड्याल~ कोरी केश सफा गरी, फुल जडी टेढा झिकी कुन्तल लाई लालि कपोल, ओठहरुमा आँखाविपे गाजल । औठी हारहरु डटी चहकिला पोशाक सारा चुनी आई कुन्जविपे अली छिन बसी बोली नयाँ कामिनी ।।१।। फेला पर्न गये म धूर्तजनका, सङ्केत-बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पान्थ-प्रबोध

~लेखनाथ पौड्याल~ बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति । उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।। वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी । व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : विरहिणीका उपर सखीको प्रश्न

~लेखनाथ पौड्याल~ जुटाइ शिरमा लटा वदन-क्रान्ति फुस्रो गरी बसी वजन ठाउँमा नयन नासिकामा धरी । विचार कुन तत्वको गरदछ्यौ अकेली बनी सखी ! भन वियोगिनी हुनगयौ कि या योगिनी ?।।१।। शरीरभर बाहिरै झलकदा नशाजाल यो विशेष-रुचि-भङ्गको स(श) कल चित्तले देखियो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : ईश्वर-स्तुति

~लेखनाथ पौड्याल~ जय जगदीश्वर ! जय अविनाशी जय जय भगवन । करुणाराशि । शक्ति छ प्रभुको अपरम्पार घुम्दछ जसमा सब संसार ॥१॥ जलचर, थलचर, ग्रहगण, तारा सूर्य लगायत सुर, मुनि सारा । केवल प्रभुको करुणा पाई गर्छन् निज-निज कर्म रमाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : जीवन-चङ्गा

~लेखनाथ पौडेल~ कछुवाले अङ्गसरी खुम्च्याई बाह्य वृत्तिका तार। भित्र अलिकति हेर्दा अर्कै रसिलो चमत्कार।।१।। दुर्गम भै उर्लेकी तलतिर समतुल्य मोहकी गङ्गा। फरफर गर्छ उपर यो जीवनमय पातलो चङ्गा।।२।।

Posted in कविता | Tagged | Leave a comment

कविता : हाँसेको साहित्य सागर

~लेखनाथ पौडेल~ १ कोही वायुकुमार तुल्य बलिया गर्छन् ऊडी लङ्कन कोही बन्धन हाल्दछन् नभसरी ढुङ्गा मुढा लीकन । कोही अङ्गद नील झैं घुमी घुमी आलोचना गर्दछन् सीता निश्चय भेट्दछौं भनि कुनै आनन्दमा पर्दछन् ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : बुद्धि-विनोद प्रश्न

~लेखनाथ पौडेल~ कहाँ थियो वास, अघी म को थिएँ, कसो हुँदा यो पिंजरा लिंदो भएँ । कहाँ छ जानू कुन साथ लीकन, तँलाई मालुम् छ कि यो कुरा भन ? १ कदापि कत्ती नलगाइ ठक्कर, ग्रहादिलाई दिनहुँ निरन्तर, घुमाउने को छ … Continue reading

Posted in कविता | Tagged | Leave a comment

समीक्षा : कवि शिरोमणिको “ए नेपाल !”

~क.दी.~ लेखनाथ पौड्यालले धेरै गीत लेखेका छैनन्। तर, त्यसैले मात्र महत्वपूर्ण भएको होइन उनको “ए नेपाल!” भन्ने गीत। आजभन्दा ५४ वर्षअघि लेखिएको यो गीत नेपालमा होइन भारतमा छापियो, पश्चिम बङ्गालको कालिम्पोङमा। नेपालमा प्रजातन्त्र उदाएपछि र राणाकालको पिँजडाबाट मुक्ति पाएपछि नेपाली … Continue reading

Posted in समीक्षा | Tagged , | Leave a comment

स्रष्टा जीवनी : कविशिरोमणि लेखनाथ पौड्याल

~नरेन्द्रराज प्रसाई~ लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्र्घौअर्चलेमा भएको थियो । यिनलाई जन्माउने आमाबाबु वसुन्धरादेवी र पं. दुर्गादत्त थिए ।पौडयालले र्सवप्रथम गङ्गागणेशस्तोत्र, अमरकोश, चण्डी पढेर आफूभित्रको जागृतिको दैलो उघारेका थिए । उनले आफू साहित्यलेखनमा लाग्न पितृप्रसादको … Continue reading

Posted in स्रष्टा जीवनी | Tagged , | 1 Comment

कविता : पूर्वस्मृति

~कवी शिरोमणी लेखनाथ पौड्याल~ हे मेरो प्रिय बन्धु ! आज तिमिले जो लेखका खातिर लेख्यौ सा–दर पत्र, त्यो सब पढें केही झुकाई शिर । ठेगानातिर हेरदा नयनमा देखा पर्यो ‘पोखरा’ जो देख्दा मनमा मिहीं स्मरणका लाखौं फुटे आँकुरा ।। पैह्ला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : पतित-पावनी श्री गङ्गाजीको झाँकी

~कवी शिरोमणी लेखनाथ पौड्याल~ ठाडै कैलाशदेखी द्रुततर गतिले गड्गडाएर झर्दी झर्दा श्रीशङ्करैको गल-गलित ठुलो सर्पझैं सल्ल पर्दी । लाखौं चट्टान चिर्दी विकट गिरिशिला-कन्दरा चूर्ण गर्दी । बन्दै नाची दगुर्दी, श्रवण-विवरमा नित्य संगीत भर्दी ।

Posted in कविता | Tagged | Leave a comment

कविता : साहित्यको फुटबल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाषा छ विशाल चौर समा गर्दै ठुलो तर्खर भै केही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । खेल्दै छौं फुटबल बालक सबै साहित्यको बेसरी हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ।। खेल्नै हो अब … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : वसन्त कोकिल

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भरी लता वृक्ष विषे टनाटन नवीन लाखौं फूल पालुवाकन । वसन्त आयो कलकण्ठको अब सुनिन्छ साह्रै कल कण्ठ-गौरव ।। अगाडि जो दीन बनी लुकीकन बिताउँथ्यो केवल दु:खमा दिन । अहो !! उही कोकिल हेर आज यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य सन्देश

~कवी शिरोमणी लेखनाथ पौड्याल~ कालो मन्दाकिनीको जल, जलनिधिका मोतिको ज्योति कालो कालो सौदामिनीको चहक सब शरच्चन्द्रको कान्ति कालो। कैलाश श्रेणि कालो झलमल गर्ने शु्र्यको बिम्ब कालो यो सारा सृष्टि कालो मनबिच छ भने दम्भ दुर्भाब कालो।।

Posted in कविता | Tagged | Leave a comment

कविता : गौंथलीको चिरबिर (१)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो । मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।१।।

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ग)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ विद्याको, वयको र बुद्धिको, बलको, सौन्दर्यको, मानको प्रज्ञाको, कुल-जातिको, इलमको,

Posted in कविता | Tagged | Leave a comment

कविता : सत्य-सन्देश(ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ मेरा जीवन-पुष्पको जगतले पाओस् मिठो बासना आओस् सौरभ

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (ख)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ होच्याई अरूलाई क्यै किसिमले आफू ठुलो भैकन बस्ने खायस गर्छ धेर दुनियाँ,

Posted in कविता | Tagged | Leave a comment

कविता : विवेक-बाटिकाको सानू फूल (क)

~कवी शिरोमणी लेखनाथ पौड्याल~ केही विद्वान कहन्छन् ऋषिमुनितकले ब्रह्माचिन्हू छ गाह्रो ।

Posted in कविता | Tagged | Leave a comment

छोक : केदार दर्शनको रहस्य

~कवी शिरोमणी लेखनाथ पौड्याल~ लाखौँ चोसे र मोसे विषयसुख-शिलाशैल चिर्दै बहेकी श्रद्धा-मन्दाकिनीको विकट तटतटै भै चनाको विवेकी ।

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : बिचरी चरी

~कवी शिरोमणी लेखनाथ पौड्याल~ वर्षा याम एक दिन ठुलो पानी पर्‍यो काला-काला बादलुले सेता गेडी झार्‍यो

Posted in बाल कविता | Tagged | Leave a comment

कविता : पिंजडा को सुँगा

~लेखनाथ पौड्याल~ बालक बबुरो दिजशुक नाम हुँ म परेको छु पिंजडामा मकन हरे शिव शान्ति र चैन सपना बिच पनि रति भर छैन मेरा बान्धव बाबु र आमा

Posted in कविता | Tagged | 1 Comment

कविता : दशैं

~कवी शिरोमणी लेखनाथ पौड्याल~ हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।

Posted in कविता | Tagged | Leave a comment

कविता : नैतिक दृष्टान्त

~कवी शिरोमणी लेखनाथ पौड्याल~ बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत । छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।। गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन । बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।

Posted in कविता | Tagged | Leave a comment

कविता : कालमहिमा

~कवी शिरोमणी लेखनाथ पौड्याल~ भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो, थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो, खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो ।१।

Posted in कविता | Tagged | Leave a comment