Tag Archives: लक्ष्मी राई ‘लारा’ – Laxmi Rai ‘LARA’

कथा : प्रसंग कतिपय

~लक्ष्मी राई ‘लारा’~ केन्याकी क्यारोल भन्छे, ‘आर्कषक डिलडौलका लोग्नेभन्दा असल तथा जिम्मेवार लोग्ने पाउनु भाग्य सम्झिनुपर्छ।’ तर, घानाकी डोरिसको भिन्दै राय छ। ऊ भन्छे— ‘मलाई चौडा छाति, करिब ६ फिट उचाई भएको बलिष्ठ पुरुष मनपर्छ। बिहे गरेपछि देखा जाएगा नि! … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : र,बिद्रोह यहिबाट सुरु हुन्छ……

~लारा राइ~ जनता, नाङ्गो आङ्ग भोको पेट फुटेको कुर्कुचा खिंईंदै गएको चप्पल सडकमा गर्छन् आन्दोलन एक धर्सो सपना लिएर नेताको विश्वासमा । नागरिक, कालो चस्मा सुकिलो सेतो बस्त्र

Posted in कविता | Tagged | Leave a comment

कथा : नयाँ वर्ष- जून ओर्लिएको रात

~लारा राई~ रिपल्स वे, साउथ चाईना समुद्रको किनारमा भखर्र जूनको छाँया ओर्लिएको छ। नरिवलका पातजस्तै भएका वृक्षहरु अर्ध ढल्किएका छन् यो समुद्री किनारै, किनार। ती वृक्षहरुका लामा, लामा पातहरुसँग लुकामारी खेल्दै जूनको त्यो छाँया मेरो काखसम्म फैलिन आइपुग्यो। म औधी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अग्लिरहेछ

~लारा राइ~ अग्लिरहेछ……….. प्रश्नहरुको पहाड़ र, प्रत्येक मोड़हरुमा अनि औसत मान्छेहरुका हुलबाट अलग्गिएर भूगोलको यो गोलार्द्धमा अग्लिरहेछ………….. प्रश्नहरुका पहाड़ कुन नियतिले डोर्र्यायो होला? रहर/बाध्यता या, लहै लहै!

Posted in कविता | Tagged | Leave a comment

कथा : एउटा मृत्युको बयान

~लारा राई~ उनी- कोही थिइनन् तथापि, मष्तिष्कमा मेरो सदैव रहिरहनेछिन्। अपार असहमति छ। यो माहौल, यो सभाहलभित्र छरपष्ट छरिएको गिदी र, यो गिदीजस्तै छरपष्ट मान्छेहरुसँग। भीडमा मान्छेहरु भनिरहेछन्- रक्सी ज्यादा पिएर मरेकी अरे। अल्कोहोलिक पो रहिछे-एउटी मोटी महिलाले लामो श्वास … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बिना निम्तो, रातहरुले बल्झाउँछन् पीडाहरु

~लारा राई~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : समय, सपना र जिन्दगीहरु

~लारा राई~ भनिन्छ-प्रतिष्ठाको बोझ थाम्न दरिलो काँध चाहिन्छ रे ! आफू त्यस्तो प्रतिष्ठित ब्यक्तित्व परिएन अतः दरिलो काँधको सवाल पनि उठेन। तैपनि, कमेण्ट सुन्ने दरिलो आत्मविश्वास छ मभित्र। मान्छेहरुले घमण्डी भन्लान्। आफूलाई लेखिका हुँ भन्दिन म। रहरिया हुँ। लेख्छु फूर्सदमा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म सानी छँदाः पहाडका कथाहरु..

~लारा राई~ प्रशस्तै आधार प्रदान गरेकै हो जीन्दगी बाँच्न यो शहरले। तैपनि, कृतघ्न बनेर भन्दैछु-”आत्मीयता” कहिले पाइनँ यो शहरभित्र। खपत गरेकै हुँ मैले, यौवन र जिन्दगीका उर्जाशील समयहरु यो शहरमा। दोस्रो-घर मान्ने प्रयास पनि गरेकी हुँ कैंयनपटक। करिब डेढ दशक … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : पात्रहरुसँग एक साँझ

~लारा राई~ “युद्धको मैदान–अफ्गानिस्तानमा छु। तपाई ‘युगपुरुष’ भनेर मलाई सम्बोधन गर्न सक्नुहुन्छ।” फेसबुकको बढ्दो प्रचलनसँगै पुराना तथा नयाँ मित्रहरु भ्ोट्ने–बनिने क्रममा भर्खरै भेटिएका एकजना मित्रले आफ्नो परिचय दिंदै इन–बक्समा लेखे। ‘युगपुरुष’? अरुको मुलुकको सुरक्षार्थ खटिएको सैनिक। अरुको हैकमबाट सञ्चालित। कमसेकम … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : आरुका फूल र होलीका स्मृतिहरु

~लारा राई~ आज मलाई पुनः आरुका फूलका स्मृतिहरु दोहोर्‍याउन मन लागेको छ। त्यसो त जन्मदेखि नै मेरो सम्बन्ध आरुका गुलाफी फूलहरुसँग रहेको छ। किनकी,मेरो जन्मताका हाम्रो पुरानो घरको आँगनको डिलमा ड्याम्म गुलाफी आरुका फूल फूलेका थिए रे ! क्रमशः कयौं … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : रातो राहदानी भित्रका सपनाहरु

~लारा राइ~ हाजरा, कालो बुर्का ओढ्दिन। काँधसम्म छाँटेको स्टेप कट कपाल। गाजलु ठुला आँखा। त्यो गाजलु आँखाको परेलीमा अल्झिएको आँखीभौंको सुक्ष्म रौंलाई हटाईदिंदै मैले सोधें–“हाजरा, उसो भए बेलायती रातो राहदानी पाएर तिमीलाई औधी खुशी लागिरहेको छ, हगि?” ‘हो, एकदम खुशी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : किन बदल्न सकेनन् ? तिम्रो संझनाहरुलाई………

~लारा राइ~ केहि त बद्लिएको छैन सिवाय मौषमहरु आँखाभरि, भरि तिम्रो संझनासँगै लहरै उभिएका छन् म्यापलका नांगा रुखहरु । यो हिउँद म तिमीलाई संझिरहेछु…………..

Posted in कविता | Tagged | Leave a comment

कथा : बिनानिम्तो, रातहरुले बल्झाउछन् पींडाहरु

~लारा राइ~ सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : कमरेडलाई स्वेत सलाम

~लक्ष्मी राई ‘लारा’~ अनिंदो कैयन् रातहरूसँगै छिचोलेर लासहरूको पहाड टेकेर सिन्दूर पोखिएको जमीन कमरेडको आरोहण ! शहरकी चर्चित नायिकासँगै समयान्तरका होर्डिङ्-बोर्डहरूमा ठिङ्ग एक्लै विस्थापित एउटा मन इ….! हेरिरहेछु- रक्तिम क्रान्तिको विजय मरणासन्न राजधानीको ब्यस्त चौकमा

Posted in कविता | Tagged | Leave a comment

कविता : नपुंसक समयको विरुद्ध

~लारा राई~ रक्ताम्य/थकित/लमतन्न पस्रिरहेको मुलुक अस्थिरताको सडक नाप्दै म, लखतरान ‘सिंहदरबार’ उभिरहेछु वरिपरि, निर्विघ्न घस्रिरहेछन् अजिंगरहरु । भय लाग्छ- सर्लक्क ननिलिदेवोस् स्वाट्ट विलय नहोस् एकिकरण/विखण्डन निश्चित वर्ग/आयतनभित्र

Posted in कविता | Tagged | Leave a comment

कविता : कफी-कविता

~लक्ष्मी राई ‘लारा’~ विल्कुलै थाहा थिएन एउटा संयोग, तिम्रो अनुरोधको- “के हामी, कुनै दिनसँगै कफी पिउन सक्छौँ ?-” त्यो क्षण- वातावरणजस्तै न्याना पलहरू र, उड्दै गरेका कफीका वाफहरू के संभव होला यसरी नै उड्नलाई मान्छेका आंकाक्षा र सपनाहरू – अपसोच … Continue reading

Posted in कविता | Tagged | Leave a comment