Tag Archives: कृष्णकला वनेम – Krishnakala Wanem ‘Karina’

गीत : समयको बेग

~कृष्णकला वनेम~ समयको बेग संगै अचानक म बदलिए नौनी जस्तो मन थियो अनायसै पग्लिए सुस्त सुस्त बोलीले पछी बाट बोलायौ नसुने झै गरी हिड्दा झनै तिमी करायौ प्रिय भनी डाक्यौ अचानक म झस्किए

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : तिम्रो यादमा

~कृष्णकला वनेम ‘करिना’~ तिम्रो यादमा हिजो आज आफै भित्र हराउछु तिम्रो कोमल छाती भरी जही तही लहराउछु सयौ डाडा पारी तिमी यादमा आउछौ मनभरी कल्पनामा भेट्न आउछु यो मनको सागरतरी आखाको नानीमा तिम्रो तस्बिर राखी सके

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : खिचे तस्विर

~कृष्णकला वनेम ‘करिना’~ खिचे तस्विर तिम्रै लागि हृदयमा सजाउ अंगालोमा बाँधी मलाई मिठो गीत सुनाउ हुरी आउदा पहाड बनि मलाई छेकी देउ है घाम लाग्दा बादल बनि सीतल छाई देउ है फूलि दिए तिम्रै लागि फूलवारीमा सजाउ

Posted in नेपाली गीत | Tagged | 1 Comment

गीत : एकान्तमा एक्लै

~कृष्णकला वनेम ‘करिना’~ एकान्तमा एक्लै एक्लै हाँस्न थालेकी छु मुटु भित्र तिम्रो मायाँ साँच्न थालेकी छु लाज लाग्छ कता कता तिम्लार्इ सम्झी दिदा पहिलो भेटमा तिमीसंग न्यानो मायाँ साटी दिदा वन पाखामा तिम्रै गीत गाउँन थालेकी छु

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : आई दियौ

~कृष्णकला वनेम ‘करिना’~ आई दियौ मायाँ लिई बैशाकको हुरी भई छार्इ दियौ आँखा भर रिंगीचंगी सपना भई पहाड तिमी वनि देउ हिउँ वनि छोपी दिन्छु किनार भई साथ देउ सागर वनि चुमी दिन्छु वजाई दियौ वासुरी मन छुने धुन भई

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : नशालु छ हेरार्इ

~कृष्णकला वनेम ‘करिना’~ नशालु छ हेरार्इ तिम्रो बोल्छौ मीठो बोली सुनाई दिन्छौ काखमा राखी दिलको कुरा खोली तिमी मेरो मनमन्दिर तिमी मेरो मनको राजा कहिले लान्छौ डोली चढार्इ साथमा पञ्चे बाजा कोमल मनमा थापी दियौ पीरतीको झोली

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : गोदाबारी फूलबारीमा

~कृष्णकला वनेम ‘करिना’~ गोदाबारी फूलबारीमा पहिलो माया साट्यौ दुर्इ आत्माको मिलन संगै संसारलाई भुल्यौ सिरीरी बताससंगै हाम्रो मायाँ उड्दै थियो कोइलीको भाका संगै हाम्रो मायाँ गाउँदै थियो

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : जीवनमा साथ दिने

~कृष्णकला वनेम ‘करिना’~ जीवनमा साथ दिने वाचा गर्यौ किन डोर्याएर बिच बाटोमा साथ छोड्यौ किन जस्तो परिवेशमा पनि साथ दिन्छु भन्थ्यौ बिर्सीयौ तिमीले भने मरी दिन्छु भन्यौ यो मनमा चोट दिन मायाँ लायौ किन

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : मायाको आभाष र उत्प्रेरणा

~कृष्णकला वनेम ‘करिना’~ शून्य अनि अन्धकार झैं लाग्थ्यो यो संसार यो सारा जीवन किनकी उजाड लाग्थ्यो वनजंगल काहाली लाग्थ्यो औसीका अधेरी रातहरु विना रङगको लाग्थ्यो फूलहरु देवता विनाको लाग्थ्यो मन्दिर किनभने वाञ्चित थिए म मायाँबाट साथमा भएर पनि पाएकी थिइन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गीत : झस्किन्छु

~कृष्णकला वनेम ‘करिना’~ झस्किन्छु तिम्लाई सम्झी अधेरी त्यो रातमा संसारलाई बिर्सी दिन्थे तिम्रो त्यो साथमा मीठो गीत सुनाउँथ्यौ छाती माथी टाँसी मायाँ गरि सुम्सुम्याउँथ्यौ मेरो केश रासी ओठहरु चुमी दिन्थ्यौ गोधुली त्यो साँझमा

Posted in नेपाली गीत | Tagged | Leave a comment

गीत : भएँ पानी विना

~कृष्णकला वनेम ‘करिना’~ जीउँन धेरै गाह्रो भयो आज तिमी विना जाल भित्रको माछी जस्तै भएँ पानी विना एकैछिनको पर्खाई लाग्यो बर्षौ जस्तो सबै साथमा भएपनि केहि छुटे जस्तो तिम्लाई पनि यस्तै हुन्छ मेरो साथ विना

Posted in नेपाली गीत | Tagged | Leave a comment