Tag Archives: कृष्ण कट्टेल – Krishna Kattel

कविता : अन्तिम सम्झना

~कृष्ण कट्टेल~ तिमीले अन्तिम पटक फोनमा भनेको याद छ ल राम्रोसँग बस्नुहोला ठूलो मान्छे बन्नुहोला । त्यो अन्तिम फोनभन्दा चार दिन अगाडीको अन्तिम भेटमा

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा मान्छे

~कृष्ण कट्टेल~ आज पनि उनी हराइरहेका थिए मध्य दिनमा, टन्टलापुर घाममा भिडभाडको बिचमा मध्य निन्द्रामा । लाग्थ्यो उनी मेटिरहेका थिए थकाइ सोचिरहेका थिए भाग्य अनि छोट्टिरहेको भविष्य ।

Posted in कविता | Tagged | Leave a comment

कविता : सरकार पारीको गाऊँ

~कृष्ण कट्टेल~ यो गल्ली र म बिचको साइनो वर्षौदेखिको हो यहि गल्ली हुँदै पुगेको छु म कहिल्यै नपुगेको ठाँउ देखेको छु क्षितिज पारिको क्षितिज त्यसैले, म जाँदापनि फर्किदापनि बिहानपनि दिउँसो वा बेलुकापनि जतिबेलै यो गल्ली चुपचाप चुपचाप बसिरहेको हुन्छ, हेरिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : चराहरुको देश

~कृष्ण कट्टेल~ मैले सुनेको छैन चराहरुलाइ हृदयघात भएको मैले देखेको छैन चराहरुको हस्पिटल देखेको छैन मानिसहरुका जस्तै डरलाग्दो चराहरुको घर । चराहरु भन्दैनन् तेरो मेरो गर्दैनन् लुछाचुडी

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमयुद्ध

~कृष्ण कट्टेल~ खुल्ला आकाशको बीचमा देखिएका दुई चम्किला नक्षत्र, मन्दिरको गजुर नजिकै बसेका एक जोडी परेवा, अनि, एकान्तको चौतारीमा बसेका तिमी र म ।

Posted in कविता | Tagged | Leave a comment

कविता : आँखै अघि ढलेको जून

~कृष्ण कट्टेल~ चरनमा थुप्रिएका बग्रेल्ती भेडाहरुजस्तै थुपारिएका छन् सयौँ अस्ताएका जूनहरु ।। रगत लत्पत्तिएको खप्पर हातखुट्टा छिनेका अर्धमुर्छित जून रगत उम्लिएको आलो घाउहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : तिम्रो सपना, आमाको प्रश्न

~कृष्ण कटेल~ तिम्रा बम बारुद र गोलीका छर्राहरुले मेरो पसिना मोलिएको घरको छाती छेड्दै गर्दा कुनै दुश्मनी बेगर तिम्रा लात्तिले मलाइ बेहोस बनाउँदा, सबै तितरबितर थिए तिम्रो त्यो सफलतामा तर, प्रत्यक्षदर्शी थियो नजिकै ठिङ्ग उभिरहेको बुढो सिमलको रुख, उसले हेरिरह्यो … Continue reading

Posted in कविता | Tagged | Leave a comment