Tag Archives: कृष्ण बाउसे – Krishna Bause

कविता : धिक्कार छ !

~कृष्ण बाउसे~ भत्कुन पर्ने धराप भत्किसक्यो फेरी पनि भत्काउने कुरा गर्नु बेकार छ चर खनेर नयाँ घरको जग राम्ररी उठाउनु पर्ने दिन आइसक्यो अझ पनि मात्र टोल्हाएर समय बिताउनु बेकार छ ।

Posted in कविता | Tagged | Leave a comment

कृष्ण बाउसेका पाँच मुक्तकहरू

~कृष्ण बाउसे~ १ कुरीकुरी लाग्ने तमासा देखाउँदैछौ बाटोमा लाग्छ, तिमीलाई कुनै गौरव छैन यस माटोमा सायद ‘तमासे बन्नू’ भनेरै लेखेको हुँदो हो सधैँ सिउँडी उम्रने तिम्रो निधारको पाटोमा ।। २ न त हो सुम्पने मञ्चस्थ विदूषक वा खलनायक डफ्फालाई न … Continue reading

Posted in मुक्तक | Tagged | Leave a comment

कृष्ण बाउसेका तीन मुक्तकहरू

~कृष्ण बाउसे~ -१- हदै नाघ्यौ , अब मित्रताको वाटिका कसरी सजाउनु अँगालो हालेर घाँटी निचोर्नेसँग कसरी मीत लगाउनु तर्दातर्दैको तुइन काटेर मान्छे कालीमा बगाइदियौ नि पापी ! तिमी बौलाएकै हौ , तर अब कसरी मनलाई बुझाउनु !

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : परिवर्तनको लालीमा

~कृष्ण बाउसे~ मैले एउटा सपना देखे डाँडाका चुली – चुलीमा गीत गाउँदैगरेको देखें। एउटा हातमा उषाको लाली बोकेर अर्को हातमा पुर्नेको जून च्यापेकी भर्खरै फक्रेको फूलजस्तै देखिने एउटी नव -युवतीलाई देखें।

Posted in कविता | Tagged | Leave a comment

कविता : ए, कोही त अघि बढ !

~कृष्ण बाउसे~ फोहोर लेदोले भरिएको खानेपानीको ट्याङ्की खाल्डाखुल्डीले हिड्नै नहुने भएको अलकत्रे बाटो बालुवाचोरहरूको प्रतापले लच्किसकेको खोलाको पक्की पुल र शहरभरि थापिएका घर नाउँका धरापहरू ! उद्घाटन, सम्मेलन र प्रशिक्षणको नाममा भइरहेका खुल्ला वा गुप्त धन्दाहरू गन्तव्यमै अलमलिएका पीडक बन्दहरू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : सुनमायाको हाँसो

~कृष्ण बाउसे~ घर भत्किएर गाउँ खण्डहर भएको छ आफन्तका लासहरू गाडेर आँगनमा तुलसी रोपिएको छ एक छाक खाने अन्न जोगिएको छैन पुरिएका एउटै लुगा निकाल्न सकिएको छैन तर पनि सुनमाया बारी खोस्रिँदै छिन् बोटबिरुवा लगाउनु छ भनेर कोदो फलाउनुछ भनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : उनकै भयो जीत!

~कृष्ण बाउसे~ मन्दिर घुम्न जाँदा आइन् बाँदर सानी खै-खै हेरौँ भन्दै लगिन् पोको तानी। रूख चढी पोको खोतल-खातल पारिन् कति मीठो स्याउ टोकी-टोकी झारिन् ।

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : किताब

~कृष्ण बाउसे~ ज्ञानी भई पढ्नेको झोलाभित्र पस्दछु अनपढलाई चिन्दिन बरु निदाई बस्दछु। थरीथरी अक्षर पानाभरि कुँद्दछु धेरै पाना मिलेर चाङ भई सुत्दछु। हिउँ धेरै थुप्रेर बन्छ हिम–आलय मेरा आफ्नै घर हुन् सबै पुस्तकालय। हाम्रा भेट्ने चौतरी किताबका पसल तिमीलाई भेटेर … Continue reading

Posted in बाल कविता | Tagged | 1 Comment

बाल कविता : पानी

~कृष्ण बाउसे~ मूल भै फुट्छु तलतिर कुद्छु सिमसारमाथि उँघीउँघी सुत्छु। दहमा बस्छु नदी भै बग्छु

Posted in बाल कविता | Tagged | Leave a comment

कृष्ण बाउसेका चार मुक्तकहरू

~कृष्ण बाउसे~ १. न त विदूषक भएर आपसमै लडिरहेको डफ्फालाई न त पुरातन वा हिंस्रक अथवा पराईपोषक जत्थालाई मेरो चाह हो मेची-महाकालीका सबैको साझा बनाउने बाँदरको हातपरेको मेरो देशको सार्वभौमसत्तालाई । २. दुईखुट्टेहरू तँछाड-मछाड गर्दै मार्न गइरहेछन्

Posted in मुक्तक | Tagged | Leave a comment

कविता : नबिर्सनू एउटा कुरा !

~कृष्ण बाउसे~ बाटोमा काँडा नलगाउनू मूल ढोकामा आग्लो नकस्नू पर्खाललाई नअग्ल्याउनू बरू खाँवाहरू भत्काएर दलिनहरू निकाल्नू काँटीहरू उखेलेर छानो फुकाल्नू ईटा– ईटा निकाल्नू । त्यसपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : जवानी पानीजस्तो….

~कृष्ण बाउसे~ जवानी पानीजस्तो पोखे निख्रिजाने जतन गर्यौ, जोगाऊँ भन्यो , एकदिन बिग्रिजाने ! गोधूलीको घामजस्तो उसै झुकिदिने मध्यान्हको छायाँजस्तो आफैँ लुकिदिने छोडिदिऊँ मात्र भने सधैँ उडिजाने

Posted in कविता | Tagged | Leave a comment

कविता : आफ्नै परिभाषामाथि प्रश्न चिन्ह

~कृष्ण बाउसे~ जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो स्पर्शमा आउँछ एकातिर सधैँ सबैलाई जीवन बाँड्दै हिँडिरहेको निश्चिन्त हावा र अर्कातिर सधैँ चिन्तामा डुबिरहेको एउटा मान्छे । जब म बाटोमा ओहोरदोहोर गर्छु मेरो कानमा पर्छ

Posted in कविता | Tagged | Leave a comment

कविता : सम्बन्ध त्यस्तो पनि त हुनसक्छ

~कृष्ण बाउसे~ तिमी मेरो मित्र हुन सकेनौ म कसैलाई शत्रु बनाउने सोचमा छैन कृपया मलाई निरपेक्ष रहन देऊ…..तटस्थ रहन देऊ । मनभरि मुठ्ठीको माखो बनाउने माकुरेजाल बुन्दै मलाई अझ प्रगाढ मित्रता को मन्द विष नपिलाऊ ।

Posted in कविता | Tagged | Leave a comment

बाल कविता : भानुको सुवास

~कृष्ण बाउसे~ तनहुँ जिल्ला रम्घा गाम हाम्रो भानु जन्मेको ठाम । कविता रच्ने गरे काम भयो उनको ठूलो नाम ।

Posted in बाल कविता | Tagged | Leave a comment