Tag Archives: कृष्ण बजगाईं – Krishna Bajgain

लघुकथा : घोषणापत्र

~कृष्ण बजगाईं~ कोट, पाईण्ट, र्सट तथा टाइमा ठाँटिएका क्रान्तिकारी नेता पाँचतारे होटेलको सभा कक्षमा चुनावी घोषणापत्र सुनाउँदै थिए । -दश वर्षा हाम्रो वाषिर्क आय तीनहजार अमेरिकी डलर पुर्‍याउनेछौं । -देश निर्माणका महत्वपूर्ण आयोजनाहरुमा विदेशी लगानी भित्र्याउनेछौं ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लिफ्ट

~कृष्ण बजगाईं~ कार्यालय जान सुरु गरेको केही दिन पछि नै हाकिम साहेबलाई भर्याङ चढ्न गाह्रो लाग्न थाल्यो । माथिल्लो तलामा रहेको आफ्नो कोठामा पुग्न साँघुरो त्यो पनि घुमाउरो भर्याङ फन्फनी घुम्दै चढ्नु पर्दथ्यो । कोठामा पुगे पछि भेट्न आउने हरेकलाई … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : आशा

~कृष्ण बजगाईं~ उनको आवाज सुन्न चाह्यो उसले । “गोपी कृष्ण कहो” जसरी नै उनी फरर… बोल्न थालिन । शरिरको नाप नक्सा हेर्न चाह्यो उसले । उनी लजाउँदै सामुन्ने आईन । उसले आधा छोपिएको घुम्टो उघार्यो आँखैले र अधरको मुस्कान खोज्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : अनास्था

~कृष्ण बजगाईं~ आफ्नो पुस्तैनी पेशा संकटमा पर्न लागेकोले मन्दिरका पुजारीहरु चिन्तित बने । सामूहिक समस्याको रुपमा देखिएको त्यो संकट निवारणका लागि ठूलो भेलाको आयोजना गरियो । धर्मप्रति मानिसहरुको घट्दो आस्था बढ्दो महंगीमा उही बर्षौदेखिको यथावत दान-दक्षिणा र भेटी मठ-मन्दिरको जीर्ण … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कविता : ईश्वरका प्रतिनिधि

~कृष्ण बजगाई~ बेगवान घोडाका लगाम एका-एक खिच्दा सन्त्रस्त भयो वातावरण घोडाको हिनहिनाहटले। उत्रेर घोडाबाट निष्पट् सुतिरहेको सार्वभौम सडकमा कर्फ्यूको आदेश जारी गरे बुटहरूले टक्-टक्…टक्-टक्…।

Posted in कविता | Tagged | Leave a comment

नियात्रा : हिउँको कला, बरफको दरबार

~कृष्ण बजगाईं~ डिसेम्बर २६ तारखि । हिउँ परेर सेताम्मै छन् सडकहरू । फाट्टफुट्ट गाडीबाहेक अरू देखिन्न । बिहानीको सबेरमा सडकपेटीको हिउँ अझै सफा गरएिको छैन । मरुन्जेलको ठिहीमा हिउँमाथि पहिलो पाइला मेरै हुन्छ । कस्तो भने यही बेला रेल छुट्ला … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

लघुकथा : स्वर्गमा गरिबी

~कृष्ण बजगाई~ गाउँको तिरतिरे खोलाको लघु जलबिद्युत गृह मार्फत निकालिएको बिजुलीले गाउँ झलमल्ल भयो । गाउँमै पहिलोपल्ट गाविस अध्यक्षको घरमा टेलिभिजन जोडियो । टेलिभिजनबाट सबै गाउँलेहरु पहिलोपटक समाचार हेर्दै थिए ।

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : मित्रता

~कृष्ण बजगाईं~ छुल्याहा लेखक थिए एकजना । राजनेतादेखि अभिनेता, गृहणीदेखि नगरबधु, लेखकदेखि पत्रकारसम्म कसैलाई बाकी नराखी बेस्कन गाली गरेर लेख्थे । अधिकांश पाठक उनको लेख खुब पढ्छन् भन्ने भ्रम थियो सम्पादकलाई । वास्तवमा उनको लेखमा कतै आˆनो छापिएको छ कि … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : यन्त्रवत

~कृष्ण बज्गाईं~ आधुनिक शहरको एक कुनामा मानिसहरुको भीड बढ्दो थियो। भीडका मानिसहरु बडो आश्चर्य मान्दै त्यहाँ देखिएको दृष्यको मजा थिए । त्यहाँ भीड जम्मा गरेको थियो एक यन्त्रमानवले । दुरुस्त मानव झैं लाग्ने त्यस यन्त्रमानवले पूरै मानव हाउ-भाउको नक्कल गर्दथ्यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : पेंडा

~कृष्ण बज्गाईं~ हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : घुम्ने कुर्सी

~कृष्ण बज्गाईं~ कुरा धेरै अगाडिको हो । कुर्सीमा बस्ने शक्तिशाली टाउकाहरुले आफूसंग असहमत बिचार राख्ने र समाजमा आतङ्क फैलाउँने टाउकाहरुलाई कसै गर्दा पनि तह लगाउँन सकेनन् । अनि ती टाउकाहरु अराजक हुन् भन्दै ढोल पिटाए । समाजको अमनचयन शान्ति-सुरक्षा आदिमा … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment