Tag Archives: कोमल भट्ट – Komal Bhatta

गजल : चोर्न थाले अचेल भरी

~कोमल भट्ट~ सिर्जनालाई खोजी खोजी चोर्न थाले अचेल भरी लुटाहारले लुट्दा जस्तै सोर्न थाले अचेल भरी प्रस्तोता लाई हटाएर लाज र शरम पचाउँदै आफ्नै नाम र ठेगाना पो कोर्न थाले अचेल भरी

Posted in गजल | Tagged | Leave a comment

गजल : जवानी उबायो कसैले

~कोमल भट्ट~ छचल्क्यो जवानी उबायो कसैले कसी प्रेम पाशमा डुबायो कसैले अति प्रीतले मन्द मुस्कान छर्दै सुधा जल खन्याई नुवायो कसैले

Posted in गजल | Tagged | Leave a comment

गजल : नेतालाई लड्न पाए भैगो

~कोमल भट्ट~ हाम्रो देशका नेतालाई लड्न पाए भैगो जसरी नि कुर्सी माथि अड्न पाए भैगो काग जति कराउंछ पिना सुक्दै जान्छ महँगा र राम्रा वाहन चड्न पाए भैगो

Posted in गजल | Tagged | Leave a comment

गजल : टुक्रिएर रोएको छ

~कोमल भट्ट~ आज फेरि एउटा मुटु, टुक्रिएर रोएको छ जिन्दगीको खुसी हाँसो,निख्रिएर रोएको छ ll कसको आँखा लागेर हो, भताभुङ्ग भयो जम्मै प्वालै प्वाल पर्ने गरी उध्रिएर रोएको छ ll

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : रमाएर बाँचौ

~कोमल भट्ट~ (भुजङ्गप्रयात छन्द) सकेसम्म हामी रमाएर बाँचौ सधैँ नाम इज्जत् कमाएर बाँचौ नरोजौं छहारी उपेक्षा जहाँ छ नछुट्ने सहारा समाएर बाँचौ

Posted in गजल | Tagged | Leave a comment

गजल : रुवाएर गयो दशैं

~कोमल भट्ट~ परदेशीलाई धुरु धुरु रुवाएर गयो दशैं घर सम्झी आँशु मात्रै चुहाएर गयो दशैं अर्चना र पूजा आजा टिका टाला भन्दै सजाएका सपना हरु तुहाएर गयो दशैं

Posted in गजल | Tagged | Leave a comment

गज़ल : कतै मस्ती कतै पीडा

~कोमल प्रसाद भट्ट~ कतै मस्ती कतै पीडा, कतै बस्छन गुनासाले कतै भोका कतै प्यासा, कतै रुन्छन निराशाले सबैको जिन्दगी लाग्यो, कथा उस्तै व्यथा उस्तै दगुर्दै छन दिनै पिच्छे, सबै ठूला सुखाशाले

Posted in गजल | Tagged | Leave a comment

गजल : आफ्नो प्यारो जन्मभूमी

~कोमल प्रसाद भट्ट~ आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै देउरालीमा चोखो ढुङ्गो,नभेटेको धेरै भयो

Posted in गजल | Tagged | Leave a comment

गज़ल : डसेका डस्यै छन्

~कोमल भट्ट~ छिमेकीहरूले डसेका डस्यै छन् सधैँ तीक्ष्ण छुरी धसेका धस्यै छन् ll निजी स्वार्थ मात्रै छ नेताहरूमा रिझाएर चिल्लो घसेका घस्यै छन् ll

Posted in गजल | Tagged | Leave a comment

गज़ल : दुखाइ दिन्छु

~कोमल भट्ट~ दुख्दछ जिन्दगी दुखाइ दिन्छु आँसु छ नेत्रमा चुहाइ दिन्छु रात र दिन नै भयो अशान्ति सक्दिन हाँस्न नै रुवाइ दिन्छु

Posted in गजल | Tagged | Leave a comment

गज़ल : दियो लात धेरै

~कोमल भट्ट~ छिमेकी छ लुच्चो दियो लात धेरै सधैँ गर्न थाल्यो खुराफात धेरै ll छुरी तीक्ष्ण धस्दा दुख्यो भित्र हाम्रो मिलेको छ धोका तथा घात धेरै ll

Posted in गजल | Tagged | Leave a comment

गज़ल : सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले

~कोमल भट्ट~ सुका मानु घिउ खाएँ,भन्नु हुन्थ्यो बाले अठन्नीमा लुगा लाएँ,भन्नु हुन्थ्यो बाले ईमान्दारी थिए धेरै,जाली फटाहा भन्दा शान्ति सँग बाँच्न पाएँ,भन्नु हुन्थ्यो बाले

Posted in गजल | Tagged | Leave a comment

लघुकथा : धोकेवाज तथा पत्थर दिल मान्छे !

~कोमल भट्ट~ इशु र इशान – केहि समय कार्यक्षेत्र एउटै थियो,पछी फेरियो । अत्यन्तै गाढा प्रेम थियो दुवैमा । भर्खरै २०/२२ मा प्रवेश गरेका यिनीहरु एक अर्काप्रतिको असिमित चाहना र समर्पणले गर्दा घन्टौ घण्टाको कुराइ,लामो प्रतिक्षाको थकाइ ,यता उता हेर्दाहेर्दै … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment