Tag Archives: किरण थेबे लिम्बू – Kiran T Limbu

कविता : भो देख्दिन सपना

~किरण थेबे लिम्बू~ मैले साँचेको सपनालाई विपनाले भाँचे पछि भो, देख्तिन, अरु झुटा सपनाहरु म, विपनामै ठगिए पछि, म हिँडेको समयलाई विगतले टेके पछि भो, फकिन्र्न त्यो बुढो अतीतमा मैले भोलिको बिहानी पाए पछि,

Posted in कविता | Tagged | Leave a comment

Poem : Time after Time

~Kiran T Limbu~ There is a beautiful moment where I can see your face, Which exists only between time and space Time shreds space  and wears off fashion, And leaves us hopeless for our precious compassion

Posted in Poem | Tagged | Leave a comment

गजल : प्यारो लाग्छ

~किरण टि लिम्बू~ जून तिमी मुस्कुराउँदा अँधेरी नै प्यारो लाग्छ सपनीमा उनी आउँदा निदरी नै प्यारो लाग्छ जिन्दगीको खुसी खोज्न धेरै टाढा गए पनि किन होला आफ्नै घरको मझेरी नै प्यारो लाग्छ

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरा जीवनका सुस्वानुभूतिहरु

~किरण टि लिम्बू~ जिन्दगीको सही अर्थ नै जीवन बोध हुनु हो जीवनप्रति बोधगम्य हुनु नै सही जीवन हो दिनको उज्यालोमा मात्र हाँस्ने जीवन के जीवन ? जीवनको अँध्यारो भित्र पनि बाँच्न सिकौं। दिनलाई आफ्नो स्वार्थमा मात्र जगाउने होइन अनि रातलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : मैले गुडाउनु कसोरी

~किरण टी. लिम्बु~ गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी, ठेस लागी दुखेको पाइलालाई अघि बढाउनु कसोरी विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा, तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी

Posted in गजल | Tagged | Leave a comment

गजल : मैले गुडाउनु कसोरी

~किरण टी लिम्बू~ गन्तव्य पुग्न जीवनलाई मैले गुडाउनु कसोरी, ठेस लागी दुःखेको पाइलालाई अघि बढाउनु कसोरी । विगतलाई पछि फर्केर मैले एक पल्ट नियाल्दा, तिमीले दिएको खुसीको पललाई भुलाउनु कसोरी ।

Posted in गजल | Tagged | Leave a comment

गजल : पानी-झरी परे पछि

~किरण टी लिम्बू ~ घाम हाँस्छ धर्ती हेर्दै पानी-झरी परे पछि, त्यसै गरि नयन हाँस्छ धेरै आँसु झरे पछि ॥ जिउँदो हुँदा वास्ता छैन मानिसलाई मानिसकै, ‘ला बाबै खा केरा ‘भन्छन आफ्नो मरे पछि ॥

Posted in गजल | Tagged | Leave a comment

गजल : नींद नहुने भए सपनीको

~किरण टी लिम्बू ~ नींद नहुने भए सपनीको के नै अर्थ हुन्छ र रात नहुने भए बिहानीको के नै अर्थ हुन्छ र ।। यो अर्थै-अर्थले जेलिएर अल्झेको मायावी संसारमा, माया नभएको भए जिन्दगानीको के नै अर्थ हुन्छ र ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : बिहानीको शीत

~किरण टि लिम्बु~ बिहानीको किरण ओडि मोती बन्छे शित। शित उडी बादलुको लुक्छे घुम्टो भित्र।। शित जस्तै उडी जाने सास हाम्रो एक् दिन्। ‘जिवन’ हाम्रो के हो आखिर्? सोची हेरौँ एक छिन्।।

Posted in कविता | Tagged | Leave a comment

गजल : नसोध मलाई कस्तो छौ भनि

~किरण टि लिम्बू~ नसोध मलाई कस्तो छौ भनि भन्नु नै बेकार छ, तिरष्कृत जीवन बाँचेको भन्दा मर्नु नै स्वीकार छ || खुसीको रंगिन सपना भित्र बाँचेको संसारमा, आँसुको तिक्त रोदन भित्र पीडाको झंकार छ ||

Posted in गजल | Tagged | Leave a comment

गज़ल : घाईते मनलाई के दिन्छ्यौ

~किरण टि लिम्बू ~ घाईते मनलाई के दिन्छ्यौ पीडा दुख्दैन उन्दा झीरमा पनि , रुझेको मनलाई के दिन्छ्यौ आँसु रुँदिन अब पीरमा पनि || खुसीमा मात्रै के दिन्छ्यौ हाँसो हाँसेर रमाउ आँसुमा पनि , बागमा मात्रै नरमाउ तिमी फूलहरु फुल्छन … Continue reading

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु भित्र धड्कनमा

~किरण टी लिम्बु~ मुटु भित्र धड्कनमा तिमीलाई नै पाई रहेँ, साँचो माया नपाए नि तिमीलाई नै चाही रहेँ ॥ सम्झनाको तरेलीमा यादहरु बगी आउँदा, तिम्रै नाम परेलीमा गीत लेखी गाइ रहेँ, ॥

Posted in गजल | Tagged | Leave a comment