Tag Archives: केशव गाह – Keshab Gaha

गजल : खुशीले भरिने छ अवश्य

~केशव गाह ‘पाल्पाली’~ चम्किने छ नेपाल छिट्टै खुशीले भरिने छ अवश्य हटाएर अँध्यारो यहाँ उज्यालो छरिने छ अवश्य प्रकृतिले दिएको पीडा बिर्सेर हामी सबै नेपाली देउराली भञ्ज्याङ पुनः मुस्काई झरिने छ अवश्य

Posted in गजल | Tagged | Leave a comment

गजल : दूरी समय कम्ति छ

~केशव गाहा ‘पाल्पाली’~ लामो छ बाटो काट्नु छ दूरी समय कम्ति छ । फर्किनु पर्छ गन्तव्य चुमी समय कम्ति छ ।। अन्याय मेटी न्यायको दीप बाल्नु छ हामीले । जुटौँ है अब गरिब–दुःखी समय कम्ति छ ।।

Posted in गजल | Tagged | Leave a comment

कविता : छानो चुहिने बलेनी

~केशव गाहा ‘पाल्पाली’~ झुपडी सानो खरको छानो चुहिने बलेनी सकेको छैन टिनले टाल्न जति नै गरे नि ।१। गाह«ो छ सारै जीउन यहाँ दुःखीको जिन्दगी बाँच्ने छ गाँठे तैपनि अझै कर्मले ठगे नि ।२।

Posted in कविता | Tagged | Leave a comment

गजल : सिमानामा कराएर

~केशव गाहा ‘पाल्पाली’~ कहाँ मिल्छ समाधान सिमानामा कराएर । कस्तो पहिचान खोज्यौ देशलाई हराएर ।। माया गर देशलाई तिमी नेपाली हौ भने । ठूलो गल्ती गरेका छौ देशै बन्दी गराएर ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सत्तामा बसेर

~केवश गाहा “पाल्पाली”~ अस्तित्व मेट्ने कुचाल चले सत्तामा बसेर बैरीकै पाउ लौ फेरि दले सत्तामा बसेर ।१। देशका निम्ति आहुति दिन्छु हमेशा भन्नेले हेर त आज जनता छले सत्तामा बसेर ।२।

Posted in गजल | Tagged | Leave a comment

गजल : पर्छ देश बचाउन

~केशव गाह~ नौलो जनक्रान्ति हाँक्नै पर्छ देश बचाउन प्रदेशका युवा डाक्नै पर्छ देश बचाउन सधैभरि देशलाई लुटिखाने लुटेराहरूलाई गर्धनमा पक्री जाक्नै पर्छ देश बचाउन

Posted in गजल | Tagged | Leave a comment

कविता : श्रीमतिको गुनासो

~केशव गाहा ‘पाल्पाली’~ नजाऊ भो बुढा परदेश बसौँ बाख्रा पालेर लगाउँछु बरू फाटेका यी गुन्यू चोली टालेर मेहनत गरे यहीँ फल्न सक्छन् बाला सुनका

Posted in कविता | Tagged | Leave a comment

गजल : काम देउ सरकार

~केशव गाहा ‘पाल्पाली’~ मुग्लानमा पस्दिनँ म काम देउ सरकार जुठा भाँडा घस्दिनँ म काम देउ सरकार के यो देश मेरो पनि जन्मभूमी होइन र ? बिदेशमा बस्दिनँ म काम देउ सरकार

Posted in गजल | Tagged | Leave a comment

गजल : कुन प्रदेशमा पर्‍यौ ?

~केशव गाहा ‘पाल्पाली’~ नेताद्वारा झुटिएर कुन प्रदेशमा पर्‍यौ ? गयौ साथी छुटिएर कुन प्रदेशमा पर्‍यौ ? नेपालको झण्डामुनि सँगसँगै थियौँ हामी भावनामा लुटिएर कुन प्रदेशमा पर्‍यौ ?

Posted in गजल | Tagged | Leave a comment

गजल : शीर कस्लाई पर्‍यो

~केशव गाहा ‘पाल्पाली’~ पाउ कस्लाई पर्‍यो शीर कस्लाई पर्‍यो टुक्रा पारिइन आमा पीर कस्लाई पर्‍यो ? लुछातानको खेल खेले छातीमा टेकी तन ढाकेको उनको चीर कसलाई पर्‍यो ?

Posted in गजल | Tagged | Leave a comment

गजल : हो साथी

~केशव गाहा ‘पाल्पाली’~ देशका निम्ति सङ्घीयता घातक हो साथी । देश टुक्रा टुक्रा हुनु हानिकारक हो साथी ।। अखण्ड हाम्रो देशलाई खण्ड खण्ड पारी । सुशासन हुन्छ भन्नु एक नाटक हो साथी ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : सुक्नुभन्दा अघि उठौँ

~केशव गाह~ शरीरको तातो खुन सुक्नुभन्दा अघि उठौँ सगरमाथाको शिर झुक्नुभन्दा अघि उठौँ तनभरी जताततै काटिएका घाऊहरू भित्रभित्रै झन बढी दुख्नुभन्दा अघि उठौँ

Posted in गजल | Tagged | Leave a comment