Tag Archives: Jeeva Raj Budhathoki

छन्दबद्ध गजल : द्वार खाेली दिन्छुु

~जीवराज बुढाथोकी~ छन्द: सगरमाथा बस्छाै भने अँखामा यी, परेलीका, द्वार खाेली दिन्छुु । सुन्छाै भने आत्मामा त्यो, सुसेलीकाे, मर्म घाेली दिन्छु । चाहिन्छ यो ज्यानै मेरो, भनेनी त्यो, पीर केही छैन, सक्छाै भने मागे हुन्थ्याे, मनै छेड्ने, आज गाेली दिन्छु … Continue reading

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : किन भन्नु पर्याे ?

~जीवराज बुढाथोकी~ सयमा कति छाै किन भन्नु पर्याे ? अनुमान सही किन गन्नु पर्याे ? नचिनी नबुझी कति छाै गहिराे, सतही नहरै किन खन्नु पर्याे ?

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : अब जीन्दगी रहरै भयो

~जीवराज बुढाथोकी~ रमिते सधैं कसरी बनौं, अब जीन्दगी रहरै भयो । दिनरात बर्ष सबै गनी, अब जे छ त्यो कहरै भयो । अब वीरगञ्ज खुल्यो भनी, किन मख्ख पर्नु रमाउँदै, अनुमान त्यो सहजै गरौं, जसरी हिंजो जहरै भयो ।

Posted in गजल | Tagged | Leave a comment

बहरद्ध गजल : यो जवानी ढल्कियो

~जीवराज बुढाथोकी~ सुन्दरीको बातमा, यो जवानी ढल्कियो । छैन केही हातमा, यो जवानी ढल्कियो । सोचियो यस्तै त हो, जिन्दगानी आखिर, भो नि मस्ती मातमा, यो जवानी ढल्कियो ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कस्तो जमाना हरे

~जीवराज बुढाथोकी~ सुन्दैन भन्दा कुनै, कस्तो जमाना हरे । गर्दैन धन्दा कुनै, कस्तो जमाना हरे । कंगाल बन्दै गए, जन्ता सबै हेर त्यो, छोड्दैन चन्दा कुनै, कस्तो जमाना हरे ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : बेदना बर्षियो

~जीवराज बुढाथोकी~ रोग भै देशको, बेदना बर्षियो । मार्ग त्यो शान्तिको, गर्भमै अल्झियो । भावना ती अझै, जीवितै छन् तर, हेर पासा कता, बिपरीत् फर्कियो ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : रहर नै थिएन

~जीवराज बुढाथोकी~ म टाढा हुने त्यो, रहर नै थिएन । हुनेछौ तिमी नै, ठहर नै थिएन । नभेटे सुने क्यै कता पो हरायौ, नअत्तो नपत्तो खबर नै थिएन ।

Posted in गजल | Tagged | Leave a comment

गीति कविता : विडम्बना

~जीवराज बुढाथोकी~ कस्तो यो विडम्बना, कस्तो यो अनर्थ, हुन्छ के–के जीन्दगीमा, के–के आइपर्छ ।। दैवले न साथ दिन्छ, न सहयोग गर्छ, चाहानाको फूल सधैं, हावा बिनै झर्छ ।। न त हुन्छन् इच्छा पूरा, न विपत्ति टर्छ….

Posted in गीति कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~ कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ । कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ । नर्तकी नाच्ने कसैको, भावभङ्गी चाल त्यो, गीत अर्कै ताल अर्कै, गाउँछन् भाका नयाँ ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : भेषमा बाचा नयाँ

~जीवराज बुढाथोकी~ कोहि गर्ने नक्कली त्यो, भेषमा बाचा नयाँ । कोहि रच्ने स्वांग उस्तै, देशकै राजा नयाँ । नर्तकी नाच्छे कसैको, भावभङ्गी चालमा, गीत उस्तै ताल उस्तै, गाउँछन् भाका नयाँ ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : के पोखौं म

~जीवराज बुढाथोकी~ भन्ने कुरा छन धेर खै, के पोखौं म । सुन्ने न भै त्यस्तो कतै, के पोखौं म । टाढै भए मुग्लानिया, छोरा नाति, पीडा रुँदै पर्देश गै के, पोखौं म ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कुरा उम्केर गै

~जीवराज बुढाथोकी~ पोख्न थालें मन्का कुरा उम्केर गै । छेक्न थालें बाटो जसै झम्टेर गै । लोभलाग्दा आँखा थिए सेता लुगा, कम्मरै त्यो मर्काउँदै भागेर गै ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : भन्नलार्इ भने भैगो

~जीवराज बुढाथोकी~ भन्नु थियो भन्नलार्इ भने भैगो । जानु थियो आफ्नु बाटो गए भैगो । जान्छ के नै मर्छ मान्छे तरी आँखै, बाँच्नलार्इ एक मुठ्ठी बचे भैगो ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : नेपालकै माया लाग्छ

~जीवराज बुढाथोकी~ नेपाली म नेपालकै माया लाग्छ । राम्रो भेष उस्तै मिठो भाषा लाग्छ । पर्बत ताल, खोला नदी आफ्नै जाति, डाँडा फाँट थुम्का सबै खासा लाग्छ ।

Posted in गजल | Tagged | Leave a comment

कविता : धौलागिरी र लालीगुराँस

~जीवराज बुढाथोकी~ धौलागिरीको फराकिलो आगनमा, ढकमक्क लालीगुराँस अयो पाहुना, बसन्तको सुरम्य यो मध्यमाझमा, आहा साँच्चै कति आनन्द हृदयमा !! सेतो फेटा गुथे झैं यो धौलागिरी, रातै फूलेको गुराँसले आँखै तिरिमिरी,

Posted in कविता | Tagged | Leave a comment

गजल : मात लाग्यो मलाई !

~जीवराज बुढाथोकी~ ती नजरको नशाले, मात लाग्यो मलाई ! अनाहकमा किन यो, वात लाग्यो मलाई !! छचल्किएर जवानी, खेरै जान लाग्दा त्यो, दिनदहाडै किन हो, रात लाग्यो मलाई !!

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो गोरुको बाह्रै टक्का

~जीवराज बुढाथोकी~ चल्छ यहाँ सधैं, जताततै पञ्जाछक्का ! भन्छन् सबै, मेरो गोरुको बाह्रै टक्का !! एक नेता अर्को नेताको कुरा, सुन्दो हो, दुनियाँ सधैं सुखी हुँदो हो, देश बन्दो हो, तर यहाँ एकले लाउँछ अर्कोलाई धक्का,

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : कस्ताे नशा

~जीवराज बुढाथोकी~ प्यूँनै नपा’र्इ झुम्म भै, लागेछ याे, कस्ताे नशा । हाेस्मै रहें, बेहाेस भै, खै के भयाे, कस्ताे नशा । नामै सुरा, ती सुन्दरी, के-के नशा, धेरै कति, कक्टेल भै, लागे छ याे, साह्रै चढ्यो, कस्ताे नशा ।

Posted in गजल | Tagged | Leave a comment

गजल : थलमा हुन्छ रे !

~जीवराज बुढाथोकी~ हात्ती बलियो, थलमा हुन्छ रे ! गोही बलियो, जलमा हुन्छ रे !! बाहिर जति, गफ दिए पनि, नेता बलियो, दलमा हुन्छ रे !!

Posted in गजल | Tagged | Leave a comment

गजल : शिकार फसाउन यहाँ !

~जीवराज बुढाथोकी~ नाका पर्खनु पर्छ, शिकार फसाउन यहाँ ! ठाँउमा पस्नु पर्छ, दुनिया कजाउन यहाँ !! मानब होस् या, पशुप्राणी सबैको दाउ यही, नाका भेट्टाए सहज्, सबै तहलाउन यहाँ !!

Posted in गजल | Tagged | Leave a comment

गजल : बाँदर त बाँदर नै हो !

~जीवराज बुढाथोकी~ आचारण असहिष्णु बनेपछि, बाँदर त बाँदर नै हो ! जनतालाई शत्रुमै गनेपछि, बाँदर त बाँदर नै हो !! जनता यसलाई कति माया गर्छन फलफूल दिन्छन, तर यिन्कै कठालो समातेपछि, बाँदर त बाँदर नै हो !!

Posted in गजल | Tagged | Leave a comment

गजल : के छ मेरो कसुर

~जीवराज बुढाथोकी~ नागरिक भै जन्मे म यो देशमा, के छ मेरो कसुर, राखे उचित कुरा यो परिवेशमा, के छ मेरो कसुर !! लोकतन्त्रको फल चाख्ने, मेरोपनि त हक छ हजुर, हिड्नु पर्ने सधैं दुःखी यो भेषमा, के छ मेरो कसुर … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : झझल्को उनको

~जीवराज बुढाथोकी~ हुन्थ्यो उनको, चिठी नआए, हुन्थ्यो उनको, फोनले नगाए, विरक्तीमा सधैं, हराएको पहर्, हुन्थ्यो उनको, मन नपलाए !! हुन्थ्यो उनको, याद नसताए, उनको झल्कोले, नअल्मलाए,

Posted in कविता | Tagged | Leave a comment

कविता : अमेरिकी रोपार्नी

~जीवराज बुढाथोकी~ यी नौली युवती, उपत्यकाको खेतमा रोपाइ गर्दै हिलोमा गडेका, ती सेता पिडुला पछि पछि सर्दै !!! उनी टुरिष्ट हुन् रे ! हालै अमेरिकाबाट आएकी आषाढ पन्ध्रको मेलामा, गाउँको खेत धाएकी !! जिन्सको छोटो कट्टु, अर्धाङ्ग पहिरनमा जमेकी

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : मैले हार्न खोजे

~जीवराज बुढाथोकी~ नसोचेकै भयो, मैले हार्न खोजे । भयो हारेर के, बाधा टार्न खोजे । नजाने पन्थको, सोध्नै हुन्न बाटो, त्यसैले आज चाहानै मार्न खोजे ।

Posted in गजल | Tagged | Leave a comment

छन्दाबद्ध गजल : आवास छैन खाना छैन त्यो

~जीवराज बुढाथोकी~ छन्द: कोशी भूकम्प आयो विनाश गर्यो, आवास छैन खाना छैन त्यो । नांगो छ छाती जतापनि यो, ढाकेर हिड्न नाना छैन त्यो । ध्वस्तै भयो सव् थियो जति जे, सम्पत्ति माल पत्तो नै नभै, आकाश हेर्दै विसंगतिमा, सुत्नै … Continue reading

Posted in गजल | Tagged | Leave a comment

कविता : मङ्गलग्रह जाने ?

~जीवराज बुढाथोकी~ अखवारहरुमा छायो, अनौठो समाचार हवाला अनलाइन, वीवीसीको सदावहार सन् २०२२ सम्ममा, कोलनी बसाउँने मंगलग्रहमा योजना, कार्यान्वयन ल्याउँने ।। मार्स वान नामको, कम्पनीको अनुरोधमा एकलाख बढी आवेदन, परिसके होडमा त्यहाँ भनिएको छ जानेमात्र, फर्कने हैन तापनि मंगलग्रहको आकर्षणमा कमी … Continue reading

Posted in कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : हरे! आफै नजानी त्यो

~जीवराज बुढाथोकी~ कसैको जालमा बल्झें, हरे! आफै नजानी त्यो । उठाएँ कष्ट ती कैयौ, अझै केही नठानी त्यो । कहाँ भन्ने कता पोख्ने, गुनासोका थुप्रै भारी, दुखेसो को सुनी दिने ? नसोचेको कहानी त्यो ।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : कहाँ खाेजिएन ?

~जीवराज बुढाथोकी~ सवै ठाउँ माया, कहाँ खाेजिएन ? जहाँ खाेजुँ भन्थें, कहीं भेटिएन । अधूराे रह्याे त्याे, अपेक्षा सधैंकाे, नभेटे नि चित्त, बुझेकाे थिएन ।

Posted in गजल | Tagged | Leave a comment

गजल : मन’को घर होस

~जीवराज बुढाथोकी~ सुन्दर एउटा मन’को घर होस ! सधैंभरि गृहलक्ष्मी’को भर होस !! थकाइले चुर भई, पुग्दा घरमा, भरि गिलास दुधमा’थि तर होस !!

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : मरेर गै सकेपछि

~जीवराज बुढाथोकी~ गरौं र के म सम्झना, मरेर गै सकेपछि । टिपौं र फूल आज ती? झरेर गै सकेपछि । कथा सरी छ सम्झना, किनारमै सुसाउने, सुनाउँ के तिमी नदी, तरेर गै सकेपछि ।

Posted in गजल | Tagged | Leave a comment

गजल : लाग्छ किन ?

~जीवराज बुढाथोकी~ तनमा आगो, लाग्छ किन ? पानीको प्यास, जाग्छ किन ?? पाइन्न कतै, खोजी उत्तर्, तैपनि आत्मा, माग्छ किन ??

Posted in गजल | Tagged | Leave a comment