Tag Archives: Jaya Sharma

कविता : निन्द्रा

~जया शर्मा~ कति पढ्नु उस्तै-उस्तै समाचारहरू ? कति सुन्नु उस्तै-उस्तै खबरहरू ? लुटिएछ अस्मिता मुस्कुराइरहेकी चाँदनीको च्यातिएछ फरिया लजाइरहेकी सन्ध्याको उड्नै खोजेको पखेटा काटिएछ मैनाको बुन्दै गरेको सपना चुँडिएछ नैनसराको।

Posted in कविता | Tagged | Leave a comment