Tag Archives: जसराज किराँती – Jasraj Kirati

कविता : पहाडकी केटी

~जसराज किराँती~ हिमनदीहरू बोकेर मेरो शरीर बगिरहेछ म हिमाल भइरहेछु कहीँ म ढुङ्गाबाट ओर्लिएको हुँ कहीँ म रूखबाट झरेको हुँ अक्सर पग्लिएर/बगेर पहाडकी केटीलाई जिस्क्याउँदै/जिस्किँदै हिँडिरहेको हुँ। छिटको गुन्यू लगाएकी पहाडकी केटीलाई म त्यस्तै हिमाल जन्माउन दिन्छु त्यो हिमालसँग बोल्न … Continue reading

Posted in कविता | Tagged | 1 Comment

कविता : मेरो जन्म

~जसराज किराँती~ झुप्रामा ज्युनु र दस लाख अँध्याराहरूमा मर्नु रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु देश हुनु र देश नहुनु बाटाहरू सर्प–रङको पल्टिनु र यात्रीहरू तारा–रङमा हराउनु लहरहरू हुनु र किनाराहरू नहुनु एउटा राष्ट्र हुनु लाग्छ— म त्यस बेला … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : आज राति

~जसराज किराँती~ वैशाखमा ओभरकोट ओढेर आलो घाम, मरुभूमिको यात्राबाट आज राति मेरो कोठाभित्र वास खोज्न आइपुग्दै छ । आ, कत्रो अत्यास लागेको मलाई सम्पूर्ण आकाश मध्यराततिर नाङ्गिएर ऐठन गर्न आउँछ प्यारा प्यारा सम्झनाहरु र मीठा सपनाहरु अङ्गालोबाट उम्किन्छन् भागे तिनीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment