Tag Archives: ईन्द्र नारथुङ्गे – Indra Narthunge

गीत : पानी सुनकोशी सुन

~ईन्द्र नारथुङ्गे~ दुध कोशीको दुधै पानी सुनकोशी सुन उमेर भन्दा महंगो भो मदेशको नुन अग्लो भन्नु टेम्के डाँडो सेल्मे हाराहारी ढाक्रे दाइको तोक्मा भन्छ कहाँ बिसाउँ भारी छोरानाती जन्मे हुर्के, अहिले लाखापाखा

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : के म चुप बस्न सकूँला ?

~ईन्द्र नारथुङ्गे~ म जन्मिएको साल पञ्जिकाधिकारीले छुटायो लेख्न मेरो नाम सरकारको बहिखातामा र, तीन बर्षसम्म बेखबर हुर्किरहें । चार बर्षको उमेरमा पहिलोपटक प्रयोग गर्यो राज्यले ममाथि

Posted in कविता | Tagged | Leave a comment

कविता : कोकोम्हेँदो, भूइँचालो र राहत

~इन्द्र नारथुङ्गे~ सरकार ! जाबो एउटा पाल र, दुई छाक चामलको लागि बल्झाएर पीडाहरु खोतलेर खाटा बस्दै गरेको घाउ उभिएर ठिङ्ग लाइनमा लाउदै न्याउरो अनुहार क्यामेराको क्लिकसँग साट्दै भुइँचालोपछिको उदाशी थाप्नु अपमान र निराशा भो आउदिन म राहत वितरण केन्द्रमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : धर्मको नाममा

~ईन्द्र नारथुङ्गे~ छेवैमा चारो टिपिरहेको माउपोथीलाई देखेर घाँटीको जगर फुलाउँदै उसैउसै चर्को स्वरमा जवानी गाइरहेको जक्खु भालेलाई पक्रिएर… एउटा ढुङ्गालाई थपना राख्छ मान्छे र, सिरुपाते खुकुरी निकालेर भालेको टाउको छिनाउँदै धर्म गरें भनी मख्ख पर्छ । आफू झैं मृत्यु पर्खिरहेको … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यूपछिको जीवन

~ईन्द्र नारथुङ्गे~ प्रत्येक उभौलीमा… प्रत्येक छौवामा सापादु भरीको वासिम नछुङ्ले फलाक्ने “लेभेनेउ” सँगै “खाली” को नाममा दायलुङमा खनिन्दा प्रत्येक किरातीले आफ्नो सौन्दर्य भेट्ने गर्छ, तर, मरेपछि बाँच्न र, “खाली” भएर दायलुङमा बस्न त्यति सजिलो छैन किरातीलाई ।

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत ईश्वरको नाममा

~ईन्द्र नारथुङ्गे~ जब मन्दिरबाट, जीवन गाइरहेका चराहरुको लय पछ्याउँदै क्रमबद्ध बज्न थाल्छ घण्टाको टङ् टङ् र, म चेतनालाई छोपेर ढुकढुकीले रामनाम जपिरहन्छु । जब चर्चको आँखी झ्यालहरुबाट फुत्त-फुत्त निस्किएर झन्कार संगीतको फैलिएर हावाको तरङ्गमा पातहरुलाई नचाउन थाल्छ र, म एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

छोक : इन्द्रेणी गीत

~ईन्द्र नारथुङ्गे~ घाम र पानी चढेर बायूपंखी घोडा समयको जब सँगै झर्छन् धर्तिमा… तब, आकाशले इन्द्रेणी माला लाउँछ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : ब्रम्हप्रसाद, म र देश

~ईन्द्र नारथुङ्गे~ पसेर ‘नो हलाल’ लेखिएको दोकानमा ङिच्च हिमाल हाँसिरहेको पौराणिक डोजरको एक किलो ज्यान चुक घोप्टिएको प्लास्टिक थैलीमा बाँधेर युद्ध जितेको सिपाहीको रवाफमा ब्रम्हप्रसाद उपाध्याय कोठा छिर्छन् र,

Posted in कविता | Tagged | Leave a comment

कविता : कुखुरी काँ…

~ईन्द्र नारथुङ्गे~ रातको तेश्रो प्रहर निक्कै टाढा एउटा भाले बास्यो कुखुरी काँ…. सधैं झैं ऊ बास्यो र, फेरी पनि बास्यो कुखुरी काँ …. भाले बास्नु उस्को दिनचर्या या भनौ भाले हुनुको कर्तब्य ऊ बास्नुमा न कसैले स्याबासी नै दिन्थे

Posted in कविता | Tagged | Leave a comment