Tag Archives: इन्द्रकुमार श्रेष्ठ ‘सरित’ – Indra Kumar Shrestha ‘Sarit’

यौनकथा : आत्माश्लाघा

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ हुन त यो सडकलाई मैले एकोहोरो हेरिरहनुको कुनै अर्थ छैन, तैपनि मलाई यो हिस्सी नपरेको अँध्यारमुखे सडकलाई किन-किन, त्यसै-त्यसै एकोहोरो हेरिरहन मन लाग्छ । तर बिहानै सैनिकहरूको एक हलले जब यसको एकाग्रतालाई भङ्ग गरिदिन्छ, मलाई धारेहात लगाएर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : बुन्दै गरेको डोकोमा नबुनिएका सपनाहरु

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ सम्झना गर्दिन भन्दा पनि अतीत पटकपटक उसको अाँखाअगाडि उभिन आइपुग्छ । फुल्न खोज्ने सपनाहरु, पखेटा फिंजाएर उड्न खोज्ने मनका रहरहरु र बादलको माथिमाथि उड्ने एउटा सङ्लो मनको धमिलो आकृति अगाडि आइपुग्छ र समयले गतिकासाथ हिंड्नेक्रममा उडाएको धूलोले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : अभिमन्यू

~इन्द्रकुमार श्रेष्ठ “सरित”~ कहाँ, कहिले र कोद्वारा चक्रव्युह बिछ्याइएन ? कहिले रणसङ्ग्राममा कहिले सन्धिसम्झौताहरूमा कहिले गालीमा त कहिले मिठो बोलीमा पटकपटक भएको छ षडयन्त्र सहकार्यको अभिनयमा कहाँकहाँमात्रै धोका भएन ? पाइलापाइलामा बिछ्याइएको छ बम

Posted in कविता | Tagged | Leave a comment

कविता : जँघार तर्ने साँघु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित’~ छाती चिरेर देखाउनू छैन सम्भव बोलीमा छैन कसैलाई विश्वास छ त केवल त्राशमा विश्वासमा अघाए नि छैन जीवनमा सूख भोकाए नि केवल साथमा मात्रै दूःख छ शंका, त्राश र उकूसमूकूस केवल जीवन पानी बिनाको माछो हो कि … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : मात्र एउटा घर

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बिहानीको आगमनसँगै एक हुल भँगेराहरु चाँचाँ र चुँचुँ गर्दै मेरो झ्यालमा ठोक्किन आइपुग्छन लहरिएका मनिप्लान्टमा लुकामारी खेल्छन निरन्तर मलाई उनीहरुको खेल हेर्न बाध्य पार्छन । एउटा न्यानो बिहानी म भँगेराहरुको चर्तिकला हेरेरै बिताउँछु थोरै चारो फालेर तिनीहरुलाई … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : नयाँ विहानी यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ नयाँ यूगको नयाँ विहानीमा विचारको आड लिएर सपनाहरु चल्ला कोरल्न ओथारो बसेका छन् सबै आशालू छन् परिणाम सकारात्मक हूने नै छ एउटा यूगपछि आएको विहानी आशा र प्रतीक्षाका कहालीलाग्दा अंध्यारा रातहरु काटेर यो प्राप्ति , यो उज्यालो … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : छेक्न पाए पनि हुन्थ्यो

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ लम्की लम्की आउने रातलाई छेक्न पाए पनि हुन्थ्यो मेरी मायालुलार्इ उजेलीमै देख्न पाए पनि हुन्थ्यो । दिन बित्छ क्षणभरमै तर रात किन लामो हुन्छ छटपटीको कथा मैले जम्मै लेख्न पाए पनि हुन्थ्यो ।

Posted in गजल | Tagged | Leave a comment

कविता : रुखमा बस्ने चमेराहरु

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ हिंडन् बाटा छन् स्पष्ट लक्ष्य छन् प्रष्टै आँट छ, जोश छ, जाँगर छ तर सहज छैन यात्रा यत्रतत्र छन् नदेखिने अप्ठ्याराहरु बगलीमा छूरा राख्नेहरु नै रामनाम ओडेर मूखले गर्छन् राम राम सीताराम । जंघार तर्न नदिन शिखण्डीहरु … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : तिमी पानी नसम्झ

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ आँसु बहेको छ मेरो तिमी पानी नसम्झ मनको व्यथालाई भो तिमी कहानी नसम्झ । मैले पनि जुनजस्तै हाँस्न खोजेकै लिएं रुवायो नियतिले यसलाई बानी नसम्झ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : रात छ बेइमान

~इन्द्रकूमार श्रेष्ठ ‘सरित्’~ उजेलीमै भेट हजूर रात छ बेइमान अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान । भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ अनर्थ होला बेहोसीमा मात छ बेइमान ।

Posted in गजल | Tagged | Leave a comment

कथा : जून फुलेको रात

~इन्द्रकुमार श्रेष्ठ ‘सरित’~ बुङमती क्षेत्रमा निर्माणधिन संयुक्त आवास गृहहरूका प्रत्येक कार्यालयहरूमा उसले चहारेको यो दोश्रो पटक हो । तर जति बिन्तीभाउ गरे पनि आज पनि हात लाग्य शून्य नै । कहीं कतैबाट एउटा पनि विज्ञापनको जोहो हुन सकेन । दिनभरिको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : नसमाउ हात मेरा तिमीलाई बात लाग्ला

~इन्द्रकुमार श्रेष्र्ठ ‘ सरित् ‘~ नसमाउ हात मेरा तिमीलाई बात लाग्ला पिउंदै नपिई जवानीको चर्को मात लाग्ला । नपठाउ भो दिन दिनै मायाका चिट्ठीहरु मेरो सानो मनमा चिट्ठीको ठुलो खात लाग्ला ।

Posted in गजल | Tagged | Leave a comment

कथा : एउटा कथा लेख्नु छ

~ इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ एउटा कथा लेख्नु छ, यही सम्झेर सुशान्तलाई रातभरि निन्द्रा लागेन । भोलिपल्ट कार्यालयमा पनि दिनभरि उसले छटपटी बेहोररिह्यो । सुत्दा, उठ्दा, खाँदा, काम गर्दा जत्तिखेर पनि एउटा नवीन कथा लेख्ने हुटहुटीले उसलाई गाँजिरह्यो । आफ्ना मित्रमण्डलीसमक्ष … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : यो परिणति

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ आफ्नै आँखाअगाडि थुप्रिएको भग्नावशेष देखेर पनि दिलमायालाई विश्वास लागिरहेको थिएन, अब यहाँ घर होइन, केवल तिनका भग्नावशेष मात्र छन् भनेर। केहीअघिसम्म यहाँ गुजुमुज्ज परेका घरैघर थिए। विद्यालय जान हतारिएका नानीहरूको हल्लाखल्ला, प्रेसरकुकरको सिट्ठी र काममा जानेहरूको खलबलले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : उजेलीमै भेट हजूर रात छ बेइमान

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ उजेलीमै भेट हजूर रात छ बेइमान अंधेरीमा मात्तिने मर्दको जात छ बेइमान । भो न भो मेरी हजूर आँखाले अरु नपिलाउ अनर्थ होला बेहोसीमा मात छ बेइमान ।

Posted in गजल | Tagged | Leave a comment

कथा : उज्यालो नजिकै

~इन्द्रकुमार श्रेष्ठ ‘सरित्’~ चुनिखेलबाट हिंडेरै सिंहदरबार आइपुग्दा ठ्याक्कै दुई घण्टा लागेछ । उफ ! निधारबाट बगेको पसिनालाई रुमालले पुछेपछि उसले बाटोतिर एकजोडी आँखा दौडायो । अधिकांश जागीरेहरु कि त हाजिरी गर्न कार्यालयतिर दगुरिरहेका देखिन्थे कि त हाजिर गरेर घरतिर फर्किरहेका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment