Tag Archives: होमशंकर बास्तोला – Homshankar Bastola

गजल : उदास उदास छ

~होमशंकर बास्तोला~ आज तिम्रो अनुहार उदास उदास छ छाती दुःखेर मुहार उदास उदास छ खोला सुकेर गड्तिर बगर काँसघारी पानीविहीन जङ्घार उदास उदास छ

Posted in गजल | Tagged | Leave a comment

कथा : अन्तिम रात

~होमशंकर बास्तोला~ तल्लाघरे रने अस्ति मात्र शहरबाट गाउँ आएको थियो । यो उसको लागि गाउँका पुराना साथीहरुसँग भेटघाट गर्ने सुनौलो अवसर थियो । ऊ धेरै जसो शहरमा बस्दथ्यो । ऊ शहरमा के गर्दथ्यो त्यो उसलाई मात्र थाहा थियो । जुनूका … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पुस्तक बिक्रेता

~होमशंकर बास्तोला~ एक अधबैंसे मान्छे पुस्तक लिएर बजारमा बेच्न लाग्यो । बजारको एक छेउमा बसेर ऊ कराएर पुस्तकको प्रचार गर्न थाल्यो –‘पुस्तक किन्नुहोस्, ज्ञान बढाउनुहोस् । यो ठूलो विद्धानले लेखेको र चर्चित पुस्तक हो ।’ –‘किन्नोस ! किन्नोस !! यो … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

कथा : एक्ली स्यारोन

~होमशंकर बास्तोला~ हिजोअस्तिझैँ कम्प्युटरमा च्याट गर्दा अचानक एक परिचित मान्छेले च्याट गरेजस्तो लाग्यो । तर के परिचय हुनु, ऊ समुन्द्रपारिकी थिई, म हिमालवारिको थिएँ । उसले यति नम्र र शालीन शब्दहरु प्रयोग गरेर म्यासेज गर्थी । म भने भर्खरै–भर्खरै नेटको … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

लघुकथा : पुष्टि कसरी गर्ने ?

~होमशंकर बास्तोला~ विशेष अदालतको अगाडि एउटा एकतले घर भग्नावशेषरूपमा ठडिएको थियो । इजलासमा बसेको समयमा आँखा त्यस घरमा पुग्दा न्यायाधीशका मनमा लाग्दथ्यो – ‘यो घर कसको होला ?’ तर त्यो घर वर्षै दिनमा एकाएक छ तलेमा परिणत भयो । एक … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment

लघुकथा : लोभ

~होमशंकर बास्तोला~ नदीको छेउबाट भँगालो आएको थियो । ऊ भँगालो तरेर नदी र भँगालोको बीचमा बसेर सोचिरहेको थियो- ‘नदीमा बाढी आयो भने म कता भाग्ने ? नदीको कति मीठो सुसेली! ईश्वरले अहिले मलाई पखेटा हालिदिए नदीपारि पुगेर फेरि यतै र्फकन्थेँ … Continue reading

Posted in लघुकथा | Tagged | Leave a comment