Tag Archives: Gobinda Dev Bhatta

बहरबद्ध गजल : भन्न गाह्रो

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात भकुन्डो उचाली शशी भन्न गाह्रो उनासी नपुग्दै असी भन्न गाह्रो बिगार्दै उखेल्दै धुरी चढ्छ मान्छे कुरा फैलिँदैमा दसी भन्न गाह्रो ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : हावादारी कसम भेटिन्छन्

~गोविन्ददेव आचार्य~ यहाँ आकाशमै फुल पार्ने हावादारी कसम भेटिन्छन् फलस्वरूप हिटलर बढी तर मण्डेला कम भेटिन्छन् ।। निर्धक्कसित बाँच्नुपर्ने चिन्ता नपाल हे मूर्खहरू हो किनकि मन्दिर र विद्यालयमा अझै बम भेटिन्छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : के हाल छ ?

~गोविन्ददेव आचार्य~ जिन्दगी नसोध् मलाई सधैँ-तेरो के हाल छ ? घाटामा खरायो, नाफामा कछुवाको चाल छ ।। हो; फेरियो ! मेरो समय र देश अवश्य फेरियो हिजो जस्ता थियो, छानामा आज चुहिने पाल छ ।।

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : अतिसार नहोस्

~गोविन्ददेव आचार्य~ छन्द : तोटक अति निम्न नहोस् अतिसार नहोस् ठिक जीवन होस् तर हार नहोस् ।। श्रमले, गुणले भरजन्म जिऊँ तर वञ्चन वा व्यभिचार नहोस् ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : वियोग

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी छ आत्मा नेपाली ! रगत छ विदेशी बगरमा प्रिया खोज्छिन् तातो प्रियतम छ “बाँच्ने रहरमा” अँगालोको न्यानो प्रहर नफुली जर्जर भयो चखेबी छे एक्ली फिटफिट चखेबा पर गयो ।। किनाराले थापे सलिलसित बग्थेँ सललल ममा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मित्रता

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी सयौँ छन्दे रानी कमलनयनाले मन हरे तिनैका आभामा मगमग सुधासागर तरेँ डिका कोर्दै भर्दै मृदुल लयमा गाउन हुने तिनैका छातीमा व्यथित मन टाँसी रुन हुने ।। “परी” मन्दाक्रान्ता अति सरसिली यौवनवती तिखा आँखा गाडी कर-कलम … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : कलम र खुकुरी

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी उडे पड्की पड्की पटपट धुवाँ-बारुतहरू कुदे पानापाना मुसल, बमकै कर्तुतहरू मसीका थोपामै पनि किन छ बण्डा मनपरी मठारिन्छन् टुप्पा किन कलममै छेदन गरी ? हिजो नाचीनाची पलभर नथाक्ने कलम ती चुली चढ्दै चढ्दै सगर तिर … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : चाहिन्न केही अरू

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित दोस्राले रुन, डर्न, भाग्न नपरोस् मेरा कुनै काममा निन्दा गर्न, खसाल्न, थुक्न नसकून् आचार वा नाममा सारा वैभव, मान यो समयले पारोस् खरानी बरु मेरो “मानिस” एक नाम नमरोस् ! चाहिन्न केही अरू ! मेरो … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : प्रणय र आशा

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हावा ! तँ नचल् न उग्र गतिले ! हल्लिन्छ मेरो मन तेरो उग्र बहावले युगलको फिक्का भयो गन्थन हे हे जून तँ अल्पिदे ग्रहणमा, अर्कै कुनै भागमा कोठाभित्र उदाउँछिन् जगतकी मेरी प्रिया चन्द्रमा ।। … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गजल : यो आउँछ जान्छ

~गोविन्ददेव आचार्य~ भूकम्पको एउटा धक्का न हो दसैँ, यो आउँछ जान्छ कमजोर मन अनि टहराहरू बेसरी हल्लाउँछ जान्छ ।। पाँच बजेपछि कर्मचारी छोराको घूस बुहारी नै होली ऊ बेलुका कोठैमा भात खान्छ रात बिताउँछ जान्छ ।।

Posted in गजल | Tagged | Leave a comment

छन्दबद्ध गजल : चाहिँदैन

~गोविन्ददेव आचार्य~ छन्द : इन्द्रवज्रा सान्निध्य खोस्ने धन चाहिँदैन सङ्कल्प तोड्ने मन चाहिँदैन ।। यी हात जानून् सहयोग, सेवा बेढङ्गको गन्थन चाहिँदैन ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सहर

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी किराका ताँती झैँ निबिड जन-बस्ती सहरमा धुवाँ, धूलो-मैलो घुलमिल छ हावा कसरमा बडा ठाडाठाडा गगनसरि अग्ला महल छन् कडा हल्लाखल्ला खलबल “वितण्डे अनल” छन् ।। भन्यो कालोपत्रे “पिचिचि” अलपत्रे सडक छन् सवारीका ताँती रसरङ अनौठा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : वृद्ध जीवन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी जुँगा-दाह्री पाके शिर-वदन सेता हुनगए दुवै गोडा थाके दिनदिन निहत्थासरि भए गयो बढ्दै स्वाँस्वाँ लघु कथनमै रुद्ध छ गला हिँडे भागे टाढा मिलन-सुखका सुन्दर पला ।। बन्यो ढोकै टाढा कदम पर चाल्नै सकस छ तुना … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : धर्म, पाप र ईश्वर

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित हे हे मानव बन्धु-बान्धव खुला ब्रह्माण्डका दर्शक ! विद्या, ज्योतिष शास्त्र लेखक, नयाँ विज्ञानका सर्जक तिम्रो जन्म छ उच्च विश्वभरमा तिम्रै कडा हैकम आफ्नै धर्म कदापि छैन बलियो ! देखिन्छ उल्टो क्रम । हिन्दू, बौद्ध, अनेक … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : विभेद

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी कतै डाँडाकाँडा असहज भिराला र पहरा कतै आँधी-बाढी क्षति-विलयका त्रास, नखरा कुनै शोभादायी कुसुम र कतै तिक्त रजनी अनेकौँ दर्जाका विविधमय छन् मानिस पनि ।। मुठी कस्तैकस्तै स्वजनतिर हान्छन् कतिपय छुरा धस्तैधस्तै थकित पद तान्छन् … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्दबद्ध गजल :  उस्तै छु काले

~गोविन्ददेव आचार्य~ छन्द : भुजङ्गप्रयात तिमी बिघ्न काली म उस्तै छु काले सबै “ट्याक्क जोडी मिल्यो” भन्न थाले ।। “बतासे कुरामा नअल्झौँ” म भन्छु तिमी भुर्र उड्छ्यौ कसैले उचाले ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : शरद्

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी हटे कालामैला अति मुदित वातावरण छ सुके वर्षा मानौँ – गगनतिर बन्ध्याकरण छ उडे टाढाटाढा, ध्वनि मलिन पारे जलदले उघार्दै छे घुम्टो झलमल उज्याली शरदले ।। उठे सेता खास्टा तलतल बढाई नगहरू खुले चोखा बन्दै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~ छन्द : शार्दूलविक्रीडित वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।। रोइन् धर्धर वस्त्रको हरणमा लज्जा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : मेरो राष्ट्र

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिराका धुरी झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।। बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : पाइन्न नानी

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात तपस्या गरी बैँस पाइन्न नानी गुफाभित्र तारा चियाइन्न नानी ।। तिमी ठान्दछ्यौ दृष्टिमा मिल्छ माया दुना-थाल हेरी अघाइन्न नानी ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : सहिद, उत्सर्ग र औचित्य

~गोविन्ददेव आचार्य~ छन्द :- शार्दूलविक्रीडित के हुन् मानव, जन्तु, सिन्धु,अवनी, आकाशको अर्थ के ? स्रष्टा-सृष्टि, त्रिकाल, अंशु, रजनी या नाशको अर्थ के ? के हो न्याय, समाज के समय के अन्याय के गर्व के ? केके हुन् वलिदानका गुणहरू, उत्सर्गको … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : व्यवहार

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी सुजन र मनकारी गाँस बाँडेर खान्छ कुटिल दमनकारी चैन भाँडेर जान्छ फगत सुखविलासी द्रव्यमै फुत्त बिक्छन् हिटलर अनुयायी अस्त्र हानेर टिक्छन् ।। “जहर बमन गर्ने” सर्पको दैनिकी हो “चरण नमन सेवा” चाकरीको छडी हो चसचस … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : नियालिन्छ छाला

~गोविन्ददेव आचार्य~ छन्द :- भुजङ्गप्रयात यहाँ कामभन्दा नियालिन्छ छाला निजी भक्तको नै मुसारिन्छ गाला उचाल्ने-थचार्ने कला सिक्छ मान्छे छुरा धस्छ बाँच्दा ! मरे पुष्प-माला

Posted in गजल | Tagged | Leave a comment

बहरबद्ध गजल : विचार र दृष्टान्त

~गोविन्ददेव आचार्य~ छन्द : अनुष्टुप बढी दानी बनी मात्रै भलो हुन्न समाजको दानैबाट भयो अन्त्य महात्मा अङ्गराजको ।। रूप शृङ्गार वा सज्जा भलो हुन्नन् सधैँभरि लग्यो सौन्दर्यमा पग्ली सीता रावणले हरी ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : स्रष्टा, सृष्टि र दम्भ

~गोविन्ददेव आचार्य~ छन्द :- मालिनी हर किसिम बनाए व्यासले नै पुराण लगनसित बने ती सृष्टिका प्राण प्राण गहन लय तिनैमा झल्किए गाउँ-देश अब नव रचनामा लेख्नु नै के छ शेष ? परहित, शुभ वाणी, शास्त्रका मूल मर्म कपट र परपीडा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : सपनाकी प्रियतमा

~गोविन्ददेव आचार्य~ छन्द :- शिखरिणी बन्यो गाढा तन्द्रा भुसुभुसु सुते लोचनहरू सिरानीमै टुङ्गे क्षणिक पलका गन्थनहरू भए फिक्का बोली, अवयव निदाए शयनमा उदाइन् रम्भा झैँ झलल सपनाकी प्रियतमा !! सुगाको झैँ बोली, हरिणसरि सङ्ला नयन छन् गलामा गीताका हरफसरि मीठा … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्दबद्ध मुक्तक : उत्कृष्ट लेखे

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा लेखेको नै नहेरी अनवरत कुनै उत्तिकै ठोक्छ “आहा” केहीलाई रचेका सुमधुर कृतिका काइदै छैन थाहा जान्ने गम्किन्छ धेरै कमसल बिचरो कोर्छ जानीनजानी

Posted in मुक्तक | Tagged | Leave a comment

छन्द कविता : नेपली मन

~गोविन्ददेव आचार्य~ छन्द : शिखरिणी म नेपाली माटो मन-वचनले धारण गरूँ ध्वजामा नेपाली सुललित कला-कौशल भरूँ यहाँकै भाषामा विनिमय गरूँ तर्क रसिला यहीँ नाचूँ-गाऊँ कृति नव बनाऊँ गहकिला ।। शिला खोपीखोपी हृदयभरि लेखूँ म कखरा दिऊन् विद्या अग्ला हिमगिरि “हिराका … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

छन्द कविता : भाषा, साहित्य र विकृति

~गोविन्ददेव आचार्य~ छन्द : स्रग्धरा भाषासाहित्य पाटो अनि ललितकला खस्कँदै झर्न लाग्यो मात्रै बढ्दैछ सङ्ख्या गुण र मधुरता गर्भमै मर्न लाग्यो निस्के स्रष्टा अनेकौँ फुतफुत रचना थुप्रिए बालुवा झैँ लेखी छापेर कोच्यो तहतह कुहियो हार्न खेल्ने जुवा झैँ । आफ्नैआफ्नै … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

बहरबद्ध गजल : हिँडे खाडी सयौँ काले

~गोविन्ददेव आचार्य~ बने एक्ला सयौँ काली हिँडे खाडी सयौँ काले रुँदै ढल्छन् कठै आमा बिदा गर्छन् रुँदै बाले ।। छ आँखामा यही माटो, हरे ! आत्मा छ नेपाली सकार्दै छन् उतै “कुस्ती” सुकेका रिक्त आन्द्राले ।।

Posted in गजल | Tagged | Leave a comment

छन्द कविता : युग र वितृष्णा

~गोविन्ददेव आचार्य~ छन्द :- द्रुतविलम्बित चटक या “टक”को टक जिन्दगी ? किचक या-चक, रोचक जिन्दगी उदक, मादक या कि त ‘वादक” ? कि “धक” साधक वा चिर बन्धक ? प्रगतिका गति दुर्गतिमा पुगे विमतिले मति दुर्मतिमा पुगे सुजन- “दुर्जन, भाजन”ले … Continue reading

Posted in छन्द कविता | Tagged | Leave a comment

गोविन्ददेव आचार्यका केही छन्दबद्ध छोटा कविताहरु

~गोविन्ददेव आचार्य~ ■ छन्द :- स्रग्धरा १ जोजो लाभार्थमा नै अगलबगलमा आउँछन्-ती छुरा हुन् नाता वा मित्रताका दृढ परिचय ती- भावनाका कुरा हुन् राम्रो साथीत्व हेर्ने गणित र गुणको चिन्ह नै एकता हो ढर्रा वा बाध्यतामा मिलन यदि भए मात्र … Continue reading

Posted in कविता | Tagged | Leave a comment