Tag Archives: एकादेशको गगनराज – Ekadeshko Gaganraj

गजल : छोडी पारी जानेलाई

~एकादेशको गगनराज~ तिम्लाई ओल्लो किनार छोडी पारी जानेलाई। थुक्क!भन्छु तिम्लाई माया मारी जानेलाई। फुलले पनि सरापेको देखेको छु मैले लाग्छ पाप कोपिला नै झारी जानेलाई।

Posted in गजल | Tagged | Leave a comment

गजल : ठुलो परेको देशमा

~एकादेशको गगनराज~ म बस्छु संकट हा ठुलो परेको देशमा । प्रेम र सद् भाबका आँखा फुलो परेको देशमा। भोका,अनिँदा सबै अनाथ टुहुरा ,नाङ्गा, सग्लो को नै पो बमले दुलो परेको देशमा।

Posted in गजल | Tagged | Leave a comment

गजल : आउँछ बल् साँझतिर

~एकादेशको गगनराज~ हिजोआज मलाई आउँछ बल् साँझतिर। एक्लै भएँ प्यारो भा’छ बोतल् साँझतिर। जुनकिरी नै प्यासी बने अकस्मात फेरी हुन्छ जुन्लाई मलाई हेरी तल्तल् साँझतिर।

Posted in गजल | Tagged | Leave a comment

गजल : बोक्राभित्र छु

~एकादेशको गगनराज~ उधार्दिनौ फेरी लाटी! बोक्राभित्र छु । छामिहेर तिम्रै छेउको धोक्राभित्र छु। अ मिलोछु,गुलियो छु टर्‍रो पनि आफैँ रस मात्र पियौ म त छोक्राभित्र छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुसलमान भएछ

~एकादेशको गगनराज~ हिन्दू थियो, ऊ मुसलमान भएछ भन्यो, अल्लाहको अपमान भएछ । सोचिरहन्छ कसरी देश बनाउने बाइस, चौबीसको जवान भएछ ।

Posted in गजल | Tagged | Leave a comment

गजल : चल्नेको खोजिमा छु

~एकादेशको गगनराज~ सामुहुँदा सिर्‍र बतास चल्नेको खोजिमा छु। केहि चाहिन्न धप्प रुप बल्नेको खोजिमा छु। गजलकार भैईयो आफु नत्र पुरेत हुईन्थ्यो, बसिखान बोटमा पैसा फल्नेको खोजिमा छु।

Posted in गजल | Tagged | Leave a comment

गजल : आहा छ मैसा’पको

~एकादेशको गगनराज~ सबै भन्छन् जीवन क्या आहा छ मैसा’पको। कर्तुत केबल मलाई मात्र थाहा छ मैसाप’को। ढुकढुकीमै राखेपनि, परेलीमै राखेपनि, स्वतन्त्र र अबोध् एउटा चाह छ मैसाप’को।

Posted in गजल | Tagged | Leave a comment

गजल : सिरानी बेचेर मान्छे

~एकादेशको गगनराज~ अनिंदो, बेचैन छ आज सिरानी बेचेर मान्छे न पाउँछ भविस्य नौलो बिहानी बेचेर मान्छे को बुझ्छ एकले अर्को पीडा,ब्यथा र घाउलाई बन्दै छ धनि दिन् दिन् खरानी बेचेर मान्छे

Posted in गजल | Tagged | Leave a comment

एकाङ्की : एकता

~एकादेशको गगनराज~ (सहरको छेउमा एउटा सानो टोल छ । टोलका केही मानिसहरू टोलकै एउटा घरको कोठाको भुइँमा बसेर तास खेलिरहेका छन् । कोही भने तास खेलेको हेरेर बसेका छन् । कोठाको एकातिर एउटा टेवल छ । टेवलमाथि एउटा टेलिभिजन पनि … Continue reading

Posted in एकाङ्की | Tagged | Leave a comment

बाल एकाङ्की : ए प्लस

~एकादेशको गगनराज~ (सहरको एक कुनामा एउटा चिटिक्क परेको पक्की घर छ । सुन्दर बस्तीका छेउको यो घरलाई आफ्नो आँखामा नसजाई जाने बटुवाहरू कमै हुन्छन् । यस घरका प्रत्येक कोठाहरू महङ्गा सजावटका सामानहरूले सजाइएको छ । कोठामा टेलिभिजन, दराज, ओच्छ्यान, किताब … Continue reading

Posted in बाल एकाङ्की | Tagged | Leave a comment

कविता : विद्यार्थीहरू कविता लेख्छन्

~एकादेशको गगनराज~ विद्यार्थीहरू मख्ख पर्छन्, दङ्ग पर्छन् खुशी हुन्छन् किनकि, उनीहरू कनिकुथी कविता लेख्छन् विद्यार्थीहरू कविता लेख्नलाई टाउको कन्याउँछन्

Posted in कविता | Tagged | Leave a comment

गजल : यही मान्छे

~एकादेशको गगनराज~ बनिन्छ कहिले देवदुुत् यही मान्छे । र हुुन्छ लोकमा अछुुत् यही मान्छे । मान्छेले बेच्छ मान्छेकै मर्यादा , कमाउँछ दौलत अकुुत् यही मान्छे ।

Posted in गजल | Tagged | Leave a comment