Tag Archives: दुर्गा कार्की – Durga Karki

कथा : सिट्ठी

~दुर्गा कार्की~ झम्के साँझमा सीमा डेरामा आइपुग्दा घरबेटीले भित्रबाट गेटमा साँचो झुुन्ड्याइसकेका थिए । वरपर केही झ्यालबाट आएको प्रेसरकुकरको तिखो सिट्ठीले परिवेशको चकमन्नता आभास गराउँथ्यो । पर कतै घ्यारर्र सटर तानेको आवाज पनि सुनिँदै थियो । सधैँको भीडग्रस्त र अस्तव्यस्त काठमाडौं त्रस्त र … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : साइनो

~दुर्गा कार्की~ लमजुङ तुर्लुङकोट ….. सररर हावा चल्यो लाँकुरीको बोट ….. पिंढीको थाममा झुण्डिएको रेडियोमा बीमाकुमारी दुराको सुरिलो स्वर बाटोसम्मै सुनियो । तगारो खुल्लै थियो । घाम तापिरहेका बाख्राका पाठा मदेखि तर्सिएर बुर्कुसी मार्दै आमा भएतिर गए । गोठको माउ … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : डँढेलो

~दुर्गा कार्की~ जहिल्यै, तिम्रो न्यानोको लागि म बलिरहेँ…जलिरहेँ आगाका राता लप्काहरूले धपक्क बलेको तिम्रो अनुहारमा आफ्नो जिउनुको सार खोजिरहेँ, तिमीले रमाइलो मानेर दाउरा ठोसिरह्यौ, धकेलिरह्यौ- नठोसी कहाँ बल्छ त आगो?

Posted in कविता | Tagged | Leave a comment

गीत : चौबाटो

~दुर्गा कार्की~ झरी पछी उदाएको इन्द्रेणी पो हो कि ? पुर्णिमाको जून हो कि, औँसीको जुनाकिरी ? हुन्न हुन्न भन्ने कुरा, गरुँ गरुँ लाग्छ अडिन्न मन एकै ठाउँँ, जता पनि भाग्छ ।

Posted in नेपाली गीत | Tagged | Leave a comment

कथा : साथे

~दुर्गा कार्की~ टाढाटाढाका धामीका अनेक जुक्ति फेल खाएपछि अन्त्यमा गाउँकै भवानी पण्डितले कात्तिकमा रुद्री लाइदिएपछि जन्मेको थियो रुद्रे।रुद्रे। रुद्रबहादुर थापा। मेरो एक्लो छोरो। हाम्रो एक्लो छोरो। “पू ष ण ठ हस्ता… चौथो पाउ भेट्यो… नक्षत्रबाट त ठबाट ठगबहादुर भने नि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : गोसाईंकुण्डमा पाप पखाल्दै फोहोर थुपार्दै ?

~दुर्गा कार्की~ ‘ओइ ! रसुवाको एउटा संस्थाले गोसाईंकुण्ड सरसफाइको लागि भोलेन्टियरहरू खोजेको रै’छ, गैदिने हो ? ‘ एकाबिहानै साराले सारा स्टाइलमा भनी । एड्भोकेट रूपा बस्नेतले रामसार महासन्धि पढाउनुभन्दा धेरै अघिदेखि नै मेरा घुम्ने ठाउँहरूको सूचीमा गोसाईंकुण्ड अग्रस्थानमा पर्दथ्यो । … Continue reading

Posted in नियात्रा | Tagged | Leave a comment

पत्रकथा : भोजराजलाई रश्मीको चिठी

~दुर्गा कार्की~ भोजराज, कथा त राम्ररी नै भन्यौ, तर केही कुरा छुटायौ, केही लुकायौ अनि धेरै चाहिँ ढाँट्यौ। हुन त शब्दको सीमामा बाँधिएर लेख्न थालेको कथामा त्यत्तिको छुटपुट र ढाँटढुँट हुनु स्वाभाविक पनि होला! तैपनि तिमीसित फेरि भेट भए एकपटक … Continue reading

Posted in नेपाली कथा, पत्र साहित्य | Tagged | Leave a comment

कविता : घाटा हुन्न तिमीलाई!

~दुर्गा कार्की~ केहि दिनदेखि दिनहुँ तिमी सपनामा आउछौ र एक हुल आफुजस्तै मान्छेहरुका अगाडि पड्कन्छौ- “ए…मरे मर्छ त्यो बूढो!” केही दिनदेखि कहिँ कतै केही लेखुँ भन्छु शब्दै भेट्दिनँ खर्चिने! सत्ते!

Posted in कविता | Tagged | Leave a comment

कथा : नराम्री ऊ

~दुर्गा कार्की~ कलेज छिरेको पहिलो दिन ऊसँग १६ वर्षीय जोस, जाँगर र उत्साह थियो। तेस्रो दिन थोरै घमण्ड पनि थपियो, कारण उसको ब्याचमा भएका थोरै नाइन्टी पर्सेन्टमध्येकी एक अनि उसको कक्षाकी एक्ली रहिछ ऊ। ऊ कम बोल्न रुचाउने, छिट्टै कसैसँग … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : निर्दिष्टा पार्ट टु

~दुर्गा कार्की~ ‘कलेज किन नआ’को राजकुमारी?’ मोबाइल अन गर्नेबित्तिकै मेसेज आयो। शिरदेखि पाउसम्म एउटा अनौठो कम्पन उत्पन्न भो। दोहोर्यापइ–तेहेर्याकइ पढेँ। मोबाइलको ब्याकलाइट निभ्नु र निशा कोठाभित्र पस्नु एकैचोटि भयो। धन्न, बचेँ म! ‘के भयो दिदी?’ ऊ मेरो छेवैमा आएर बसी। … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment