Tag Archives: Dr Dinbandhu Sharma

गीत : भत्किँदै किल्लाहरू

~डा. दीनबन्धु शर्मा~ अहङ्कार-दरबारहरू लोभ पापका भारहरू बढारिँदै छन् बाढीसँगै उर्लिई युगका ज्वारहरू भत्किँदै किल्लाहरू—- शाश्वत भन्नु त केही छैन मिथ्या हुन् सब सारहरू नाटकलीला झिल्के नाच्यो भाँचिन्छन् अब बारहरू भत्किँदै किल्लाहरू—-

Posted in नेपाली गीत | Tagged | Leave a comment

लघुकथा : तीर्थयात्रा

~डा. दीनबन्धु शर्मा~ महिला- ‘मलाई अर्को नजरले हेर्नुहोस् ।’ पुरुष- ‘म मेरै नजरले हेर्दछु ।’ महिला- ‘सक्कली होस् त्यो नजर ।’ पुरुष- ‘म तिमीलाई घृणा गर्दिनँ ।’

Posted in लघुकथा | Tagged | 1 Comment

कविता : आमा

~डा. दीनबन्धु शर्मा~ जब साउनमा झम्म बर्खे बादल बर्सियो धर्ती शीतल भो शान्त अनि आकाश उघ्रियो त्यसै बेला बलेनीमा व्यथा लाग्यो कठै बस्यौ अनि पीडा खपी हाँस्यौ जन्मेँ म जननी भयौ

Posted in कविता | Tagged | Leave a comment

छोक : विडम्बना

~डा. दीनबन्धु शर्मा~ म लाटो पढेँछु किताबै किताब समात्यौ तिमीले त मुद्रा लगाम सबै सत्य तिम्रो सबै न्याय तिम्रो छ सत्ता त तिम्रो सबै थर्कमान

Posted in कविता | Tagged | Leave a comment

कथा : नगरवधू

~डा. दीनबन्धु शर्मा~ म लगातार यौनसुखमा प्रयोग भइरहेको थिएँ । अझ यसो भनूँ, मबाट लगातार शोषण भइरहेको थियो । किनभने मलाई मेरो छाप्रो अगाडिबाटै -अचेल महललाई पनि छाप्रो भनिन्छ, ध्यान दिइयोस्)-सडकबाटै अपहरण गरिएको थियो । त्यति प्रष्ट सम्झना त होइन … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : ऊर्मिला

~डा. दीनबन्धु शर्मा~ विश्वविद्यालयमा सायद म पत्नी वियोगले रन्थनिएको थिएँ । मनिलादेखि टाढा योपाङ्गासिनान स्टेटमा सारा धर्ती आगोको कौलो भएर धडधडाइरहेको थियो र त्यसमाथिको हावा तातो धुवाँजस्तो लाग्थ्यो । दूबो रोपिएको खेलकुद मैदानमा चरिरहेका रोगी घोडाहरूपिठ्युँमा घाउ लिएर बिस्तारै पुच्छर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : भत्किँदै किल्लाहरु

~डा. दिनबन्धु शर्मा~ ‘सहर जान्छौ त ?’ मैले सोधेँ । चहकिलो घाम तरेली परेका गराहरुमा लमलमक गर्दै गोठसम्म आइपुगेको थियो । गोठको भुईं र गोरुका ढाडमा समेत पाइला टेक्यो त्यसले अनि गोठ उज्यालो भयो । ‘जान्न भाइ !’ उसले अहिले … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : तामा

~डा. दिनबन्धु शर्मा~ मुडुलो बाच्छो ओसेपिलो कान्लाबाट घाँसका बुजा निकालिरहेको छ । पुच्छर डोलाउनसम्म बिर्सेर गाडिएको गाडिएकै छ । ‘यस्तो घाँस त यो कान्लामा ठामठामै रैछ’, नन्दुको अगाडि खुर्पा लिएर उभिएको दाजुचाहिँले बाच्छोलाई हेरेकै उभिएर भन्यो । बाँसको झ्याङमुनि आइपुग्दा … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment