Tag Archives: Dipendra Rai ‘Ashrumali’

गजल : पाउनु पर्छ

~दिपेन्द्र “अश्रुमाली”~ खोटाङेले हाम्रो लमजुङ भन्न पाउनु पर्छ जाजरकोटले इलामेली बन्न पाउनु पर्छ हाम्रो देश धनि भ’को हेर्ने भए सरकार मुस्ताङको स्याउले बजार टन्न पाउनु पर्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : माटो खन्छु घर बनाउँछु

~दिपेन्द्र राई ‘अश्रुमाली’~ ढुङगा फोर्छु माटो खन्छु घर बनाउँछु । बिकट भो रे मेरो गाउँ शहर बनाउँछु ।। छिन् भर मै लुटिन्छन् मनकारी गाउँलेहरु । अब गाउँले मन पनी पत्थर बनाउँछु ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : शहरमा त जाली हुन्छन्

~दिपेन्द्र राई ‘अश्रुमाली’~ शहर भनी मख्ख नहौ, शहरमा त जाली हुन्छन् । हेर्दा राम्रो भए पनि, दयाको त खाली हुन्छन् ।। सुन्दर शान्त परिवार, देखे पनि महल भित्र । चुलोचौको भाडाकुडा,आफ्नो आफ्नो थाली हुन्छन् ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : मुटु रोप्ने छुरा भेटे

~दिपेन्द्र राई ‘अश्रुमाली’~ सांचो माया पिरतिमा मुटु रोप्ने छुरा भेटे । तड्पाएर यादै तादले मार्छु भन्ने कुरा भेटे । निष्ठूरिको प्रेमजालमा फस्नु फँसी सके पछी । अर्कै हातले लगाएको सिन्दुर पोते चुरा भेटे ।

Posted in गजल | Tagged | Leave a comment

गजल : भोली पनि बेग्लै हुन्छ

~दिपेन्द्र राई ‘अश्रुमाली’~ हिजो बेग्लै आज बेग्लै भोली पनि बेग्लै हुन्छ ।। जिन्दगीको भोगाइसँगै चोली पनि बेग्लै हुन्छ ।। हुँदा खेरी मै हुँ भन्ने स्वाभब नै हो मानिसको । हेरी बुझ बर्र्ष याममा खोली पनि बेग्लै हुन्छ ।।

Posted in गजल | Tagged | Leave a comment

गजल : खोटाङ्गे हुँ म

~दिपेन्द्र राई ‘अश्रुमाली’~ साचो माया प्रिती गाँस्ने खोटाङ्गे हुँ म । दुःख मानि रमाई हाँस्ने खोटाङ्गे हुँ म ।। रावा सावा साप्सुसँगै लुकामारी खेल्दै । मेरुङ सेल्मे मनमा टास्ने खोटाङ्गे हुँ म ।।

Posted in गजल | Tagged | Leave a comment