Tag Archives: देबेन्द्र बस्याल – Devendra Basyal

कविता : तिमी भएर पो के भो र ?

~देबेन्द्र बस्याल~ तिमी जाउ झिमिक्कै साँझ परिसक्यो अब त जानेवेला भो तिमी सदाको निम्ती जाउ तिमीले समयसंग मजाक गर्यौ उनीहरूसंग गहिरो संगतनै गरेनौ तिमि भएर पनि के भोर नभए पनि के नै हुन्छ र !

Posted in कविता | Tagged | Leave a comment

कविता : शत्रु मुसा

~देबेन्द्र बस्याल~ घना जंगलको मुनी मेरो सानो घर छ हरियो घाँसको बीचमा मेरो उजाड बास छ मेरो घरको पारीपट्टी माटोको थुप्रैथुप्रा छन् थुप्राको वरीपरी दुलैदुला छन्

Posted in कविता | Tagged | Leave a comment

कथा : कान्छा जा त्यो बुटो काट्

~देबेन्द्र बस्याल~ कान्छा कान्छा भनेर एकोहोरो बुवाले एकाबिहानै बोलाउनु हुन्छ । म न्यानो बिस्ताराबाट आँखा मिच्दै हत्पती बाहिर निस्कन्छु । बुवाको आवाज रोकिन्छ । मैले बाहिर हेर्छु, भर्खर दिशाफाट्न लागेको हुन्छ, पूर्वमा बिहानीको रातो लाली निशानी बसेको छ । पारी … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : परदेसीका पिडा

~देबेन्द्र बस्याल~ छोरी जन्मेर ३ कि पुग्दा म परदेशबाट घरमा पुगें मैले छोरीलाई कँदर्खुटीगरी घरवरीपरी घुग्दै थिएँ मैले छोरीलाई प्रश्न गरें छोरी तिमीले हात धुन सक्छेउ ? खुट्टा पनि धुन सक्छेउ ?

Posted in कविता | Tagged | Leave a comment

कविता : आमाका आँशु

~देबेन्द्र बस्याल~ म प्रदेशबाट घर फर्कि आउँदा मेरी आमा उता कुनामा रोइरहेको देखें म अरुहरुलाई वेवास्ता गर्दै आमा बसेको स्थानमा पुगें आमाले ओडेको घुम्टो उघारेर आमाको मुहारमा आँशु देखें आमाको मुहार रक्ताम्मै थियो टाउकामा चोटैचोट थयो

Posted in कविता | Tagged | Leave a comment

कविता : आमा म जेलमा छु

~देबेन्द्र बस्याल~ आमा म जेलमा छु मेरो मुखमा चुक्कुल ठोकिएको छ हामतमा हतकडी लगाइएको छ म अन्धकारमय कोठामा ढलेकोछु म बोल्न खोज्छु तर सक्दिन हात चलाउन खोज्छु, सक्दिन

Posted in कविता | Tagged | Leave a comment

कविता : आजकल म रक्सी पिउँछु

~देबेन्द्र बस्याल~ न मलाई बुद्धिमानी नेता बन्नु छ नत मलाई भ्रष्टचारीको पगरी गुथ्नु छ केवल मलाई जीवन कटाउनु छ साथी, आजकल म रक्सी पिउँछु झुटको खेती गरेर जीवन धान्नु छैन मलाई

Posted in कविता | Tagged | Leave a comment

कथा : सन्तेको रातो कुकुर

~देबेन्द्र बस्याल~ खै कताबाट हो उसले सुशेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ । उ बढो रमाइलो र हसिलो पनि छ । हिड्दाहिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ । यो उमेरै उसको यस्तै हो । धेरै धेरै कुराहरु सिक्ने, जान्ने … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : नरूनु छोरी

~देबेन्द्र बस्याल~ तिमि सुतेकै थियौ छोरी म झिसमिसेमै हिडिहालें तिम्रो कलिलो अनुहार मलाई हेरिरहेको थियो छोरी तर तिमि निदाईरहेकी थियौ मैले तिम्रा दुबै गाला सुमसुमाए र म्वाई खाएँ तिम्रो मायालाई मुटुभरी बोकेर

Posted in कविता | Tagged | Leave a comment

कथा : मेरी भतिजी

~देबेन्द्र बस्याल~ सुनसान रात, केबल आकासका ताराहरुले मलाई हेरीरहेका हुन्छन । पारी पातलमा कराईरहेको कोइलिको सुमधुर आवाज, शिशिरयामको चिसो हावाले गर्दा मेरो पनि निद खुलेको छ । उसले निदमा छपछपी छाम्छे, एक्कासी ब्युँझेर ममी, ममी ममी… भनेर रुन्छे, आँखाबाट बरबर … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : जन्मभूमीमै मर्न पाउँ

~देबेन्द्र बस्याल~ पहराको छोरो म पहरामै रम्न पाउँ छहराको सन्तान म छहरामै खेल्न पाउँ वन पाखामा खेलेर कन्दमुल खाएर छहरा र पहरासंग

Posted in कविता | Tagged | Leave a comment

कथा : एकदिन पक्कै सुदिन फर्किन्छ भाइ

~देबेन्द्र बस्याल~ टोक्योको ब्यस्त सडक, प्रचण्ड गर्मी, सडक देखि केही भित्र सानो इन्डियन रेष्टुरेन्ट, बाहिर मानिसहरु खरेनान खान लाईन लगाइरहेका छन् । जापानीजहरुको बानी सानो कुरामा पनि ठ्याक्क लाइनमा बस्ने र पालो कुर्ने हुन्छ । काम गर्नेहरुले पनि कसैलाई पनि … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

कविता : तरूल खन्दैछु आमा

~देबेन्द्र बस्याल~ म तरूल खन्दै छु आमा हाडीकोटको घना वनमा बाख्रा पनि हेर्दैछु आमा बौसिफूलको पाखामा तरूल त ठूलै भेटेको छु आमा तर निकै अप्ठेरो मा तरूल त मिठेहो आमा तर दुईढुङ्गाको अन्तरमा थुप्रै माटो र ढुङ्गा फालें

Posted in कविता | Tagged | Leave a comment

कविता : काली

~देबेन्द्र बस्याल~ तिमिले पारी डांडामा बसेर पात बजाउनु काली मैले कान ठाडा पारेर सुन्ने छु तिमि फुलबुट्टे सारीमा सजिएर आउनु काली मैले तिम्रो सुन्दरता लुकेर हेर्नेछु तिम्ले बजाउने पातको भाकामा बर्ग बिभेदको गन्द आउनु पर्ने छ काली

Posted in कविता | Tagged | Leave a comment

कविता : फर्किआउ लाहुरेदाई

~देवेन्द्र बस्याल~ फर्किआउ लाहुरेदाई फूलै फूलको गाउँ वास्नै बास्नाको ठाउँ झलि र मिलि थियो यो लाहुरेहरूको गाउँ घर यो लाहुरेको रे समाज यो लाहुरेकै रे तर आज किन? घरहरू रित्तै छन सारा समाज रित्तो छ कहाँ गयौं लाहुरे दाई किन … Continue reading

Posted in कविता | Tagged | Leave a comment