Tag Archives: दीपा राई पुन – Deepa Rai Pun

कविता : पात्र संवाद

~दीपा राई पुन~ सम्झनाको गहिरो तलाउमा अनायास एउटा आकृति झुल्कन्छ मुस्कुराउँदै भन्छ म तिम्रो पहिलो पात्र तिम्रै कलमको निभबाट निस्केर तिम्रो आँखामा बास माग्ने तिम्रै मुटुको धड्कन हु भन्ने

Posted in कविता | Tagged | Leave a comment

कविता : रहर

~दीपा राई पुन~ आसाका पहाडहरू पैह्रो बनेर मनको संघारमा खस्दा जीवनको आलीमा बसेर खुइया गर्न नपाउँदै रूझेको छु पीडाको दर्के झरीमा लछेप्रै

Posted in कविता | Tagged | Leave a comment

कविता : दृष्टि अन्तर

~दीपा राई पुन~ आँतभेऊ कै नग्नता भरि बजारमा लिलाम सुन्दा म तिमीप्रति एउटा फूल सम्झेर मुस्कुराएकै छु । अजम्मरी हृदयवत प्रेम पत्रै-पत्र खोलेर मन्दिरमा होस् या, अन्तस्करणको बागमा नाङ्गिएर शतरुपाको सृष्टि तिमी

Posted in कविता | Tagged | Leave a comment

कविता : बाटो र बुद्धत्व

~दीपा राई पुन~ बाटो अनि बाटै बाटो गज्यांगुजुगं किरिगंमिरिंग पाइतलाहरू हिँडिरहन्छन् आहतमा पिल्सिएर रोपिएको मनलाई मुस्कानले छोपेर संवेगका मौन जुलुस बोकेर मनहरू कै ताँती छन् रहस्यमय यी बाटाहरूमा

Posted in कविता | Tagged | Leave a comment

कविता : साइँली दिदी

~दीपा राई पुन~ ए साइँली दिदी किन पो दुख मान्छौ हौ ! तिमीले डबकामा जाँड बेचेर आफैलाई बेचेनौ आत्मालाई साक्षी राखेर आज रहरैले थुम्सेको भारी बोकेर उकाली ओराली गरिरहेछौ छोराछोरीको भविष्य भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : कसम मायाको

~दीपा राई पुन~ समयको अन्तरालमा म कतै थामिएको क्षण आफ्नैलाई ग्रहण लागेको बेला नितान्त एक्लो महसुस हुँदा तिमी झल्कियौ मेरो जीवनमा मलाई नि उदाउनु पर्छ भन्दै जीवनलाई रोक्नु हुन्न भन्दै

Posted in कविता | Tagged | Leave a comment

कविता : मृत्यु सपना

~दीपा राई पुन~ तिमीलाई भनी साँचेर हिँड्दै थिए बाटैमा सकिएछ जीवनको श्वास रहरले भर्न सकिन तिमीलाई भेट्ने चाह थियो त्यही पनि भन्न पाइन कस्तो छटपट्टी थियो मनमा

Posted in कविता | Tagged | Leave a comment

कविता : पालुवा र सपना

~दीपा राई पुन~ ए नागिएका रूखहरू भरखर पो चाल पायौ तिम्रा सुकेका मुनाहरूमा कति रहरहरू बाँधिएका खबर तिम्रै कलेटी ओठहरूमा जीवनको सप्पै इच्छाहरू सुम्पेर बाँचेको मनहरू तिमीलाई हेरेर बाँचिरहेछन्

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रेमोपहार

~दीपा राई पुन~ धमिलो सम्झनाहरूले तिमीलाई पनि पच्छाई रहेकै होला त्यहि यादहरू त हुन तिमी र मलाई जोड़ने सेतु मनको एक पाखा भरि सधै हरित बाँचेर जीवनलाई उर्वर बनाई रहने

Posted in कविता | Tagged | Leave a comment

कविता : सञ्जीवनी बुट्टी

~दीपा राई पुन~ बत्तिको अन्तिम ज्वाला शरदका रंगिन पातहरू यी नै हुन मेरो जीवनलाई झकझकाएर बिउँझाइरहने सञ्जीवनी बुट्टीहरू निभ्दै गरेको शिखाको अनुरोध

Posted in कविता | Tagged | Leave a comment

कविता : प्रतिबिम्ब बोल्छ

~दीपा राई पुन~ जीवन अनुभूतको पाइलामा भेटे जति सबै -सबै एउटा भिन्न कविता रहेछ पढ्छु-बुझ्छु ,भन्दा -भन्दै धमिलिएर हराई जाने कहिले त्यसै भित्र डुबेर आँफैलाई खोज्नु पर्ने

Posted in कविता | Tagged | Leave a comment

गीत : नभन मलाई

~दीपा राई पुन~ आकास उही छ धर्ती उही छ म त्यहि छु तिमी छौ जहाँ नभन मलाई टाढा भयौ जीउने आधार तिमी नै हौ याद खस्छ झरणा जस्तै

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : श्रद्धान्जली

~दीपा राई पुन~ तिमी जान अगाडि श्रद्धान्जलीको फूल गुच्छा हातमा थमाई दिएथ्यौ र थाह भयो आफ्नै मृत्युको सौन्दर्य उत्सव मुटु टुक्रिदै टुक्रिदै प्रेमको चट्टान छात्तिमा सालिक भएको जीवनको घागोहरू फुत्कदै

Posted in कविता | Tagged | Leave a comment

कविता : छुटेको बागदाता

~दीपा राई पुन~ सपनाहरु उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको क्षण मप्रतिको निश्चलता मायालु लाग्या मरो नेप्टे ! दूर देशबाट पनि चिम्सो आँखा अझ चिम्सै पार्दै मायाको मिठो धुन सुनाउँदा हत्केलाले आँसु पुछ्दै मलाई हाँस्दै बाँच्नू … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : एउटा जीवन गीत

~दिपा राई पुन~ आफ्नै छात्तिको समुन्द्रमा छालहरू उर्लिएर ठोकिएको छ मनको किनारमा चोटको मिठो तरड्ग फैलिएको छ एक पछि अर्को यी सम्झनाहरू नै समयका डोबहरू हुन् आफ्नो अस्तित्वको एक झिल्का आफ्नोत्वको अमिट अभिलेख

Posted in कविता | Tagged | Leave a comment

कविता : घरदेश र मन

~दीपा राई पुन~ आमा ! दुख र कष्ट थियो तिमीसित निको नहुने घाउ पनि थियो आज प्रकृतिले मुटुमा चोट रोप्यो तिमी अझ मजबुत बनेर नयाँ सृष्टि गरिदेउ भनेर ! यो बिपत घडीमा तिमी दुख्नु हुदैन आमा कदाचित थाक्नु हुँदैन

Posted in कविता | Tagged | Leave a comment

कविता : सपना निर्वाण

~दिपा राई पुन~ तिम्रो सपनाको कित्तामा आत्मा ज्योति बलोस साँझ बिहान प्रेमील आस्थाको बिश्वास सार्थक रूपमा फुलोस मनको कामनाको बिस्कुन ढुकढुकीले लेखेको अक्षर तिम्रै नाममा खामबन्दी छ जीवन बग्ने नागबेली किनारमा मेरो पनि रहरको एउटा मुल छ त्यो पनि तिम्रै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : समयलाई प्रश्न

~दीपा राई पुन~ पीडासंग मितेरी बोल्दा म आफ्नै हुन्छु चोटसंग साइनो केलाउँदा म उसको हुन्छु ब्यथा उम्लेर घोप्टिदा मुस्कानले छोप्नु दौडन्छ म उसको झन कसरी होइन म मेरो आफ्नो हू कि हुइन

Posted in कविता | Tagged | Leave a comment

कथा : नियति

~दीपा राई पुन~ समय चिप्लदै गइरहेछ-ओरालै ओरालो। समय उक्लदै गइरहेछ -उकालै उकालो। कहाँसम्म उक्लने हो ? प्रत्येक रिक्तताहरु भरिएकै छ हिजो,अस्ति,आज। केवल रिक्तताहरुमा रित्तो भरिएकै छ। आस्थाका भाषणहरु अनास्थाको वस्तीमा,बलिदानको इतिहासले मुखमा माड नलाग्दो रहेछ। जीवन भोगाइका खाटाहरुले दुख्ने मुटुलाई … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

पत्र साहित्य : माइली मात्र रोएकी होइनन्

~दीपा राई पुन~ कहिलेकाहीँ प्रकृति शान्त र स्वच्छ बन्नलाई आँधीहुरी चल्नु पर्छ। बतासको झोका बर्षाको झरी दन्किएर सबै फोहोर उडाउनु पर्छ,बगाउनु पर्छ अन्यत्र कही। अनि मात्र दिन चुलबुले बन्छ। आकाश बिशाल छातीफैलाएर मुस्कुराउने छ। हामी बाँचेको धर्तीखुम्चिएर सानो हुने छैन। … Continue reading

Posted in पत्र साहित्य | Tagged , | Leave a comment