Tag Archives: Chomu Sherpa ‘Khusi’

कविता : मजदुर

~चोमु शेर्पा “खुशी”~ हरेक बिहान फ्याक्ट्रीको अत्याधुनिक मेसिनहरूसँगै मेरो पनि मेसिन सञ्चालन हुनथाल्छ फरक यति छ कि मेसिनहरू विद्युतीय तरंगबाट सञ्चालन हुन्छन् म मेरो दुई छाक टार्नुपर्ने बाध्यता बाट संचालित हुन्छु । बेला बखत मेसिन बिग्रन्छ,

Posted in कविता | Tagged | Leave a comment

गजल : अनुमति लिन्छन् र जान्छन्

~चोमु शेर्पा “खुशी”~ कोहि दिलभित्र बस्ने अनुमति लिन्छन् र जान्छन् जब बस्छन् अनि अथाह चोट दिन्छन् र जान्छन आत्मीयता बढाएर हिड्छन यात्रामा सहयात्री जब दोबाटोमा पुग्छ अनि छुटिन्छन् र जान्छन्

Posted in गजल | Tagged | Leave a comment

गजल : रुझ्ने रहर छ

~चोमु शेर्पा “खुशी”~ बेमौसमी बर्षातमा रुझ्ने रहर छ जूनसंग बादलमा लुक्ने रहर छ। रहरै रहरको खुल्ला आकाशमा चरी जस्तै स्वतन्त्र उड्ने रहर छ।

Posted in गजल | Tagged | Leave a comment

कविता : पदपूर्ति

~चोमु शेर्पा “खुशी”~ तिमी मेरो र म तिम्रो हुनुमा कति गर्व थियो हाम्रो सम्बन्ध नदी किनारमा लगाएको पक्की बाँध भन्दा बलियो लाग्थ्यो जसलाई न त बाढीले बगाउन सक्छ न आँधीले भत्काउन तर म गलत रहेछु न बर्षाको बाढी चाहियो

Posted in कविता | Tagged | Leave a comment

गजल : शब्दकै डोरी बाट्ने रै’छ

~चोमु शेर्पा “खुशी”~ शब्दको मान्द्रो शब्दकै डोको शब्दकै डोरी बाट्ने रै’छ लेख्नेहरुले त शब्द भित्रनि सुन्दर शब्द छाट्ने रै’छ मन भित्रको बेदनालाई रचनाको स्वरुप दिई अक्षर अक्षर सित आफ्ना सन्तुष्टिहरु साट्ने रै’छ

Posted in गजल | Tagged | Leave a comment

गजल : फरक हुँदो रहेछ

~चोमु शेर्पा “खुशी”~ आँसु र हासोमा कति फरक हुँदो रहेछ मान्छे मान्छेमानी मति फरक हुँदो रहेछ चोट पुर्याउने जीवनमा एउटै भए पनि प्रत्येक पलको क्षति फरक हुँदो रहेछ

Posted in गजल | Tagged | Leave a comment

कथा : नियतिले ठगेको बुद्ध

~चोमु शेर्पा “खुशी”~ जब कोही कसैको जन्म हुन्छ, त्यहींबाट शुरु हुन्छ जीवनको संघर्ष त्यस्तै एक परिवारमा जन्मिएका सन्तान थिए बुद्ध । बुद्धले धर्तीमा पाइला टेकेपछिको श्वासप्रश्वास जस्तो कठिन चुनौतीको सामना त गर्न सके तर उनले पाउनुपर्ने मुख्य कुरा आमा नै … Continue reading

Posted in नेपाली कथा | Tagged | Leave a comment

गजल : ती आँखामा आँसु नझरोस्

~चोमु शेर्पा “खुशी”~ म चाहान्छु मलाई सम्झेर ती आँखामा आँसु नझरोस् तिमी दुखेको खबर मेरो कानले अब सुन्न नपरोस् बिगत कहिल्यै बर्तमान हुन सक्दैन त्यसैले त्यो सुन्दर मनले बिगत सम्झेर गुनासो नगरोस्

Posted in गजल | Tagged | Leave a comment

केस्रा : जिन्दगी

~चोमु शेर्पा “खुशी”~ जिन्दगी हो भन्छन् कर्कलाको पानी दु:ख सहनु रे आफ्नै भाग्य ठानी समय सँगै बदल्नु छ बिस्तारै सोच बिचार कर्तव्य आफ्नो बानी

Posted in केस्रा | Tagged | 1 Comment

गजल : घर भित्रै बलत्कारी हुन्छ

~चोमु शेर्पा “खुशी”~ सचेत बन्नुस् आजकल घर भित्रै बलत्कारी हुन्छ सजाय दिने कानुनको पनि पैसै सित साझेदारी हुन्छ ठुला विद्वानहरुबाट कथनमा त सुनेकी थिए त्यहीँ हुन्छ हत्या हिंसा जहाँ धेरै बेरोजगारी हुन्छ

Posted in गजल | Tagged | Leave a comment

केस्रा : बिस्थापन

~चोमु शेर्पा “खुशी”~ चिनाजान भयो साथी बनाईयो वास्तविकता नि सबै बताईयो उस्ले मेरो बदनाम गर्नु थिएछ ब्यर्थैमा चिनो मायाको पठाईयो

Posted in केस्रा | Tagged | Leave a comment