Tag Archives: Buddhisagar

संस्मरण : जन्डिस

~बुद्धिसागर~ होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको ‘दुई शब्द’लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ। म पच्चीस-छब्बीस नम्बरमा परेँ। पुलाऊ-मटन-चिकन र तात्तातो जेरीको … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : गैंडा टाइम्स

~बुद्धिसागर~ सिसौको रूखमुन्तिर सुस्ताइरहेको थिएँ। बेलाबेला बाक्लो छाला सुम्सुम्याउन आइपुग्ने चिसो बतास अबेरपछि महसुस हुन्थ्यो। चराहरू चिरबिराइरहेका थिए। सोचिरहेको थिएँ – एकछिन पछि कर्नालीतिर नुहाउन जान्छु। ‘केटा,’ आवाज आयो। मैले आवाज आएतिर नियालेँ। तीनचार जना केटी रैछन्। मैले मधुरोगरी देखेँ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

संस्मरण : जमुनाको रूख

~बुद्धिसागर~ डिल्ली र म हाफटाइममा पिसाब फेर्ने बहानाले स्कुलबाहिर निस्कियौं र दगुर्‍यौं । अल्लि पर पुगेपछि हिँडयौं । हामी सकेसम्म ढिलो हिँडेर कटासे पुग्यौं । मैले स्कुलबाट भाग्न थालेदेखि नै यस्तो कला सिकेको हुँ । स्कुलबाट चाँडै भाग्यो, ढिलो हिँडयो … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : म मरिहाले सात लाख पाउँछेस्

~बुद्धिसागर~ ०६१ साउन १३ गतेले मेरो जीवन नै फेरिदिएको छ। त्यो दिन सम्भि्कँदा म अझै थर्थरी काँप्छु। एउटा दिनले जीवनमा कति असर गर्छ? त्यो म सुनाउँछु- मेरो नाम हो गोमा कार्की। म अहिले पच्चिस वर्षकी भएँ। मेरो एउटा छोरा छ। … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

निबन्ध : प्रेमको पक्षमा

~बुद्धिसागर~ हरेक बिहान दैलोमा आइपुग्ने पत्रिकामा घृणामा समाचार छापिन्छन् । दहेजको नाममा मट्टितेल छर्केर जलाइएका युवती, श्रीमानबाट मारिएका श्रीमती, श्रीमतीबाट पिडित श्रीमान, बाबुले भेलमा फालिदिएका सन्तान, बो_िक्सको नाममा यातना दिइएका महिला, पानीको धारा छुँदा पिटिएका दलित- हामीलाई यस्ता समाचार पढ्न … Continue reading →

Posted in निबन्ध | Tagged | Leave a comment

संस्मरण : मैले रोजेको बाटो

~बुद्धिसागर~ आज म ३२ बर्षको भएँ। सानोमा स्कुल छाडेर भागेको। मोजाको फुटवल बनाएर खेलेको। खोलामा नाँगै नुहाएको। सरले मुर्गा बनाएर घाममा उभ्याएको। पहिलोपल्ट फिलिम हेरेको। घरमा आमाले पकाएको रारा चाउचाउ गड्यौलाजस्तो लागेर घिन मान्दै नखाएको। अस्ति भर्खरैजस्तो लाग्छ। समय त … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : स्मृति…..यो रेडियो नेपाल हो

~बुद्धिसागर~ घरमा एउटा मात्र रेडियो थियो । बा राति पौने नौ बजेको बीबीसी नेपाली सेवा सुनेपछि मात्रै निदाउनुहुन्थ्यो । त्यसैले रेडियो राति बाकै सिरानमा हुन्थ्यो । म बा-आमाको ओच्छ्यान छेउमा ठडिएको ठूलो आलमारी पछाडि सुत्थें । घरका सबैमा चाँडै सुतेर … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

संस्मरण : म बाइक किन्दिनँ

~बुद्धिसागर~ आठ वर्षको उमेरमा साइकल चलाउन सिकेको मैले बाइक चलाउने आँट गर्न सकिनँ। २० वर्षको उमेरमा बाइकमाथि बसेर ५० वर्षको उमेरमा पनि नओर्लेकाहरू भन्छन्, ‘साइकल चलाउन सक्नेले बाइक मज्जाले चलाउन सक्छ।’ सत्य हो। एकपल्ट सुर्खेतमा मैले दाइको बाइक चलाएको थिएँ। … Continue reading →

Posted in संस्मरण | Tagged | Leave a comment

कथा : आँसुको बिजनेस

~बुद्धिसागर~ हृदयको सुख्खा मैदानको माथिपट्ट िउदासीको एक टुक्रा बादल देखापरेको थियो । लामो समय खडेरी भोगेको किसानझैं, म ट्वाल्ल परेर बादल बर्सने प्रतीक्षामा थिएँ । मेरा आँखा पिरा भइसकेका थिए । मेरी श्रीमती पटक-पटक कौतूहलपूर्वक मेरा आँखामा हेरिरहेकी थिइन् । … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

नियात्रा : घोडाझैँ उफ्रिने जिप

~बुद्धी सागर~ ‘बाटो जुम्ला पुग्यो’ भन्दै काठमान्डुतिर अखबार र टिभी बर्खे भ्यागुताजस्तै चिच्याउन थालेका थिए । काठमान्डुमा टिभीहरू जुम्लामा फूल लिएर गाडीको स्वागत गरिरहेका गाउँले देखाइरहेका थिए। अझ ‘जुम्ला–कालिकोट मोटर पुग्यो’ भन्ने गीत हिट भइसकेको थियो। तैपनि, कर्नालीको बाटो भोगिसकेका … Continue reading →

Posted in नियात्रा | Tagged | Leave a comment

कथा : स्वर्ग बंक

~बुद्धी सागर ~ भाग  – १ ——– अर्काको बाइकमा चढ्नै नहुने। सडकको डिभाइडरमा लगेर ठोक्कायो। म त ठहरै। यति चाँडै मरिएलाजस्तो त लागेको थिएन। मरेपछि, सुख्ख पाइन्छ भन्ने कुरा पनि बकवास नै रैछ। असली दुख्ख त मरेपछि सुरु हुँदोरैछ। माथि हेर्दा … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment

कथा : म मर्नै लागेँ, आऊ सावित्री

~बुद्धी सागर ~ म ०११ साल पुस ११ गते जन्मेकी थिएँ। मेरो नाम रह्यो- सावित्री भट्ट। बा कस्ता थिए, मलाई थाहा छैन। म दुई वर्षकी छादै बा बित्नुभएछ। धादिङ मैदीमा हाम्रो घर थियो। खरले छाएको। सानो पिँढी। घरपछाडि गोठ। गोठमा थिए, … Continue reading →

Posted in नेपाली कथा | Tagged | Leave a comment