Tag Archives: बलराम तिमिल्सिना – Balaram Timilsina

कविता : भोटु माझीको भाषण !

~बलराम तिमल्सिना~ सरकार ! मैले के त्यत्रो कुरा मागेको थिएँ र ? मैले दुवाली थुन्ने खोलामा मेरा बराजुदेखिको हक छ त्यो खोलामा दुवाली थुन्न गणतन्त्रमा पनि पाऊँ भनेको त हो त्यो खोलै थुनेर सरकारको गाममा लगेपछि

Posted in कविता | Tagged | Leave a comment

कविता : इतिहासको रिभर्स

~बलराम तिमिल्सिना~ बुढी गाई त पहिलै थियो दौरा सुरुवाल पनि फर्कियो सारी चोलो फर्कियो अव विस्तारै फर्कन सक्छ ‘श्रीमान गम्भीर’ मस्कदै मस्कदै नागार्जुनबाट ओर्लन सक्छ निर्वासित अतित !

Posted in कविता | Tagged | Leave a comment

कविता : सीमाभञ्जक सोच !

~बलराम तिमिल्सिना~ मात्र दुई वटा विकल्प दिइयो- कि जित्न तयार हौ र लड्न आऊ कि हार्न तयार हौ र हात उठाऊ जिते विजेताको माला लगाउँछौ फूलको हारे हरुवाको माला लगाउँछौ फलामको छिटो छिटो रोज /कुनै यौटा रोज यो दुईमा एक … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कालाहरूको गीत

~बलराम तिमिल्सिना ‘विप्लव’~ कालोको मन कालै हुन्न, गोराको मन गोरो मन गुणाको मान्छे हुन्छ जसको होस छोरो मन विर्सी खोज्छौ तिमी ,मात्र गोरो छाला बढ्ता दिलदार हुन्छन् ,गोराभन्दा काला सेतो भन्दा पवित्र छ हाम्रो कालो रंग अनाहक घिनाउँछौ हामीहरूसंग

Posted in कविता | Tagged | Leave a comment

कविता : जमाना

~बलराम तिमील्सिना ‘बिप्लप’~ जमाना ! कहॉबाट कहॉ पुग्यो यार !! हामीले हेर्दा हेर्दै , हामीले भोग्दा भोग्दै !! कहॉबाट कहॉ पुग्यो जमाना ! कोही भन्छन जमाना झन खराव आयो रे जताततै विकृति र विसंगती छायो रे भन्नेहरू जे जे भन्छन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : को हौ तिमी ?

~बलराम तिमिल्सिना ‘बिप्लब’~ यो गर त्यो गर भनी को हौ तिमी अह्राउँने ? लाज सरम पचाएर को हौ तिमी कराउँने ? तिम्रो अंश(वंश केही विगारेको छ र हाम्ले ? न ताक्या छौं हस्तिनापुर को हौ तिमी डराउँने ?

Posted in गजल | Tagged | Leave a comment

कविता : पुरानो झण्डा

~वलराम तिमल्सिना~ जव देख्छु फहराएको यो राष्ट्रिय झण्डा ! अनिष्टको आशङ्काले मनै हुन्छ ठण्डा ! मेरो देश यही झण्डा फहराउँदै बेचियो यही झण्डा फहराउँदै लुटियो यही झण्डा बोक्नेले हो – सत्र सालमा प्रजातन्त्र मार हानेको यही झण्डा बोक्नेले हो –

Posted in कविता | Tagged | Leave a comment

कविता : आजको लालबहादुर

~बलराम तिमिल्सिना “विप्लव”~ आजको लालबहादुर लालवहादुर जस्तो छैन फेर्न मिल्ने भए आफ्नो नाम उसले उहिलै फेरिसक्ने थियो आज ऊ जस्तो छ त्यस्तै नाम राख्ने थियो खै किन हो कुन्नि ऊ नाम फेरिरहेको छैन । आजको लालवहादुर लालवहादुर जस्तो छैन ।

Posted in कविता | Tagged | Leave a comment

कविता : हॉस्न मनाही छ

~बलराम तिमिल्सिना~ भो नहॉस चुपलाग अरुलाई हॉस्न देऊ किन नाच्न तम्सिएको अरुलाई नॉच्न देऊ हॉसे पनि आधि हॉस एउटा ओठ नफुकाऊ नॉचे पनि हल्का नॉच दुवै खुट्टा नचलाऊ अरु हॉस्या देख्नै हुन्न हॉस्न अघि सऱ्या किन ? कोही नाच्या देख्नै … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : कमरेड ! तिमी कतापट्टीको ? कमाउ कि गुमाउ ?

~बलराम तिमिल्सिना~ कमरेड कमाउ हँसिलो छ अचेल रसिला कुरा गर्छ प्राय सवैसँग उसको लागि यही पार्टी महान छ महान छन प्राय सवै नेताहरू ऊ प्राय आफ्नै लालपूर्जा भएको घरमा बस्छ ऊ प्राय आफ्नै व्ल्युुवुक भएको चारपांग्रेमा चढ्छ प्राय सुट टाईमा … Continue reading

Posted in कविता | Tagged | Leave a comment

कविता : बल्छ दनदन

~बलराम तिमिल्सिना~ यो बेला नबले आगो कहिले बल्छ दनदन ? नबोले अहिले मान्छे कहिले बोल्छ लौ भन ? आगो बल्नु त राम्रै हो त्यसले के पोल्छ मूख्य हो मान्छे बोल्नु त कामै हो उस्ले के बोल्छ मूख्य हो

Posted in कविता | Tagged | Leave a comment

गजल : हिडे पछि

~बलराम तिमिल्सिना~ कहॉबाट मिल्छ मायॉ हेला गर्दै हिडे पछि हेर्न सुन्न लाज लाग्ने खेला गर्दै हिडे पछि घुर्क्याएर दंग्याएर खुट्टा भैंमा खटाएर पुरस्कार पाइदैन झेला गर्दै हिडे पछि

Posted in गजल | Tagged | Leave a comment

गजल : किन मरें हुँला

~बलराम तिमिल्सिना~ हाँसी हाँसी विदा माग्ने काम किन गरें हुँला घरी घरी लाग्छ अहो म त किन मरें हुँला जव जित्छन् जनताबाट हिजै धूलो चाटेकाले विहानीको तारा बनी अहो किन झरें हुँला

Posted in गजल | Tagged | Leave a comment