Tag Archives: अमृत थिङ – Amrit Thing

गजल : साली हरायो

~अमृत सिङ थिङ~ भेना हरायो साली हरायो छैन गोठालो बाली हरायो छानो खोज्न छोरा शहर पस्यो यता घरमा पाली हरायो

Posted in गजल | Tagged | Leave a comment

गजल : मेरो औकात यहि हो

~अमृत सिङ थिङ~ तिमीले ठिक भन्यौं मेरो औकात यहि हो बजारमा जे हल्ला सुन्यौं सहि बात यहि हो भनेको जस्तो परिवर्तन के गर्न सक्छौं ? काम गर्ने दिन अनि सुत्ने रात यहि हो

Posted in गजल | Tagged | Leave a comment

कविता : म दलित हैन नि !

~अमृत सिङ थिङ~ मेरो स्वरहरू तिम्रो जस्तै छ मैले देख्ने ,तिमीले देख्ने दृश्यहरू सबै उस्तै छ आऊँ हेर , पानीलाई छोऊँ तिमीले छुँदा साङ्लोको साङ्लै मैले छुँदा धमिलो भाको छ र ? अनि ! म कसरी दलित ?

Posted in कविता | Tagged | Leave a comment

कविता : रजस्वला नहुने हाम्रो घर

~अमृत सिङ थिङ~ मेरी आमाले चुलो बारेको दिन भाउजूले पानी नसारेको दिन दिदी बहिनीहरूले बाहिरै खाएको दिन हाम्रो घरमा कहिल्यै आएको छैन त्यसैले हाम्रो घरमा रजस्वला हुँदैन पसिना तप तप बगाएर खन्न हुने घाँस ,दाउरा गोठालो जान हुने

Posted in कविता | Tagged | Leave a comment

गजल : रहरले हैन

~अमृत सिङ थिङ~ हामी परदेश आ’को रहरले हैन गाउँले जाऊ भन्या हो शहरले हैन यती धेरै माया गर्छु कसरी देखाऊ माया मुटुले गर्ने हो नजरले हैन

Posted in गजल | Tagged | Leave a comment

गजल : छोडेर तिमी जाऊ

~अमृत सिङ थिङ~ मलाई मेरै हालतमा छोडेर तिमी जाऊ केही हुन्न बाचा कसम तोडेर तिमी जाऊ म परदेशमा भएको बेलामा जाँदैछौ रे खर्च नहोला सन्दूक फोरेर तिमी जाऊ

Posted in गजल | Tagged | Leave a comment

गजल : सफल हुनसक्छ

~अमृत सिङ थिङ~ प्रयास गरेर हेर सफल हुनसक्छ एक बदमास पनि असल हुनसक्छ हरेक व्यक्तिसंगको भेट सम्झने गर जिन्दगीलाई बदल्ने पल हुनसक्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : पँधेरीमा भेटौंला

~अमृत सिङ थिङ~ पानी पिउने वहानामा पँधेरीमा भेटौंला तिमी धागो म तेल साथै अँधेरीमा भेटौंला आउँदा जाँदा खेरी बाटोबाट सिट्ठी नफुक मेला जाने निहुपारी खेत बारीमा भेटौंला

Posted in गजल | Tagged | Leave a comment

गजल : हेरेर तिमीलाई

~अमृत सिङ थिङ~ थाक्दैन दुई आँखा हेरेर तिमीलाई राखेको छु ,परेलाले छोपेर तिमीलाई बनेर माली मनको बिशाल बगानमा देख्दैन कसैले राख्याछु रोपेर तिमीलाई

Posted in गजल | Tagged | Leave a comment

गजल : प्रेममा झुकेको थ्यो

~अमृत सिङ थिङ~ जिन्दगीको जहाज त्यँही बेला डुबेको थ्यो जहिले मेरो मन तिम्रो मायामा झुकेको थ्यो मैले बार बार तिमी सँग धागो मागी रहें जहिले हातबाट चङ्गा आकाशमा उडेको थ्यो

Posted in गजल | Tagged | Leave a comment

गजल : दशैं आउँदा रमाउँछौ

~अमृत सिङ थिङ~ तिम्रो चुलोमा खरानी छ र पो ! दशैं आउँदा रमाउँछौ आफ्नै चलन चलनी छ र पो ! दशैं आउँदा रमाउँछौ अघाउने खाई रमाउँदै आफ्नै आफ्नाहरूको माझमा मस्त निन्दाको सिरानी छ र पो ! दशैं आउँदा रमाउँछौ

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल भई दिएको भए

~अमृत सिङ थिङ~ कहिल्यै नटुट्ने पत्थरको दिल भई दिएको भए कैद भई बस्थें मुटु भित्र जेल भई दिएको भए पक्ष र विपक्षको समर्थक हुनु नै किन पर्थ्यो र? मैदान भित्र जितको मात्र खेल भई दिएको भए

Posted in गजल | Tagged | Leave a comment

गजल : मायाको बारी चाहिन्छ

~अमृत सिङ थिङ~ प्रीतिको फूल रोप्न मायाको बारी चाहिन्छ । नारी जस्तो देख्न नारीलाई सारी चाहिन्छ प्रेममा पागल ,पागल प्रेमीहरूलाई डाक्टर हैन प्रेमको छहारी चाहिन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : दिल भित्र पस्यो

~अमृत सिङ थिङ~ मनको ढोका फोरेर उ दिल भित्र पस्यो आत्मा समर्पण गरेर जेल भित्र पस्यो अजात घुमिरहने माछाको एक बथान माझी दाइले खेलिरहने जाल भित्र पस्यो

Posted in गजल | Tagged | Leave a comment

यौन गजल : आभास नयाँ थियो

~अमृत सिङ थिङ~ साँझ उही रात पनि आभास नयाँ थियो कुमारीत्व सुम्पीने समवास नयाँ थियो सुस्त सुस्त पाइलाहरु समीपमा हुँदा यौन लीला डुबुल्कीमा मधुमास नयाँ थियो

Posted in गजल | Tagged | Leave a comment

कविता : स्खलित भएँ

~अमृत सिङ थिङ~ उसको हेराइको स्पर्श जब म माथी प्राहार हुँदा मेरा लाजहरु स्खलित भयो अनेक रङका कम्पनहरु सिरिङ्ग सिरिङ्ग बढ्दै जाँदा मेरा चेतहरु स्खलित भयो

Posted in कविता | Tagged | Leave a comment

कविता : अाँगनको सन्देश

~अमृत सिङ थिङ~ यी अाँगनको धुलो र माटोसँग तिमी नखेलेको वर्षौ बितिसक्यो अाँगनैको डिलमा तिमीले रोपेको ज्यामीरे र सुन्तलाको बोट छिपीसक्यो कयौं चोटि फुल्यो , फल्यो, झर्यो पनि उछिट्टिएर बियाको दानाहरु तल्लो पाटासम्म छर्यो पनि तिमी नाँच्दा रमाउने यी अाँगन

Posted in कविता | Tagged | Leave a comment

गजल : आफन्तको भर हुँदैन

~अमृत सिङ थिङ~ गिट्टी बालुवा चाल्नेको घर हुँदैन आफ्नै भन्ने आफन्तको भर हुँदैन देशको माया खोज्न परदेश जानू सबै नेपाली तेरो मेरो थर हुँदैन

Posted in गजल | Tagged | Leave a comment

गजल : तिम्रो हाँसोको लागी

~अमृत सिङ थिङ~ हजार चोट स्विकारे थें तिम्रो हाँसोको लागी आफ्नो भारी घटाएँ थोरै तिम्रो नासोको लागी अँध्यारोमा साथ खोज्दै भुतारिएँ चारै तिर हरेक अंग पल्टाई दिए तिम्रो चासोको लागी

Posted in गजल | Tagged | Leave a comment

गजल : मलाई बोलाई रहन्छ

~अमृत सिङ थिङ~ तिम्रो न्यानो अगाँलोले मलाई बोलाई रहन्छ चञ्चल तिम्रो आखाँहरु सधै सताई रहन्छ काउकुती पो लाग्न थाल्छ मेरो सामु तिमी हुँदा त्यसैले त लाजहरु सधै शर्माइ रहन्छ

Posted in गजल | Tagged | Leave a comment

गजल : गाजल सुहाउँछ

~अमृत सिङ थिङ~ झिम झिम परेलीमा गाजल सुहाउँछ झरी पर्दा आकाशमा बादल सुहाउँछ हाम्रो दुई पाइला जहाँ जहाँ टेके पनि शिर माथी सजाउन नेपाल सुहाउँछ

Posted in गजल | Tagged | Leave a comment

गजल : तिमी पानी बन्नु प्रिया

~अमृत सिङ थिङ~ म आगो हुँदा खेरि तिमी पानी बन्नु प्रिया अधेंरी रात पछिको बिहाँनी बन्नु प्रिया हामी दुइले टेक्ने जिन्दगीको पाइलामा एउटा कथा लेख्नु छ कहाँनी बन्नु प्रिया

Posted in गजल | Tagged | Leave a comment

कविता : मेरो बाबा

~अमृत सिङ थिङ~ आफ्नो पसिना पराइ माटोमा चुहाई रहदा तिम्रो आँखाको सपना मेरै भबिस्यमा डुल्दै होला बाबा मरुभूमिको फाँटहरुमा तिम्रो आँखा घुमी रहदा डाँडा पाखा हरियाली मनको आँखामा डुल्दै होला बाबा

Posted in कविता | Tagged | Leave a comment

कविता : म लाटी

~अमृत सिङ थिङ~ म त बिना नभएको मृग र पो सिकारी बन्दुक ताक्दैन छैन म सँग दिने त्यस्तो कुरा र पो कसैले माग्दैन फूल म पनि हु फुलेको छु अरु जस्तै म भित्र मीठो सुगन्ध छैन रङ्गाउन रङ्गीन रङ छैन … Continue reading

Posted in कविता | Tagged | Leave a comment

गजल : साँझमा आज

~अमृत सिङ थिङ~ गर सानू बन्द बस्त आउदैछु साँझमा आज तिर्खा र पानी मात्र , हुनुपर्छ साथमा आज हजारौं रातहरु बिताएँ सम्झनमा पौडेर निदाउनु छ मस्तले तिम्रो न्यानो काखमा आज

Posted in गजल | Tagged | Leave a comment

कविता : पसिना बगाउँ

~अमृत सिङ थिङ~ बाँजो खेतमा खसाउ तिम्रो पसिना सुनको वाला लहकिनेछ त्यहाँ भिर पाखामा पोखाउ तिम्रो पाैंरख लहरा बनि झाँगिने छ त्यहाँ जहाँ पसिनाको थोपा खस्नेछ

Posted in कविता | Tagged | Leave a comment

गजल : मेरी आमालाई

~अमृत सिङ थिङ~ के ल्यायौ र ? दिवस तिमीले, मेरी आमालाई मिठो भाषणमा भुलाउदै ,फेरि आमालाई पहाडको कुना कन्दारामा पनि छन् नारीहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : व्यर्थ

~अमृत सिङ थिङ~ सादा तस्बिरमा रङ्गीन आँखा खोज्ने तिमीलाई कसरी भनु अन्धको तस्बिर भनेर सागरमा डुबेर मोती बटुल्ने तिम्रो चाहाना सकेनौं पौडिन अाँखाको नानी बनेर

Posted in कविता | Tagged | Leave a comment

कविता : सन्देश छोरीलाई

~अमृत सिङ थिङ~ छोरी ! तिम्रो बाबा , बाबा रहेन अचेल मामा, काका, दाजु ,भाइ जो जो छन् तिम्रो वरिपरि तिम्रो रक्षक रहेन अचेल तिमी छोरी हुनुको दुश्मन हुन् तिमी नारी हुनुको शत्रु हुन्

Posted in कविता | Tagged | Leave a comment

कविता : यौवनको आक्रोश

~अमृत सिङ थिङ~ मर्द हौ भने देखाउ छातीको रौ एक एक गरी गन्ने छु पाएँ शिवजीलाई भनी पार्वती मातालाई भन्ने छु ।। म पग्लेर निस्केको वाफको बास्नाले

Posted in कविता | Tagged | Leave a comment

गजल : फूलेको फूल

~अमृत सिङ थिङ~ जहाँ म प्रेमलाई फूलेको देख्छु लाखौं जवानहरू भुलेको देख्छु ।। कोमल ति फूललाई डस्नेहरु

Posted in गजल | Tagged | Leave a comment

कविता : फुलेको फूल टिपेका कुरा

~अमृत सिङ थिङ~ कसलाई सुनाउ म यो खुसीको कुरा कसलाई सुनाउ म हाँसेको कुरा कसलाई सुनाउ म

Posted in कविता | Tagged | Leave a comment