Tag Archives: अविर खालिङ – Abir Khaling

कविता : गर्मी १

~अबिर खालिङ आगोको साइरन बजाएर उ हाम्रो शहरमा पसेको छ लु को बुट बजार्दै गरेको छ आनन्दको चिरहरण रिक्सवालाको खोपिलामा च्यापिएर घुमिहिडेको छ शहरमा ज्यामीको निधारमा भरियाको थाप्लोमा

Posted in कविता | Tagged | Leave a comment

संस्मरण : बद्री सर र किताप सरको नाममा

~अविर खालिङ~ बिहानै उठेर नुहाइसकेको छु म । ह्रदयभरि एउटा व्यक्त गर्न नसकिने खुशी सल्बलाईरहेको छ। मित्र डम्बर थापा (शिक्षक , बिरपाड़ा नेपाली उच्चतर विद्द्यालय) लाई पनि मेरो हतारो खनाइदिएको छु।कुन्नि कस्तो बालकहरूको जस्तो छटपटीले मेरा पलहरू असहनीय भएका छन … Continue reading

Posted in संस्मरण | Tagged | Leave a comment

कविता : अजिंगर र सपना

~अविर खालिङ~ सपना तुहिएर सकिएपछि बाँचेजस्तो गरेर जिन्दगीलाई कुन घड़ी र मुहूर्त्तसम्म थेग्नु ? जिन्दगी भनेर समयले थमाइदिएको यो शोषण झेल्ने श्वास-यंत्रलाई कुन औजारले मरमति गरेर राख्नु ? भग्नांशमा बाँचेको रहल जिन्दगीलाई कुन जिजीविषाको पूलबाट पारि पुरयाउनु?

Posted in कविता | Tagged | Leave a comment

गीत : हाम्रो प्राण

~अविर खालिङ~ पन्जाबिको पन्जाब हजुर गोर्खालिको गोर्खाल्यान्ड् यही हाम्रो प्राण हजुर त्यही हाम्रो ज्यान । पहाड्देखी सुनकोश्सम्म हाम्रो साँध सिमाना बिदेशी त होईनउ हामी देशकै गहना देश आमाकी छोरा हामी ,देशको हामी शान्

Posted in नेपाली गीत | Tagged | Leave a comment

कविता : चिनारीको खोज

~अविर खालिङ~ आकाश नपाएका सपनाहरु हाम्रा हुन् वेग नपाएका उडान हाम्रा हुन् नाम नपाएका बेवारिस उत्सर्ग कती टुहुरा छन् समर्पणका कती कथा लांक्षित छन । सीमानामा सपनासँगइ कती मरे हाम्रा बाबुहरु चिया टिप्दै, कुलेन गोड्दै कती सडे हाम्रा बाजेहरु

Posted in कविता | Tagged | Leave a comment

कविता : नटिप्नु तिमी

~अविर खालिङ~ ओइली झर्ने फूल कैल्यै नटिप्नु तिमी छुटी जाने प्रित कैल्यै नलाउनु तिमी । हातको फूल भुइमा खस्दा कोपिला च्यातिन्छ टुटी जाने प्रीत लाउदा यसरी धर्ति फाटीन्छ ।

Posted in कविता | Tagged | Leave a comment

कविता : तिर्खा -एक

~अविर खालिङ~ तिर्खा सुतेर हरेक अनिंद्राका रातहरू जब ऐंठन व्युँझन्छन् काँशका फ़ूलहरू कहीं झरिसक्छन् एउटा इतिहास खोजेर

Posted in कविता | Tagged | Leave a comment